नेबिको मह बजारमा

-


     क्लिक गण्डकी     
     माघ ११ गते २०७९ मा प्रकाशित


नेबिको मह बजारमा

नेबिको मह बजारमा

पोखरा, ११ माघ/ नेबिको प्रालि नेपालको पहिलो बिस्कुट उत्पादक कम्पनी हो । नेबिको प्रालिले बिस्कुट, कन्फेक्सनरी बाहेक अन्य थुप्रै उत्पादनहरु बजारमा ल्याएको छ । हालै नेबिको मह बजारमा ल्याएको छ ।

एक केजी, पाँच सय ग्राम र दुई सय पचास ग्रामको साइजमा नेबिको मह बजारमा ल्याएको कम्पनीले जनाएको छ । करिब छपन्न वर्ष देखि उत्पादनमा पहिचान बनाएको नेबिको प्रालिले आगामी दिनहरूमा पनि उपभोक्ताको चाहना र स्वास्थलाई ध्यानमा राखेर नयाँ नयाँ उत्पादनहरु बजारमा ल्याउने जनाएको छ ।

उपभोक्ता मुल्य एक केजीको ७ सय ५०, पाँच सय ग्रामको ४ सय र दुई सय पचास ग्रामको २ सय २५ रुपैयाँ तोकेको छ । आकर्षक बट्टामा बजारमा आएको मह अत्यन्तै राम्रो गुणस्तरमा रहेको कम्पनीको दावी छ ।