
Dorje Resort
पोखरा, ३ असार/ पोखरा महानगरपालिका १८ सेदीमा पर्यटनलाई लक्ष्त गरी ठुलो लगानीमा रिर्सोट सञ्चालनमाको तयारीमा छन् । नेपाली परम्परा र आधुनीक शैली प्रयोग गर्दै करिब १ अर्बको लागनीमा दोर्जे रिर्सोट एण्ड स्पा सञ्चालनमा तयारीमा छ ।
पर्यटकलाई आकर्षित गर्नका लागि विभिन्न नयाँ अवधारणा सहित रिसोर्ट सञ्चालनको तयारीमा छ । उच्च स्तरीय पर्यटकलाई पोखरामा आकर्षीत गर्ने गरी आजबाट बुकिङ लिने र असार ६ गते देखी सञ्चालनमा ल्याउने तयारी रहेको रिर्सोटका सञ्चालक दोर्जे तामाङले बताए ।
अन्नपुर्ण केबलकारको नजिक ३१ रोपनी क्षेत्रफलमा १३ वटा भिल्लामा रिर्सोट तयारी भएको छ । पोखरा घुम्न आउने पाहुनालाई रिर्सोटमा नेपालमा नै उत्पादन अधिकांश खानेकुराले स्वागत गर्ने लक्ष्य रहेको तामाङले बताए । रिर्सोटमा अहिले २३ वटा कोठा छन् । जसमा १९ डिलकस र ४ वटा सुइट रुम रहेका छन् । निमार्ण कार्य जारी रहेको भन्दै तामाङले ३१ वटा रुप तयार हुने बताए ।
रिर्सोटमा जिम हल, हल, स्विमि पुल, स्पा, ज्याकुजी, आफ्नै फार्म हाउस लगाएतका सेवाहरु छन् । प्रत्येक कोठाबाट फेवातालको सुन्दर दृश्य देखिने गरी बनाएको छ । फर्म हाउसमा व्यावसायिक कृषि र पर्यटन सम्बन्धी गतिविधि देख्ने र बुझने अवसर पाइन्छ ।
उनले नेपालमा हनिमुन मनाउन आउने जोडीलाई लक्ष्य गरी रिर्सोट निमार्ण गरेको बताए । नेपालमा पनि स्तरीय पर्यकट ल्याउका लागि स्तरीय रिर्सोटको निमार्ण गरेको उनको भनाई छ । निमार्णका लागि ५० करोड भन्दा बढि खर्च भइसकेको बताउदै उनले जग्गाको मुल्याङकन सहित १ अर्ब लगानी भएको उनको भनाई छ । कोठाको प्रतिदिन २५ हजारबाट शुरु हुने उनको भनाई छ । विदेशीका लागि २सय ५० डलर देखी ७ सय डलर सम्म रहेको उनको भनाई छ ।
नेपालमा नै होटल तथा रिर्सोटमा भएका भन्दा ठुला कोठाहरु भएको उनको दावी थियो । मौलिक नेपाली ढुंगा कुँदेर रिर्सोटको निमार्ण भएको छ । आफु सानै देखी पर्यटन क्षेत्रमा लागेका कारण पनि केही फरक तरिकाले निमार्ण गरेको बताए । रिर्सोटको अझै धेरै काम बाकी रहेको र सञ्चालन पछि थप कोठाहरुको काम भइरहेने बताए ।








