अर्थतन्त्र

एनवाईईएफको अध्यक्षमा समेस राजभण्डारी, पोखरा उद्योग वाणिज्य संघको बधाई

एनवाईईएफको अध्यक्षमा समेस राजभण्डारी, पोखरा उद्योग वाणिज्य संघको बधाई
पोखरा, ९ असार /पोखरा उद्योग वाणिज्य संघले नेपाली युवा उद्यमी मञ्च –(एनवाईईएफ) पोखराको नवनिर्वाचित कार्यसमितिलाई बधाइ ज्ञापन गर्दै उद्यमशीलता विकासमा सहकार्यको लागि आह्वान गरेको छ । एनवाईईएफ पोखराको वर्ष २०८२/०८३ को लागि समेज राजभण्डारीको अध्यक्षतामा निर्विरोध रुपले नयाँ कार्यसमिति चयन भएको छ । पोखरा उद्योग वाणिज्य संघ एनवाईईएफको संरक्षक हो । नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण काकीले युवाहरुलाई उद्यमी बन्नका लागि आह्वानमात्रै गरेनन्,कृषि एवं स्थानीय कच्चा पदार्थमा आधारित उद्योग संचालन गर्दै त्यसलाई पर्यटन उद्योगसँग… पुरा पढौ

रेवान पोखराद्वारा आयोजित तीन तालिमबाट ६५ जनालाई पुनर्ताजगी

रेवान पोखराद्वारा आयोजित तीन तालिमबाट ६५ जनालाई पुनर्ताजगी
पोखरा, ८ असार/ रेवान पोखराको आयोजनामा विभिन्न तीनवटा तालिमहरू सम्पन्न भएका छन् । रेवान पोखरा मातहतका विभिन्न रेस्टुरेन्टमा कार्यरत ६५ जना कर्मचारीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । सम्पन्न बारिष्टा पुनर्ताजगीमा २५ जना, इन्डियन कुजिन तालिममा २० जना र कन्टिनेन्टल कुजिन तालिममा २० जनाको सहभागिता रहेको थियो । उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी तथा इन्स्योरेन्स परियोजनाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । तालिमका सहभागीहरूलाई एक समारोहका बीच प्रमाणपत्र वितरण गरिएको छ । उनीहरूलाई समापन समारोहका प्रमुख… पुरा पढौ

पोखरा महानगरपालिकाको बजेट ८ अर्ब ३५ करोड

पोखरा महानगरपालिकाको बजेट ८ अर्ब ३५ करोड
पोखरा ८, असार/ पोखरा महानगरपालिकाले आर्थिक बर्ष २०८२/०८३ को लागि ८ अर्व ३५ करोड रुपैयाको बजेट प्रस्तुत गरेको छ । पोखरा महानगरपालिकाको १७ औं नगरसभामा आर्थिक बर्ष २०८२/०८३ बजेट प्रस्तुत गर्दै पोखराका उपमेयर मन्जुदेवि गुरुङले बजेट सार्वजनिक गरिन् । बजेटको खर्च केन्द्रगत रुपमा नगर कार्यपालिकाको कार्यालय तर्फ ५५ करोड अर्थात १८.१५ प्रतिशत, सामाजिक विकास तर्फ ३८ करोड अर्थात ७.२८ प्रतिशत, आर्थिक विकास तर्फ १८ करोड अर्थात ३.४५ प्रतिशत, वडा कार्यालय तर्फ १ अर्व अर्थात १५.१६ प्रतिशत, पूर्वाधार तर्फ २ अर्व… पुरा पढौ

कनेक्टिभिटीमा जोड दिंदै सकियो जाउँ है पोखरा अभियान

कनेक्टिभिटीमा जोड दिंदै सकियो जाउँ है पोखरा अभियान
पोखरा, ४ असार स्तरीय बस सेवा र हवाई सेवा मार्फत् पोखरा र पश्चिम नेपाललाई जोड्दै आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिनेमा व्यवसायीहरु एकमत भएका छन् । होटल संघ पोखरा नेपालले गत जेठ २९ गतेबाट असार २ गतेसम्म पश्चिम नेपालका केही महत्वपूर्ण शहरहरुमा संचालन गरेको जाउँ है पोखरा अभियानको क्रममा उल्लेखित विषय उठेको थियो । व्यवसायीहरु आपसी सहकार्य गर्दै स्तरीय बस सेवा संचालन गर्न सकिने र हवाई सेवा कम्पनी र स्थानीय निकायसँग समन्वय गरी पश्चिम नेपालका मुख्य शहर र पोखरा जोड्ने गरी… पुरा पढौ

पोखरामा बारिष्टा पुनर्ताजगी तालिम शुरु

पोखरामा बारिष्टा पुनर्ताजगी तालिम शुरु
पोखरा, ३ असार/ पोखरामा क्याफेमा बारिष्टाको काम गरिरहेकाहरुलाई पुनर्ताजगी तालिम शुरु भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना र रेवान पोखराका सह आयोनजामा तालिम शुरु भएको हो । तालिमको उद्घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकीका अधिकृत युवराज गुरुङले तालिमले पोखरामा स्तरीय कफि खान पाइन्छ भन्ने सन्देश दिने बताए । उनले पहिले पहिले थोरै मात्रामा कफिका पारखी रहेकोमा पछिल्लो सयम धेरै बढेको बताए । प्रयोग कर्ता बढ्दै जाँदा कफिका प्रकार समेत बढेको उनको भनाई छ । बारिष्टालाई कफि… पुरा पढौ

गण्डकी प्रदेशले ल्यायो ३१ अर्ब ९८ करोडको बजेट

गण्डकी प्रदेशसभा
पोखरा, १ असार/ गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ३२ अर्बको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री डा.टंकराज गुरुङले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट ल्याएका हुन् । चालु आर्थिक वर्ष १२ अर्ब ६३ करोड (३९.५%), पुँजीगततर्फ १९ अर्ब ९ करोड अर्थात ५६.७ प्रतिशत वित्तीय व्यवस्थातर्फ २५ करोड बजेट विनियोजन गरिएको छ । पूरा बजेटमध्ये सङ्घबाट समानीकरण अनुदानमा ७ अर्ब ९३ करोड, राजस्व बाँडफाँटमा ९… पुरा पढौ

पोखरामा रेष्टुरेष्टका कुकलाई खाना बनाउने सीप बढाउन तालिम

पोखरामा रेष्टुरेष्टका कुकलाई खाना बनाउने सीप बढाउन तालिम
पोखरा, २७ जेठ/ पोखरामा खाना बनाउने सीप बढाउन तालिम शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको आयोजना, रेवान पोखराको सहयोग र हेल्बिटासको प्राविधि सहयोगमा तालिम शुरु भएको हो । पोखराको लेकसाइडमा रहेका विभिन्न रेष्टुरा तथा क्याफेमा कार्यरत ४० जना कुकहरु तालिममा सहभागी भएका छन् । उनीहरुलाई इन्डियन र कन्टिनेन्टल खाना बनाउने सीप स्तरोन्नति तालिम दिइने आयोजकले जानकारी दिएका छन् । तालिमको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखरा आउने विदेशी तथा स्वदेशी पर्यटकहरुलाई स्तरीय… पुरा पढौ

कास्कीबाट शुरु भएर मुक्तिनाथ पुग्ने मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत

सिक्लेस अन्नपूर्ण केबुलकार
पोखरा, २३ जेठ/ लगानी बोर्डले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृति लगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकले कास्कीको सेराफाँट (वीरेठाँटी) नयाँ पुलदेखि मुस्ताङको मुक्तिनाथसम्म सात स्थानमा स्टेशन सहित ८१ दशमलव ०४१ किलोमिटरको लामो केवलकार निर्माणका लागि लगानी स्वीकृत भएको हो । ५७ अर्ब ६४ करोड ३७ लाख लगत रहने उक्त परियोजना निर्माण, स्वामित्वकरण, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा मुक्तिनाथ दर्शन प्रालिले निर्माण गर्न प्रस्ताव गरेको थियो । बैठकले… पुरा पढौ

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

नेपाल आयल निगम पोखराका हाकिम कै सेटिङ्गमा पेट्रोलियम पद्धार्थमा जालझेल
पोखरा, १७ जेठ/ पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोलमा २ र डिजेल र मट्टितेलमा १ रुपैयाँले मूल्य वृद्धि गरेको हो । हवाइ इन्धनको मूल्य भने घटेको छ । हवाइ इनधनमा आन्तरिकतर्फ ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलो लिटर २२ अमेरिकी डलरले घटाइएको छ ।काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलियमको १ सय ५९ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा भने पेट्रोलको मूल्य १ सय ५८ रुपैयाँ पर्ने निगमले जनाएको छ । चारआली, विराटनगर, अमलेखगञ्ज, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी,… पुरा पढौ

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट, कर्मचारीलाई भत्ता, यस्ता बजेटका विशेषता

विष्णु पौडेल
पोखरा, १५ जेठ/ सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट प्रस्ताव गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले १९ खर्ब ११ अर्ब ६४ करोड विनियोजन बजेट प्रस्तुत गरे । आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट चालु आर्थिक वर्षको सुरुको विनियोजनको तुलनामा ५.६ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट विनियोजन गरेको थियो । सरकारले वृद्धभत्ता पाउने उमेर बढाएको छ । अहिले सम्म ६८ वर्षमा दिइँदै आएको… पुरा पढौ