वरपीपल रिसोर्टको छैटौं वार्षिकोत्सवमा कर्मचारी सम्मानीत, छिटै घान्द्रुकमा पनि

-


     क्लिक गण्डकी     
     श्रावण ३० गते २०८२ मा प्रकाशित


वरपीपल रिसोर्टको छैटौं वार्षिकोत्सवमा कर्मचारी सम्मानीत, छिटै घान्द्रुकमा पनि

वरपीपल रिसोर्टको छैटौं वार्षिकोत्सवमा कर्मचारी सम्मानीत, छिटै घान्द्रुकमा पनि

पोखरा, २९ साउन/ पोखराको लेकसाइडमा रहेको वरपीपल रिसोर्टले छैटौं वार्षिकोत्सव अवसरमा आयोजित समारोहमा स्थापना काल देखि सेवा गर्दै आएका कर्मचारीलाई सम्मान गरिएको छ ।

सम्मानित हुनेमा पविनकुमार श्रेष्ठ, सुमन श्रेष्ठ, परशुराम राना, जीना लिम्बु, सचिन गुरुङ, लायक राम राजबंशी, हर्क गुरुङ, गिरिधारी उपाध्याय, चिन्मे विश्वास हुन् ।

यस्तै, साउनका लागि उत्कृष्ट स्टाफ लेखा शाखाका होमनाथ पराजुली सम्मानित भएको रिसोर्टका एचआर प्रमुख बुद्धिबहादुर ठकुरीले जानकारी दिए । उनीहरुलाई रिसोर्टका अध्यक्ष अमरजंग (जितु) गुरुङ, म्यानेजर पदमप्रसाद न्यौपाने सम्मान गरे ।

कोरोनाताका खुलेको यो रिसोर्टमा हाल ६५ जना कर्मचारी कार्यरत छन् । सुविधा सम्पन्न रिसोर्टमा ४५ वटा रुम रहेको र अतिथिको स्वागतमा सधैँ तयार रहेको रिसोर्ट संचालक जितु गुरुङले बताए । ४५ मध्ये एक्जुकेटिभ स्वीट रुम १, जुनियर स्वीट रुम ३, सुपर डिलक्स ९ र बाँकी डिलक्स रुमहरु हुन् ।

कार्यक्रम संचालन फ्रन्ट डेस्क म्यानेजर कमल पौडेलले गरे । यसैबीच, वार्षिकोत्सवमा प्रस्तुत सांस्कृतिक कार्यक्रमअन्तर्गत राम्रो नाचेकोमा कर्मचारी निशान्त घले पुरस्कृत भए । संचालक गुरुङले छिटै नै घान्द्रुकमा पनि होटल सञ्चालनमा ल्याउन लागेको बताए । उनले २० कोठाको स्तरीय होटल सञ्चालनका तयारीमा रहेको बताए ।