अर्थतन्त्र

चरक अस्पतालमा स्याङ्जा गण्डकी यातायातका सवारीलाई छुट

चरक अस्पतालमा स्याङ्जा गण्डकी यातायातका सवारीलाई छुट
पोखरा, २६ असार/ स्याङ्जा गण्डकी यातायात प्रा.लि.मा आवद्ध सवारी साधनहरुले भईपरि आउने दुर्घटनाको उपचारमा विशेष छुट पाउने भएका छन् । पोखरामा स्याङ्जा गण्डकी यातायात प्रा.लि. र पोखरा– ८ स्थित चरक मेमोरियल अस्पतालविच भईपरि आउने दुर्घटना तथा उपचारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा चरक मेमोरियल अस्पतालका प्रवन्ध निर्देशक कपिल पोखरेल र प्रा.लिका कोषाध्यक्ष महेश बहादुर थापाले हस्ताक्षर गरेका हुन् । स्याङ्जा गण्डकी यातायातमा आवद्ध सवारीमा भईपरि आउने दुर्घटनाका घाइते भएकाहरुको अस्पतालले औषधोपचारमा विशेष छुट दिने सहमती भएको छ ।… पुरा पढौ

राजश्व छल्ले ठूला गिरोहमाथि निगरानीः महानिर्देशक अधिकारी

राजश्व छल्ले ठूला गिरोहमाथि निगरानीः महानिर्देशक अधिकारी
पोखरा, २१ असार/ राजश्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले राजश्व छलीको मुख्य गिरोहमाथि निगरानी बढाइएको जिकिर गरेका छन् । १३ दिनअघि महानिर्देशकको पद सम्हालेका उनले ठूला कर छलीको घटनामा आँखा चिम्लेको आरोपबाट विभागलाई मुक्त गराउने प्रतिवद्धता पनि व्यक्त गरे । ‘म अब ग्राभिटीमा प्रहार गर्न चाहन्छु,बरु २ महिना ढिला होस्, राजश्व चुहावट हुने क्षेत्र पहिचान गरेर विभाग अगाडि बढ्दैछ’,पोखरा उद्योग वाणिज्य संघले उनको स्वागतमा आयोजना गरेको अन्तरत्र्रिmयामा अधिकारीले भने,‘हाम्रो दृष्टिमा ठूला भन्ने कोही छैनन् ।’ उनले राजश्व चुहावटको सबैभन्दा बढी… पुरा पढौ

इन्धनको खपत कम गर्नः शनिबार सवारी रोक, दुई पांग्रेलाई ५ र गाडीलाई २० लिटर पेट्रोल

काठमाडौं, २० असार/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न दुई पांग्रे र साना सवारी साधनलाई कोटा प्रणाली अगाडी सारेको छ । इन्धनको बढ्दो मूल्यका कारण वित्तीय अवस्था नाजुक बनेको भन्दै निगमको सोमबार सरकारलाई १० वटा उपाय सिफारिस गरेको छ । जसमा एउटा उपाय सवारी साधनलाई कोटामा इन्धन दिने हो । इन्धनको मूल्य वृद्धिका कारण मुलुकको अर्थतन्त्र र निगमलाई जोगाउन यस्ता उपाय तत्काल अवलम्बन गर्न आग्रह गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए । मोटरसाइकललाई ५ लिटर, कार र जीपलाई… पुरा पढौ

सिप भएकाहरु बेरोजगार बस्नु पर्दैनः उपप्रमुख गुरुङ

सिप भएकाहरु बेरोजगार बस्नु पर्दैनः उपप्रमुख गुरुङ
पोखरा, २० असार/ गण्डकी बहुप्राविधिक शिक्षालय पोखराले संचालन गरेका तीन महिने तालिम समूह मध्ये ६५ दिने सिपमुलक तालिम सकिएको छ । समापन कार्यक्रममा पोखरा महानगरपालिकाको उपप्रमुख मञ्जु देवी गुरुङले सिप भएकाहरु बेरोजगार बस्नु नपर्ने बताइन् । उनले सिप सिकाउने र रोजगार बनाउने अभियानलाई प्राथमिकता दिए महानगर अगाडी बढेको बताए । पहिले तपाईले सिप सिक्नुस अनि कम्तिमा १० जनालाई रोजगार दिन सक्ने गरि उद्योग संचालन गरे सस्तो ब्याजदरमा ऋण दिने बताइन् । कार्यक्रममा उपप्रमुख गुरुङले महानगरले लक्षित वर्ग बिशेष बिबिध कार्यक्रम,… पुरा पढौ

फोनपेको “फोनपे डाइरेक्ट मार्फत पैसा पठाउँ, ठाउँको ठाउँ” अभियान सञ्चालनमा

फोनपे
पोखरा, १९ असार/ फोनपे पेमेन्ट सर्विस लिमिटेडले डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले “ फोनपे डाइरेक्ट मार्फत पैसा पठाउँ, ठाउँको ठाउँ“ अभियान सुरु गरेको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको फोनपे मार्फत रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर राखेर तुरुन्तै, अन्तर–बैंककारोबार मार्फत् रकम पठाउन सकिन्छ । पेमेन्ट सिस्टम अपरेटर तथा डाइभर्सिफाइड डिजिटल फाइनान्सियल सर्भिस (डि एफ एस) होल्डिङ्ग कम्पनी फोनपेले निरन्तर रुपमा रूपमा डिजिटलाइजेसनको वृहत् पहुँचलाई आत्मसाथ गर्दै मानव जीवनलाई र सहज बनाउने किसिमका… पुरा पढौ

पोखरा सुनचांदी ब्यवशायी संघको अध्यक्षमा पुष्पमान बुद्धाचार्य

पोखरा सुनचांदी ब्यवशायी संघको अध्यक्षमा पुष्पमान बुद्धाचार्य
पोखरा १९ असार/ पोखरा सुनचांदी ब्यवशायी संघको अध्यक्षमा पुष्पमान बुद्धाचार्य निर्वाचित भएका छन । पोखरा सुनचांदी ब्यवशायी संघको २३ औं साधारण सभा तथा ११ औं अधिवेशनबाट अध्यक्षमा पुष्पमान बुद्धाचार्य निर्वाचित भएका हुन । संघको उपाध्यक्षमा मंगलराज शाक्य, सचिवमा प्रविण बुद्वाचार्य, कोषाध्यक्षमा राकेशमान बुद्वाचार्य र सह सचिवमा रविन्द्र बज्रचार्य चयन भएका छन । त्यसैगरी सदस्यहरुमा इश्व मान बुद्वाचार्य, महेश रत्न शाक्य, दिनेशमान बुद्वाचार्य र निकिन बज्रचार्य चयन भएका छन । अधिवेशन तथा साधारण सभाको उद्घाटन गर्दै संस्थाका पूर्व अध्यक्ष राजेशमान बुद्धाचार्यले… पुरा पढौ

पर्यटनका समस्या मौद्रिक नीतिमार्फत् संवोधन गर्न सुझाव

पर्यटनका समस्या मौद्रिक नीतिमार्फत् संवोधन गर्न सुझाव
पोखरा, १८ असार / कोरोनाले थलिएको पर्यटनलाई पुनरुत्थान गर्दै व्यवसायलाई निरन्तरता दिन विशेष राहातका कार्यक्रम ल्याउन होटल संघ पोखरा नेपालले नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । केही हप्तापछि सार्वजनिक हुन लागेको नयाँ मौद्रिक नीतिका सन्दर्भमा नेपाल राष्ट्र बैंकलाई सुझाव प्रदान गर्न संघले शनिबार पोखरामा उद्योगी व्यवसायीसहित एक अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा संघका अध्यक्ष लक्ष्मण सुवेदीले गभर्नर महाप्रसाद अधिकारीलाई संस्थाका तर्फबाट लिखित सुझाव तथा मागहरु प्रदान गरेका थिए । गत जेठ १५ मा प्रस्तुत… पुरा पढौ

दक्षिण एसियामा साझा मुद्रा बनाएर अगाडी बढ्ने प्रस्ताब– गभर्नर अधिकारी

दक्षिण एसियामा साझा मुद्रा बनाएर अगाडी बढ्ने प्रस्ताब– गभर्नर अधिकारी
सागर राज तिमिल्सिनापोखरा, १८ असार/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दक्षिण एसियामा साझा मुद्राको अवधारणामा जानु पर्ने बताएका छन् । नेपाल बैंकर्स एसोसिएसनको गण्डकी प्रदेशले आयोजना गरेको केन्दीय बैंक डिजिटल करेन्सी तथा मौद्रिक नीति बारे छलफल कार्यक्रममा गभर्नर अधिकारीले दक्षिण एसियाको साझा मञ्चमा आफुले यो बारेमा प्रस्ताव गरेर सबै देशले अध्ययन थालेको बताए । उनले नेपालले आफुले गर्नु पर्नने अध्ययन सकिसकेको बताए । उनले केन्द्रीय बैंक डिजिटल मुद्रामा जानुपर्ने बताए ।उनले कतिपय देशले डिजिटल बैंकको अनुमति समेत दिन थालिसकेको… पुरा पढौ

काम नलाग्ने नोट नष्ट गर्न पोखरामा बिएसबिएस मेसिन जडान

काम नलाग्ने नोट नष्ट गर्न पोखरामा बिएसबिएस मेसिन जडान
पोखरा, १८ असार/ नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोट नष्ट गर्नका लागि पोखरामा बैंक नोट सेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बिएसबिएस) मेसिन जडान गरेर सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंक पोखरा शाखामा जडान गरीएको मेसिनको गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मेसिन सञ्चालनको स्वीच अन गरेर शुभारम्भ गरे । यसअघिसम्म पोखारमा आगोको प्रयोगबाट जलाएर नोट नष्ट गर्ने गरिएका थियो । नष्ट गरिएका नोटबाट ब्रिकेट उत्पादन हुने जनाइएको छ । गभर्नर अधिकारीले नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएकोे… पुरा पढौ

बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह

बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल
पोखरा, १७ असार/ पोखरा महानगरका मेयर धनराज आचार्यले पोखराको पर्यटन क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् । शुक्रबार पोखरामा देशभरका वाणिज्य बैंकका सिइओसंगको भेटमा उनले यस्तो आग्रह गरेका हुन् । महानगरले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिँदै उनले यसका लागि पूर्वाधारमा लगानी अनिवार्य रहेको बताए । विमानस्थल सञ्चालनका लागि फोहोर व्यवस्थापनको चुनौति भएपनि त्यसलाई छिट्टै सल्टाउने उनले बताए । आउने १ जनवरीमा विमानस्थल जसरीपनि सञ्चालनमा ल्याउनका लागि पहल भइरहेको भन्दै उनले विमानस्थल सञ्चालसंग जोडिएका पर्यटकीय पूर्वाधारमा लगानी चाहिएको बताए ‘हामीले… पुरा पढौ