गण्डकी सरकारः सवारी कर २०० प्रतिशत जरिवानाबाट २० प्रतिशत झ¥यो

-


     क्लिक गण्डकी     
     श्रावण १२ गते २०७९ मा प्रकाशित


गण्डकी प्रदेश

गण्डकी प्रदेश

पोखरा, १२ साउन/ गण्डकी प्रदेश सरकारले म्याद नाघेका सवारीको कर जरिवाना २ सय प्रतिशत बढाएपछि जनस्तरबाटै विरोध भयो ।

साउन १ गतेदेखि बढाइएको जरिवाना शुल्कको बारेमा विरोध भएपछि अन्ततः सरकारले २० प्रतिशतमा झारेको छ ।
सवारी व्यवस्था ऐनमा नवीकरणको म्याद सकिएपछि २ गुणा जरिवाना लाग्ने व्यवस्था छ ।

४ हजार ५ सय रुपैयाँ कर भएको मोटरसाइकल धनीले अहिलेदेखि २० हजार भन्दा बढी कर तिर्नुपर्ने भएपछि निकै विरोध भएको थियो ।

सरकारले अब २ सय प्रतिशतबाट घटाएर २० प्रतिशतमा झारेको छ । बुधबार बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले कर घटाउने निर्णय गरेको हो ।

निर्णय केही दिनभित्रै राजपत्रमा प्रकाशन गरेर कार्यान्वयनमा लैजाने सरकारका प्रवक्ता कुमार खड्काले बताए । करको जरिवाना बढी भएपछि अहिले कर लिन स्थगित गरिएको छ ।



Tags: ,