अर्थतन्त्र

पोखरा विमानस्थललाई रोक्ने रिठ्ठेपानी डाँडाका रुख काट्न स्वीकृति

पोखरा विमानस्थललाई रोक्ने रिठ्ठेपानी डाँडाका रुख काट्न स्वीकृति
पोखरा, १४ असार/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरणमा अवरोध गर्ने कास्कीको रिठ्ठेपानी डाँडा कटानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र वन विभागबीच सहमति भएको छ । करिब ६ सय वटा रुख कटानका लागि सहमति भएको प्राधिरणका प्रवक्ता जगन्नाथ निरौलले जानकारी दिए । प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बनाएको थियो । प्रतिवेदन अनुसार रिठ्ठेपानी डाँडा कटान गर्दा ६ सय वटा रुख र पोल आकारका रुख काट्नु पर्ने छ । निर्माणाधीन विमानस्थलको पूर्वी सिमानाबाट करिब १.३५ किलोमिटर… पुरा पढौ

पोखरा उवा संघका कर छुटबारे अन्तरक्रिया

पोखरा उवा संघका कर छुटबारे अन्तरक्रिया
पोखरा,१४ असार / आन्तरिक राजश्व कार्याल पोखराका मुख्य कर अधिकृत रमेश शर्माले करको दायरामा नआएका व्यवसायीहरुलाई तत्काल दायरामा आउन आग्रह गरेका छन् । उनले आउँदो साउनदेखि अनुगमनलाई तीव्र बनाउने पनि घोषणा गरे । आन्तरिक राजश्व पोखराले पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा मंगलबार आयोजना गरेको आर्थिक अध्यादेश ऐन २०७९ले व्यवस्था गरेको कर छुटबारे जानकारी दिन आयोजित अन्तरक्रियामा उनले भने,‘जसले आम्दानी गर्छ,उसले कर तिनैपर्छ ।’ कार्यक्रमका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष पवनकुमार प्रजापतिले कर छुट र दण्ड–जरिवानाबारे व्यवसायीहरु सचेत… पुरा पढौ

गण्डकी प्रदेशले अत्यधिक बढायो गाडीमा कर, प्रत्येक ६ महिनामा तिर्नु पर्ने

गण्डकी प्रदेश
पोखरा, ८ असार/ गण्डकी प्रदेश सरकारले सवारी साधनको करमा अत्यधिक वृद्धि गरेको छ । आगामी वर्षदेखि लागू हुनेगरी निजी सवारी साधनमा १० हजार रुपैयाँ वार्षिक कर वृद्धि गरेको छ । २५ सय देखि २९ सय सीसी क्षमताका सवारीको कर अत्यधिक बढाइएको हो । हाल वार्षिक रूपमा ४० हजार कर तोकिएका यी गाडीमा आउँदो वर्षदेखि ५० हजार तिर्नुपर्ने भएको छ । चालू वर्षमा २९ सयदेखि माथि सीसी क्षमताका सवारीले वार्षिक रूपमा ५६ हजार कर तिर्दै आएकोमा अब नयाँ वर्गीकरण गरेर ३५… पुरा पढौ

मादी गाउँपालिको बजेट ६५ करोड, बाँदर र भालु लखेट्न १२ लाख, घोडा किन्नलाई १५ लाख

मादी गाउँपालिका
पोखरा, ७ असार/ कास्कीको मादी गाउँपालिकाले बाँदर र भालु जस्ता जंगली जनावरले सास्ती दिएपछि बजेटमा नै व्यवस्था गरेको छ । मंगलबार कास्कीको मादी गाउँपालिकाले ल्याएको २०७९/०८० बजेटमा १२ लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिका उपाध्यक्ष कल्पना गुरुङले मंगलबार ११ औं गाउँसभामा प्रस्तुत गरेको बजेटमा घोडा किन्नका लागि १५ लाख रुपैया विनियोजन गरेको छ । पालिकाको उपल्लो भागको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण केन्द्र बनाउन स्थानीय सँगको ५०/५० प्रतिशत साझेदारीमा घोडा खरिदको लागि १५ लाख विनियोजन… पुरा पढौ

गण्डकी प्रदेशमा सरकार र अर्थमन्त्री बिच द्धन्द

गण्डकी प्रदेश
पोखरा, ६ असार/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि गठबन्धन सरकार र अर्थमन्त्रालय बीच द्वन्द्व बढेको छ । कांग्रेस नेतृत्वको गठबन्धन सरकारले छुटाउन नहुने भनेको कार्यक्रम बजेटमा समावेश नगरिदिए पछि द्धन्द्ध बढेको हो । सरकारले निर्वाचन पूर्वाधार कार्यक्रम, प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम र व्यवसाय जीवन रक्षा कोषलाई हटाएको भन्दै आइतबार बोलाएको संसद पनि अनिश्चित कालका लागि स्थगित भएको छ । मन्त्रिपरिषद बैठकको निर्णय र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निर्देशन अवज्ञा गर्दै माओवादीबाट अर्थमन्त्रालय सम्हालेका अर्थमन्त्री… पुरा पढौ

पेट्रोल र डिजेलमा फेरी मूल्यवृद्धि

पोखरा, ६ असार/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरी वृद्धी गरेको छ । निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ भने बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ… पुरा पढौ

पोखराको पाँचतारे ‘फूलबारी रिसोर्ट’ लिलामीमा

फूलबारी रिसोर्ट
पोखरा, ३ असार/ ऋण लिएर पैसा तिर्न नसकेपछि पोखरामा रहेको पाँचतारे डिलक्स होटल दि फूलबारी लिलामीमा बढेको छ । नेपाल बैंकले होटल तथा होटलले चर्चेको र लिखित तमसुक गरेको जग्गा बिक्री गरेर ऋण असुली गर्ने प्रक्रिया अघि बढाएको छ । सहवित्तीयकरण कर्जाअन्तर्गत नेपाल बैंकको अगुवा अन्य बैंकहरुको पनि लागनी रहेको छ । बैंकले जग्गा भवन लगायत चलअचल सम्पत्ति लिलामी गर्नका लागि ३५ दिने सूचना प्रकाशित गरेको छ । इच्छुक लगानीकर्ताले ३५ दिनभित्र शिलबन्दी बोलपत्र पेस गर्न बैंकले अनुरोधसमेत गरेको छ… पुरा पढौ

पुम्दीमा २२ करोडका लगानीमा अनामिका रिट्रिट रिसोर्ट निमार्ण हुदै

पुम्दीमा २२ करोडका लगानीमा अनामिका रिट्रिट रिसोर्ट निमार्ण हुदै
पोखरा, ३ असार/ पोखरा महानगरपालिका २२ पुम्दीमा सुविधा सम्पन्न रिसोर्ट निर्माण सुरु भएको छ । ‘अनामिका रिट्रिट प्रालि’ ले रिसोर्टको काम थाल्दै बुधबार भूमि पूजा गरी शिलान्यास गरिएको छ । १२ रोपनी जग्गामा करिब २२ करोड रुपैयाँ लगानीमा रिसोर्ट निर्माण गर्न लागेको प्रालिका अध्यक्ष रमेशकुमार थापाले जानकारी दिए । रिसोर्टमा ४० वटा रुम हुनेछन् । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी अन्तर्राष्ट्रियस्तरको सुविधा प्रदान गर्ने गरी रिसोर्ट सञ्चालन गर्ने उनले बताए । एक वर्षभित्र निमार्ण सम्पन्न गर्ने लक्ष्य रहेको उनको… पुरा पढौ

गण्डकी प्रदेश बजेटः बाटो र पुलमा धेरै बजेट, कृषि, पर्यटन, स्वाथ्य र शिक्षामा जोड्

गण्डकी प्रदेश बजेटः बाटो र पुलमा धेरै बजेट, कृषि, पर्यटन, स्वाथ्य र शिक्षामा जोड्
पोखरा, २ असार/ गण्डकी प्रदेश सरकारले बाटो र पुललाई प्राथमिकतामा राख्दै बजेट ल्याएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटले २ सय किलोमिटर सडक निर्माण, १० वटा मोटरेवल पुल, १५ वटा झोलुंगे पुलका लागि १० अर्व १५ करोड विनियोजन गरेको छ । अर्थमन्त्री रामजी बरालले ३५ अर्व ९० करोडको बजेट सार्वजनिक गर्दा सबै भन्दा धेरै सडक र पुलमा बजेट ल्याएका हुन् । उनले बिहीबार पत्रकार सम्मेलन गर्दै कृषि, पर्यटन, स्वाथ्य र शिक्षामा जोडदिदै बजेट ल्याएको बताए । उनले गण्डकी प्रदेशमा… पुरा पढौ

गण्डकी प्रदेशको बजेट ३५ अर्ब ९० करोड

रामजीप्रसाद बराल
पोखरा, १ असार/ गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ३५ अर्ब ९० करोड रुपैयाँको बजेट ल्याएको छ । प्रदेशसभा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले कुल बजेटमध्ये चालुखर्च १३ अर्ब २६ करोड ८८ लाख ५४ हजार अर्थात् ३६.९५ प्रतिशत विनियोजन गरिएको छ । त्यस्तै, पुँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख ४६ हजार रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री बरालले जानकारी दिए । पुँजीगततर्फ सरकारले ६१.६६ प्रतिशत बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षमा सञ्चित कोषमाथि १ करोड ८८… पुरा पढौ