
सिप भएकाहरु बेरोजगार बस्नु पर्दैनः उपप्रमुख गुरुङ
पोखरा, २० असार/ गण्डकी बहुप्राविधिक शिक्षालय पोखराले संचालन गरेका तीन महिने तालिम समूह मध्ये ६५ दिने सिपमुलक तालिम सकिएको छ ।
समापन कार्यक्रममा पोखरा महानगरपालिकाको उपप्रमुख मञ्जु देवी गुरुङले सिप भएकाहरु बेरोजगार बस्नु नपर्ने बताइन् । उनले सिप सिकाउने र रोजगार बनाउने अभियानलाई प्राथमिकता दिए महानगर अगाडी बढेको बताए ।
पहिले तपाईले सिप सिक्नुस अनि कम्तिमा १० जनालाई रोजगार दिन सक्ने गरि उद्योग संचालन गरे सस्तो ब्याजदरमा ऋण दिने बताइन् । कार्यक्रममा उपप्रमुख गुरुङले महानगरले लक्षित वर्ग बिशेष बिबिध कार्यक्रम, कानुनी सचेतना कार्यक्रम लगाएतका विविध कार्यक्रम संचालन गरिरहेको बताइन् ।
कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष पवन प्रजापतिले तालिम सिकेर हातमा सिप भएका जनशक्तिसलाई रोजगारीमा जोड्नको लागी शिक्षालय र उद्योग बाणिज्य संघ बीच सहकार्य भएको बताए ।
उनले आगामी दिनमा समेत बजारको माग बमोजिम लक्षित वर्ग केन्द्रित निःशुल्क सिप मुलका तालिम संचालन गरिने बताए । कार्यक्रममा प्रशिक्षकहरु बिष्णुहरि तिमिल्सिना, डा. शान्ता खत्री, मिलन केसी, मंजु देवाकोटा, डिएफआइडि परियोजनाका संयोजक होमनाथ गैरे, बुटिक एसोसिएसन कास्कीका अध्यक्ष शान्ति श्रीस मगर लगाएतलाई सम्मान समेत गरिएको थियो ।
प्रति समुह २० जना रहने गरि सिप मुलक कार्यक्रम संचालन गर्दै आएको गण्डकी बहुप्राविधिक शिक्षालयले यस आर्थिक बर्षमा १४० जना प्रशिक्षार्थीहरुलाई तालिम प्रदान गरि दीक्षित गरिसकेको छ ।
पोखरा महानगरपालिका शिक्षा निर्देशक एव गण्डकी बहुप्राविधिक शिक्षालयका सन्चालक समिति सदस्य हेम प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षालयका निर्देशक लक्षमण तिमिल्सिनाले गरेका थिए ।