पोखरा महानगरपालिका
पोखरा, २७ असार/ चालु आर्थिक वर्ष २०७८/७९ मा पोखरा महानगरपालिकाले ६१ प्रतिशत खर्च गरेको छ । पोखरा महागनरपालिकाको तथ्यांकअनुसार असार महिनाको तेस्रो साता सम्म ६१ प्रतिशत बढि खर्च भएको हो ।
तेस्रो साता सम्म ३ अर्व ९४ करोड खर्च भएको पोखरा महानगरपालिका आर्थिक प्रशासन प्रमुख उपसचिब जयराम पौडेलले जानकारी दिए । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँ बराबरको बजेट ल्याएको ।
सुरुवाती विनियोजनका आधारमा हेर्दा हालसम्म चालुतर्फ २ अर्ब ३१ करोड ३९ लाख, पुँजीगततर्फ १ अर्ब ६२ करोड ६० लाख खर्च भएको छ । चालु तर्फ २ अर्ब ९४ करोड, ४० लाख (४६.४ प्रतिशत) र पुँजीगत तर्फ ३ अर्ब ५१ करोड ८० लाख (५३.६ प्रतिशत) बजेट ल्याएको थियो । चालु शीर्षकको ६३ करोड, १ लाख १० हजार, पुँजीगत शीर्षकको १ अर्ब ८९ करोड १९ लाख खर्च हुन बाँकी छ । वित्तीय व्यवस्थातर्फ भने कुनै बजेट छैन ।
पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले २९ करोड, ३० लाख, शिक्षा महाशाखाले १ अर्व ३४ करोड ६३ लाख, कृषि तथा पशु विकास महाशाखाले ८ करोड ७७ लाख, सामाजिक विकास महाशाखाले ८ करोड २३ लाख र पुर्वाधार विकास महाशाखाले १ अर्व २१ करोड ६१ लाख खर्च गरेको छ । सबै भन्दा शिक्षा महाशाखाको ८८ प्रतिशत, समाजिक विकाश महाशाखाको ६४ प्रतिशत, स्वास्थ्य महाशाखाको ६१ प्रतिशत, कृषि तथा पशु विकास महाशाखाको ५९ प्रतिशत र पुर्वाधार विकास महाशाखाले ४२ प्रतिशत खर्च गरेका छन् ।
आगामी आर्थिक वर्ष २०७८/७९ का लागि पोखरा महानगरपालिकाले ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको नवौं नगरसभाबाट उपमेयर मञ्जुदेवी गुरुङले बजेट ल्याएकी थिइन् । आर्थिक वर्ष ०७७÷७८ मा महानगरले ५ अर्ब ३४ करोड ७१ लाख ७८ हजार रुपैयाँको बजेट ल्याएको थियो ।