अर्थतन्त्र

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा पोखराका अधिकारी

झलकराम अधिकारी
पोखरा, ३० जेठ/ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागको महानिर्देशकमा झलकराम अधिकारी नियुक्त भएका छन् । ठूला करदाता कार्यालयको प्रमुख भएर काम गरिसकेका अधिकारी हाल सहकारी विभागमा रहेका उनलाई राजस्व अनुसन्धान विभाग सरुवा गरिएको हो । हाल राजस्व अनुसन्धान विभागको महानिर्देशक रहेका प्रकाश पौडेल भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन् । पुरा पढौ

विद्यार्थी र नवविवाहित जोडीलाई पोखराको अन्नपूर्ण केबलकारमा विशेष अफर

अन्नपूर्ण केबलकार
पोखरा, २१ जेठ/ पोखराको अन्नपूर्ण केबलकारले विद्यार्थी र नवविवाहित जोडीलाई टिकटमा विशेष छुट दिने भएको छ । पोखराको पर्यटकीय स्थल सेदीबाट फेवातालको दृश्यहरु हेर्दै सराङ्गकोटसम्मको यात्रा गराउने केबलकारको टिकटमा विद्यार्थी र नवविवाहित जोडीलाई विशेष छुट दिने कम्पनीले जनाएको छ । केबलकारका अनुसार प्लस टुको परीक्षामा सहभागी भएका विद्यार्थी र नवविवाहित जोडीका लागि टिकटमा विशेष छुटको व्यवस्था गरिएको छ । आगामी दिनमा उच्च शिक्षा अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने र मेहेनती हातहरुलाई अझ उर्जा प्रदान गर्दै उहाँहरुको केही समय भए पनि… पुरा पढौ

एमाले खेलकुद विभागको सदस्यमा योगेश भट्टराई चयन

योगेश भट्टराई
पोखरा, २० जेठ/ पोखराका योगेश भट्टराईले नेकपा एमालेको खेलकुद विभागको सदस्यको जिम्मेवारी पाएका छन् । पोखरा लेकसाइडका पर्यटन व्यवसायी योगेश प्याराग्लाइडिङका खेलाडी हुन् । २५ सदस्यीय खेलकुद विभागमा उनी सगँ अन्य पनि चयन भएका छन् । एमाले खेलकुद विभागका इन्चार्ज लीलबहादुर थापाले खेलकुद विभागलाई पूर्णता दिएका हुन् । योगेश भट्टराईले १८ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रशिक्षक बनेर नेपालका लागि सिल्भर मेडलसमेत जितेका थिए । पुरा पढौ

पोखराको सराङकोटमा सूर्योत्थान लक्जरी अपार्टमेन्ट

पोखराको सराङकोटमा सूर्योत्थान लक्जरी अपार्टमेन्ट
सागर राज तिमिल्सिनापोखरा, १८ जेठ/ पोखराको व्यवसायीक घरना केसी ग्रुप र केयल ग्रुपले पोखरा १८ सराङकोटको पदेंलीमा सूर्योत्थान लक्जरी अपार्टमेन्ट निमार्णका काम थालेको छ । ३ वटा भवनमा १ सय ४१ वटा सुविधासम्पन्न अपार्टमेन्ट निर्माणको काम थालेका केसी ग्रुपका निर्देशक किरण केसीले जानकारी दिए । करिब १८ रोपनी क्षेत्रफलमा निमार्ण हुने अपार्टमेन्टमा दुईवटा सयन कक्ष र ३ वटा सयन कक्ष सहित सहितको अपार्टमेन्ट हुने उनले बताए । एउटा अपार्टमेन्टमा किचन, डाइनिङ हल, लिभिङ रुम, ट्वाइलेट, बाथरुम हुनेछ । अपार्टमेन्टको १… पुरा पढौ

पोखरामा मतगणना भएको स्थानमा एमालेको नाराबाजी

पोखरामा मतगणना भएको स्थानमा एमालेको नाराबाजी
पोखरा, ४ जेठ/ पोखरा महानगरपालिकाको मतगणना स्थलमा नेकपा एमालेले नाराबाजी गरेको छ । चुनावमा धाँधली भएको भन्दै मतगणना भइरहेको स्थल जिल्ला समन्वय समितिको परिसरमा एमालेले नाराबाजी गरेको हो । नाराबाजी बढ्दै गएपछि प्रहरीले बल प्रयोग गरेको छ । मतगणना जारी रहेको छ । पोखरा महानगरपालिका वडा नम्बर ७ को मत गणनामा विवाद भएपछि बाहिर निस्केर नाराबाजी गरेका हुन् । मत गणनामा गठबन्धन दलका प्रतिनिधि र एमालेका कार्यकता बिच भनाभन भएपछि बाहिर निस्केका थिए । पुरा पढौ

गण्डकी बजेट छलफलः कृषि र पर्यटनलाई पहिलो प्रथामिकता दिन सुझाब

गण्डकी बजेट छलफलः कृषि र पर्यटनलाई पहिलो प्रथामिकता दिन सुझाब
पोखरा, २४ वैशाख/ गण्डकी प्रदेश सरकारले कृषि र पर्यटनलाई पहिलो प्रथामिकता दिन विज्ञहरुले सुझाव दिनु भएको छ । गण्डकी प्रदेशको अर्थ मन्त्रालयले पोखरामा हालै आयोजना गरेको दुई दिने बजेट सम्बन्धि छलफलमा सहभागि विज्ञहरुले कृषि र पर्यटनको प्रबद्र्धन गर्न कृषि र पर्यटनलाई नै सरकारले पहिलो प्रथामिकता दिन सुझाव दिएका हुन् । कृषिलाई आधुनिकिकरण र व्यवसायीककरण गर्दै नेपालमा उत्पादन हुने बस्तु तथा सेवाको उत्पादनमा बिषेश जोड दिन आग्रह गर्दै विज्ञहरुले स्वदेशी उत्पादन बढाउन सके अबौंको आयात हुने व्यापार घाटालाई कम गर्न सकिने… पुरा पढौ

पोखराको चाउथेमा गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर

पोखराको चाउथेमा गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर
पोखरा, १८ वैशाख/ शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको १७ औं शाखा पोखराको चाउथेमा आजदेखि शुभारम्भ भएको छ । मातातीर्थ औंसीको दिनमा पोखरा उद्योग वाणिज्य संघका प्रथम वरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले डिपार्टमेन्ट स्टोरको उद्घाटन गर्नुभएको हो । भक्तपुरमा मुख्य कार्यालय रहेको यस सहकारीले देशको ३९ वटा जिल्लामा आफ्नो कार्यक्षेत्र विस्तार गरिसकेको छ । डिमार्टमेन्ट स्टोरको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका प्रथम वरिष्ठ उपाध्यक्ष प्रजापतिले युवाहरुलाई स्वदेश मैं रोजगारी प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै… पुरा पढौ

नयाँ वर्ष पोखरामा मनादै केबलकार सरर

अन्नपूर्ण केबलकार
पोखरा, ३० चैत/ पोखरामा थप एक दिन भन्ने सन्देश सहित अन्नपूर्ण केबलकारले नयाँ वर्षालाई लक्ष्त गरेर थप सेवा विस्तार गरेको छ । केबलकारको माथील्लो स्टेसन सराङकोटमा जिपलाइन र क्याफे सञ्चालनमा ल्याएको छ । केबलकार चढेर फेवाताल, पोखरा बजार हेर्दै सराङकोट पुगेर हिमाली दृश्यावलोकन गर्दै जान सकिन्छ । सराङकोट डाँडाको टाकुरा पुग्नुअघि हेर्न पाइने दृश्य धेरै भएको अन्नपूर्ण केबलकारका महाप्रबन्धक दिनेश पौडेलले बताए । नयाँ वर्षमा पोखरा धेरै घुम्न आउने गर्दछन् उनले भने घुम्न आउनेले कबेलकारको मज्जा लिन पाउने बताए ।… पुरा पढौ

पाँच महिनामा पोखरा अन्तर्राष्ट्रि विमानस्थल संचालन – मन्त्री आले

प्रेमबहादुर आले
पोखरा, ३० चैत/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आगामी पाँच महिना भित्रमा पोखरामा बन्दै गरेको पोखरा अन्तर्राष्ट्रि विमानस्थल संचालनमा आउने बताएका छन् । पोखरामा बुधबार फेवा महोत्सवको उद्घाटन गर्दै विमानस्थलको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भई सकेको जानकारी गराउँदै उनले विमानस्थल संचालनका लागि अवरोधका रुपमा रहेको रिट्ठेपानी डाँडो काट्ने काम फास्ट ट्रयाकमा अगाडि बढ्ने बताए । क्यान ९नेपाल नागरिक उड्डयन प्राधिकरण० सँग सल्लाह गरेर डाँडो काट्ने काम छिटै अगाडि बढाउँछु, उनले भने । यससँगै पोखराको ल्याण्डफिल साइट… पुरा पढौ

पोखरामा फेवा नव बर्ष महोत्सव शुरु, पोखरालाई पर्यटकीय राजधानी बनाउन बजेटमा राख्छौं ₋ मन्त्री आले

पोखरा, ३० चैत/ पोखराको लेकसाइडमा बुधबार देखी १७ औं फेवा नव बर्ष महोत्सव शुरु भएको छ । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजना भएको महोत्सवको पर्यटन तथा संस्कृती मन्त्री प्रेम आलले उद्घाउन गरे । महोत्वको उद्घान गर्दै मन्त्री आलेले पोखरालाई पर्यटकीय राजधानी बनाउन सरकारले आगामी नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गर्ने बताए । उनले नीति तथा कार्यक्रममा राखेर मन्त्रीपरिषद्बाट पास गरेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताए । मन्त्री आलेले पोखराका विमानस्थल संचालनका लागि आफुहरु लागि रहेको बताउदै पाँच महिना… पुरा पढौ