पोखरा, १५ चैत/उर्जा जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले कास्कीको माछापुच्छ«े गाउँपालिका–४ लाहाचोकमा निर्माण सम्पन्न भएको ‘लाहाचोक १३२/३३-११ केभी’ प्रसारण लाइन सवस्टेशनको उद्घाटन गर्नुभएको छ । कास्कीको मर्दीखोला, सेती नदी तथा पर्वतको मोदीखोला र यस आसपासका नदीबाट उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण लाईनमा जोड्ने गरी सवस्टेशन निर्माण भएको हो । निर्माणाधीन ४२ किमी लामो नयाँ मोदी–लेखनाथ प्रसारण लाईनको नेपाल विद्युत प्राधिकरणले सवस्टेशन निर्माण गरेको हो । सवस्टेशन नयाँ मोदी– लेखनाथ प्रसारण लाइन अन्तर्गत मोदी जलविद्युत केन्द्र हुँदै राष्ट्रिय ग्रिडमा जडान भएको…
पुरा पढौ