पोखराको सराङकोटमा सूर्योत्थान लक्जरी अपार्टमेन्ट
सागर राज तिमिल्सिना
पोखरा, १८ जेठ/ पोखराको व्यवसायीक घरना केसी ग्रुप र केयल ग्रुपले पोखरा १८ सराङकोटको पदेंलीमा सूर्योत्थान लक्जरी अपार्टमेन्ट निमार्णका काम थालेको छ । ३ वटा भवनमा १ सय ४१ वटा सुविधासम्पन्न अपार्टमेन्ट निर्माणको काम थालेका केसी ग्रुपका निर्देशक किरण केसीले जानकारी दिए ।
करिब १८ रोपनी क्षेत्रफलमा निमार्ण हुने अपार्टमेन्टमा दुईवटा सयन कक्ष र ३ वटा सयन कक्ष सहित सहितको अपार्टमेन्ट हुने उनले बताए । एउटा अपार्टमेन्टमा किचन, डाइनिङ हल, लिभिङ रुम, ट्वाइलेट, बाथरुम हुनेछ । अपार्टमेन्टको १ करोड ५० लाख देखी ३ करोड ५० लाख सम्मको मुल्य रहको उनले बताए ।
अहिले फाउन्डेसनको काम भइरहेको केसी ग्रुपका अध्यक्ष रोशन केसीले जानकारी दिए । अहिले सम्म करिब १५ प्रतिशत निर्माण पूरा भइसकेको र साढे दुई वर्षमा सक्ने लक्ष्य रहेको केसीले बताए । सो क्षेत्रमा सुविधासम्पन्न होटल पनि निर्माण गर्ने कम्पनीको योजना छ ।
अपार्टमेन्ट भित्र सुपरमार्केट, जिम घर, सामुदायीक हल, गार्डेन, बालबालिका लागि खेल्ने ठाउँ, मन्दिर, पार्किङ, सुरक्षा व्यवस्था लगाएका सुविधा रहेको केयल गु्रपका निर्देशक विकास अगवालले जानकारी दिए ।
उनले पोखराबाहिरबाट शहरमा रहेका व्यक्तिले बुकिङ गरीरहेको बताए । पोखराको मुख्य बजार देखी ७ किमी दुरीमा पुग्ने सकिने कम्नीले जनाएको छ । पर्यटकी मनोरमस्थल पुगेपछि उत्तरमा हिमश्रृंखलाहरु माछापुच्छे«, अन्नपूर्ण, मनाश्लु, धौलागिरी, पुर्व र दक्षिणमा पोखरा बजार, फेवाताल, केवलकार, रानीबन लगायतका दृश्य अपार्टमेन्टबाट देखीने निर्देश केसीले बताए । अहिले सम्म १६ वटा बुकिङ भैसकेका छन् ।
जय भद्रकाली डेभलपर्स प्रालिले अपार्टमेन्ट निमार्ण गरीको छ भने करिब साढे दुई अर्व लाग्ने कम्पनीको अनुमान छ । केसी ग्रुप तर्फबाट प्रकाश केसी, किरण केसी, रोशन केसी र केयल ग्रुप तर्फबाट सत्यनारायण केयलले लगानी रहेको छ ।