गण्डकी प्रदेशको बजेट आज

-


     क्लिक गण्डकी     
     असार १ गते २०७९ मा प्रकाशित


गण्डकी प्रदेश संसद

पोखरा, १ असार/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आज बजेट ल्याउदै छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा प्रदेश सरकारले असार १ गते बजेट सार्वजनीक गनुपर्ने प्रावधान छ ।

गण्डकी प्रदेश सरकारले बुधबार अपराह्न ४ बजे प्रदेशसभा बैठकमा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बजेट प्रस्तुत गर्नेछन् ।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्बको बजेट प्रस्तुत गरेको थियो । अहिलेको भन्दा केही बढी बजेट आउने प्रदेशका अर्थमन्त्री बरालले जानकारी दिए । सरकारले ३६ अर्वभन्दा बढीको बजेट ल्याउने तयारी रहेको छ ।

गण्डकी सहित प्रदेश सरकारहरुले आफ्नो कार्यकालको अन्तिम बजेट एकै दिन प्रस्तुत गर्न लागेका हुन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले दोस्रो पटक बजेट ल्याउन लागेको हो ।

कांग्रेससहित माओवादी केन्द्र, जसपा, जनमोर्चा र स्वतन्त्र सांसदको समर्थनमा अघिल्लो वर्ष जेठ २९ मा सरकारको नेतृत्व सम्हालेका थिए ।

गण्डकी सरकारले महिलालाई व्यावसायिक कृषिमा आकर्षित गर्न विशेष कार्यक्रम सहित विभिन्न आक्रर्षक कार्यक्रम ल्याउने तयारी गरेको स्रोतको भनाई छ ।



Tags: , ,

Krishna Pathak

This will close in 10 seconds