पोखरामा मतगणना भएको स्थानमा एमालेको नाराबाजी

-


     क्लिक गण्डकी     
     जेठ ४ गते २०७९ मा प्रकाशित


पोखरामा मतगणना भएको स्थानमा एमालेको नाराबाजी

पोखरामा मतगणना भएको स्थानमा एमालेको नाराबाजी

पोखरा, ४ जेठ/ पोखरा महानगरपालिकाको मतगणना स्थलमा नेकपा एमालेले नाराबाजी गरेको छ । चुनावमा धाँधली भएको भन्दै मतगणना भइरहेको स्थल जिल्ला समन्वय समितिको परिसरमा एमालेले नाराबाजी गरेको हो ।

नाराबाजी बढ्दै गएपछि प्रहरीले बल प्रयोग गरेको छ । मतगणना जारी रहेको छ । पोखरा महानगरपालिका वडा नम्बर ७ को मत गणनामा विवाद भएपछि बाहिर निस्केर नाराबाजी गरेका हुन् ।

मत गणनामा गठबन्धन दलका प्रतिनिधि र एमालेका कार्यकता बिच भनाभन भएपछि बाहिर निस्केका थिए ।



Tags: , ,