अन्नपूर्ण केबलकार
पोखरा, ३० चैत/ पोखरामा थप एक दिन भन्ने सन्देश सहित अन्नपूर्ण केबलकारले नयाँ वर्षालाई लक्ष्त गरेर थप सेवा विस्तार गरेको छ । केबलकारको माथील्लो स्टेसन सराङकोटमा जिपलाइन र क्याफे सञ्चालनमा ल्याएको छ । केबलकार चढेर फेवाताल, पोखरा बजार हेर्दै सराङकोट पुगेर हिमाली दृश्यावलोकन गर्दै जान सकिन्छ । सराङकोट डाँडाको टाकुरा पुग्नुअघि हेर्न पाइने दृश्य धेरै भएको अन्नपूर्ण केबलकारका महाप्रबन्धक दिनेश पौडेलले बताए । नयाँ वर्षमा पोखरा धेरै घुम्न आउने गर्दछन् उनले भने घुम्न आउनेले कबेलकारको मज्जा लिन पाउने बताए ।
सराङकोटका ग्रामीण बस्तीको माथिमाथि हुँदै ९ मिनेटमै केबलकारले २ हजार १ सय ६५ मिटरको दुरीमा पु¥याउछ । सराङकोट सूर्याेदय र सूर्यास्त दृश्यावलोकनका लागि प्रसिद्ध डाँडा हो । त्यसैका लागि आउनेजाने स्वदेशी, विदेशी पर्यटकलाई अन्नपूर्ण केबलकार लक्षित गरेर सञ्चालन गरेको केबलकारका निर्देशक तीर्थराज त्रिपाठी बताउँछन् ।
केबलकारमा स्थानीय र मियाहारा परिवारका अलावा प्रतिष्ठित उद्यमी व्यवसायी कालु गुरुङ, क्याप्टेन रामेश्वर थापा, पोखराकै लक्ष्मी ग्रुप, भाटभटेनी सुपरमार्केटका मीनबहादुर गुरुङ लगायतको लगानी छ । अहिलेसम्म केबलकारमा २ अर्ब लगानी भएको उनीहरु बताउ छन् । केबलकार संचालन पनि स्थानीय निकै उत्साहीत भएका छन् ।
केबलकारको सम्पूर्ण प्रविधि जापानी हो । जापानको निप्पोन केबलकारको प्रविधि भित्रायाएको कम्पनीले जानकारी दिएको छ । प्राविधिक काम जापानीहरुले नै गरेका हो । नेपाली यात्रुले सराङसम्म आउजाउ गर्दा ७ रुपैयाँ तिरे पुग्छ । सार्क देशका लागि ८ सय र तेस्रो मुलुकका पर्यटकका लागि ९ डलर भाडा निर्धारण गरिएको छ । ज्येष्ठ नागरिक, अपांगता भएकाहरु र विद्यार्थीका लागि भाडामा छुट छ ।
सूर्याेदय हेर्न जानेलाई लक्ष्य गरेर केबलकार बिहान ५ बजे र सूर्यास्त हेरेर फर्कनेलाई लक्ष्य गरी साँझैसम्म सञ्चालन गरेको छ । अन्नपूर्ण केबलकारमा यात्रु ओसारपसार गर्न १७ वटा र सामान ओसार्न एउटा डिब्बा छ । एउटा डिब्बाको यात्रु क्षमता ८ जना हो ।