दक्षिण एसियामा साझा मुद्रा बनाएर अगाडी बढ्ने प्रस्ताब– गभर्नर अधिकारी

-


     क्लिक गण्डकी     
     असार १८ गते २०७९ मा प्रकाशित


दक्षिण एसियामा साझा मुद्रा बनाएर अगाडी बढ्ने प्रस्ताब– गभर्नर अधिकारी

दक्षिण एसियामा साझा मुद्रा बनाएर अगाडी बढ्ने प्रस्ताब– गभर्नर अधिकारी

सागर राज तिमिल्सिना
पोखरा, १८ असार/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दक्षिण एसियामा साझा मुद्राको अवधारणामा जानु पर्ने बताएका छन् । नेपाल बैंकर्स एसोसिएसनको गण्डकी प्रदेशले आयोजना गरेको केन्दीय बैंक डिजिटल करेन्सी तथा मौद्रिक नीति बारे छलफल कार्यक्रममा गभर्नर अधिकारीले दक्षिण एसियाको साझा मञ्चमा आफुले यो बारेमा प्रस्ताव गरेर सबै देशले अध्ययन थालेको बताए ।

उनले नेपालले आफुले गर्नु पर्नने अध्ययन सकिसकेको बताए । उनले केन्द्रीय बैंक डिजिटल मुद्रामा जानुपर्ने बताए ।
उनले कतिपय देशले डिजिटल बैंकको अनुमति समेत दिन थालिसकेको बताए । उनले डिजिटल मुद्राबाट हतास हुनुपर्ने अवस्था नआउने भन्दै भौतिक मुद्रा पनि रहिरहने बताए । डिजिटल मुद्राको अवधारणामा केन्द्रीय बैंक क्रमिक रूपमा जाने बताए । अहिले विश्वमा करिब ९० देशमा भन्दा बढि देशले अध्ययन गरिरहेको बताए ।

डिजिटल करेन्सीको प्रविधि निर्माण गर्न निजी क्षेत्रको सहयोग आवश्यक रहने बताए । उनले यसको बिश्वासनियता जोगाउनु चुनौतिपुर्ण रहेको उल्लेख गरे । पछिल्लो समय नोटको कारोबार घट्दै गएको बताउँदै राष्ट्रबैंकको तथ्यांक अनुसार कात्तिकयता एक खर्बले घटिसकेको जानकारी दिए ।

गर्भनर अधिकारीले अर्थतन्त्रका बारेमा उद्योगी व्यवसायी राम्रोसँग जानकार रहेको बताउदै अहिलको अवस्थाबाट मुक्त हुन सबै सचेत हुनुपर्ने बताए । निरन्तर घाटामा भएको भुक्तानी सन्तुलन, चालू खाता घाटा र विदेशी मुद्रामा परेको चापलाई हेरेर मौद्रिक नीतिको तयारीमा केन्द्रीय बैंक रहेको बताए ।

कार्यक्रममा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले केन्द्रीय बैंक डिजिटल करेन्सीका बारेमा प्रस्तुति दिएका थिए । कार्यक्रममा २७ वटै वाणिज्य बैंकका सीईओहरु पोखरामा आएका छन् ।



Tags: , ,

This will close in 10 seconds