इन्धनको खपत कम गर्नः शनिबार सवारी रोक, दुई पांग्रेलाई ५ र गाडीलाई २० लिटर पेट्रोल

-


     क्लिक गण्डकी     
     असार २० गते २०७९ मा प्रकाशित


नेपाल आयल निगम

काठमाडौं, २० असार/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न दुई पांग्रे र साना सवारी साधनलाई कोटा प्रणाली अगाडी सारेको छ ।

इन्धनको बढ्दो मूल्यका कारण वित्तीय अवस्था नाजुक बनेको भन्दै निगमको सोमबार सरकारलाई १० वटा उपाय सिफारिस गरेको छ । जसमा एउटा उपाय सवारी साधनलाई कोटामा इन्धन दिने हो ।

इन्धनको मूल्य वृद्धिका कारण मुलुकको अर्थतन्त्र र निगमलाई जोगाउन यस्ता उपाय तत्काल अवलम्बन गर्न आग्रह गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए ।

मोटरसाइकललाई ५ लिटर, कार र जीपलाई २० लिटर बढीमा एक पटकमा मात्रै इनधन दिन आग्रह गरिएको उनले बताए ।
त्यसै गरी शनिबार देशका प्रमुख शहरमा सवारी साधन निषेध गर्न लगाउने अर्को उपाए हो ।

त्यसै गरी अर्को उपाएमा सरकारले हटाएको आइतबार सार्वजनिक बिदाको व्यवस्था पुनः लागू गर्नु पर्ने, जोरबिजोर प्रणाली कार्यान्वयनमा ल्याउन, छोटो दुरीमा सवारी साधनको प्रयोग नगर्न, ढुवानीका सवारीसाधनहरु पूर्ण क्षमतामा चलाउने व्यवस्था गर्न, घरायसी प्रयोगमा विद्युत् खपत गर्ने लागएतका सुझाब सराकालाई निगमले दिएका छ ।



Tags: