पोखरामा करको दर घटाएर दायर बढायो – मेयर आचार्य
पोखरा, २७ असार/ पोखरा महानगरपालिका मेयर धनराज आचार्यले महानगरले आर्थिक वर्ष ०७९/८० करका दरहरु घटाएको बताएका छन् । आगामी आर्थिक वर्षका लागि ८ अर्ब ७७ करोड रुपैयाँ बराबरको बजेट ल्याएको महानगरले नगरसभाले पारित गरेको बजेटमा सम्पत्ति, व्यवसाय, घरबहाल, विज्ञापन लगायतमा करको दर घटाएको बताए ।
अघिल्लो पटकभन्दा करिब साढे २ अर्ब बजेट बढी ल्याए पनि महानगरले करको दर घटाएको उनको भनाई छ । करको दर घटाएर दायर बढाएको उनले बताए । पोखराका मेयर आचार्यले सम्पत्ति, व्यवसाय तथा घरबहालको कर घटाएपनि पोखरामा अनाधिकृत रुपमा संरचना बनाएका घरहरुबाट राजश्व अशुल गरिने सुनाए ।
मयेर आर्चायले सेवाग्राहीलाई एकद्धार प्रणालीबाट सेवा दिने, घुम्ती सेवा शिविर संचालन गर्ने, कर्मचारी सँग कार्यविवरण र कार्य सम्पादन सम्झौता गर्ने, पुरानो नक्सा डिजिटल बनाउने, लागएतका कार्यक्रमलाई प्रथामिकतामा राखेको बताए ।
मेयर आचार्यले ल्याण्डफिल साईट बारे चाँडै टुंगोमा पुग्ने बताए । अबको ल्याण्डफिल साईट प्रविधिको प्रयोग गरेर आधुनिक बनाईने उनको भनाई छ । मेयर आचार्यले पूर्व मेयर मानबहादुर जिसीले पर्यटन बसपार्क, यातायात र गल्फको जग्गा विधि नपु¥याई दिएको टिप्पणी गरे । नाङ्गो आँखाले हेर्दा विधि र प्रक्रिया नपु¥याई हतारहतार सम्झौता गरेको देखिन्छ । थप कुरा त छानविन समितिको प्रतिवेदनमा आउनले उनको भनाई छ ।
उनले टर्मिनल बसपार्क नजिकै अटो भिलेज निर्माण गरिने बताए । मेयर आर्चायले पोखरामा बहुतले पार्किङ बनाउने योजना रहेको बताए । सडक पार्किङ र त्यहाँबाट शुल्क उठाउने कार्य हटाउन महानगरले तयारी गरिरहेको बताए । उनले अहिलेको महानगर कार्यालय भवन भएको ठाउँ र नयाबजारस्थित प्रदर्शनी केन्द्रलाई पार्किङ बनाउने बारेमा छलफल चलिरहेको बताए ।