आन्तरिक पर्यटकको गन्तब्य बन्दै हेम्जाको सुईखेत रिभर भ्याली रिसोर्ट

-


     क्लिक गण्डकी     
     श्रावण ११ गते २०७९ मा प्रकाशित


आन्तरिक पर्यटकको गन्तब्य बन्दै हेम्जाको सुईखेत रिभर भ्याली रिसोर्ट

आन्तरिक पर्यटकको गन्तब्य बन्दै हेम्जाको सुईखेत रिभर भ्याली रिसोर्ट

पोखरा, ११ साउन/ ताल छेउमा होटल, रेष्टुरेन्ट तथा रिसोर्ट पोखरामा धेरैनै छन् । त्यो पनि पोखरा शहर भित्र । पोखरा भ्यालि बाहिर पहिलोपटक कास्कीको पोखरा महानगरपालिका वडा नम्वर २५ सुईखेत खोला छेउमा सुईखेत रिभर भ्याली रिसोर्ट सञ्चालनमा आएको छ । हालै सञ्चालनमा आएको सुईखेत रिभर भ्याली रिसोर्टले पर्यटकको मन जित्न सफल भएको छ ।

सुईखेत रिभर भ्यालि रिसोर्ट आन्तरिक पर्यटकहरुको लागि नया गन्तव्य बनेको छ । रिसोर्टमा राखिएको एटिभि बाईक राईड र स्वीमिङ पुल संगै रहेको प्राकृतिक मनोरम दृश्यले त्यहा जाने पर्यटकहरुको पहिलो रोजाई बन्ने गरेको छ ।

पोखरा तालै तालको सहरको रुपमा चिनिदै आएको र पछिल्लो समय पोखरा भ्यालि आसपासका डाडा कांडाहरुमा समेत पर्यटकीय गन्तव्य बनिरहदा प्राकृतिलाई नजिकबाट नियाल्न सकिने सुईखेत खोलाको छेउमा हरियालि बातावरणमा रमाउन चाहनेलाई लक्षित गरी आफुले सुईखेत रिभर भ्याली रिसोर्ट सञ्चालनमा ल्याएको रिसोर्टका सञ्चालक जितेशमान गुभाजुले वताए ।

१५ रोपनी क्षेत्रफलमा ५ करोड लगानीमा सञ्चालनमा आएको सुईखेत रिभर भ्यालीबाट विहानीको सूर्य उदय र वेलुकाको सूर्य अस्तको समेत अवलोकन गर्न सकिने छ । पूर्व र पश्चिममा डांडा कांडाको खोंचबाट सूर्योदय र सूर्यअस्तको दृश्यको छुट्टै अनुभव लिन सकिने गुभाजुले वताए ।

रिसोर्टमा आउने पर्यटकलाई सुईखेतमा मात्रै सिमित नबनाउने उदेश्य सहित आफुहरुले एटिभि बाइकको माध्यमबाट पर्यटकहरुलाई हेम्जाकोट हुँदै अस्ताम सम्मको प्याकेज वनाई सञ्चालन गरिरहेको वताए । एटिभि बाईकको माध्यमबाट अस्ताममा पुगेपछि त्यहाँ बाट उत्तरमा रहेका हिम श्रृङखला संगै हेम्जा फांट, पर्यटकीय गाउँ धम्पुस र पोखराको उत्तरी भेग अवलोकन गर्न सकिने भएकालेपनि आन्तरिक पर्यटकहरुको रोजाई सुईखेत रिभर रिसोर्ट हुने गरेको छ ।

त्यसैगरि छोटो दुरिमा एटिभि बाइक चलाउनेहरुले सुईखेत रिभर भ्याली हुँदै फेदि सम्मको यात्राको अनुभव गर्न सक्नेछन । रिसोर्टमा बस्ने पाहुनाले हाईकिङ गरी कास्कीकोट दरबार, अस्ताम सम्म पुग्न सक्नेछन । त्यसैगरि रिसोर्टमा स्वीमिङ पुलको समेत ब्यवस्था रहेको छ । जसका लागि पनि विभिन्न प्याकेजको ब्यवस्था गरिएको छ । त्यसैगरि रिसोर्टमा हाल छ वटा रुम रहेको छ जसमा बस्न चाहनेका लागि समेत विभिन्न प्याकेजहरुको व्यवस्था गरिएको रिसोर्टका अप्रेसन म्यानेजर सागर गुरुङले वताए ।

सुईखेत रिभर भ्यालि रिसोर्ट भित्र रहेको विभिन्न कटेजहरुले मधेसमा बसोबास गर्ने थारु बस्तीको झल्को दिने गरेको र यसले समेत पर्यटकहरुलाई आकर्षित गरेको छ । रिसोर्टमा पार्किङको पर्याप्त ब्यवस्था र बाल उधान समेत रहेकाले पारिवारिक वातावरणमा घुम्न आउनेहरुका लागि समेत उचित गन्तव्य बनेको छ ।

शान्त बातावरण प्राकृतिक हरियालीलाई नजिकबाट नियाल्ने सक्ने भएकाले रिसोर्टमा पर्यटकहरुको आकर्षण वढेको वताउदै गुरुङले रिसोर्टमा बस्न चाहने पाहुनाहरुलाई लक्षित गरी सांझमा बार वे क्यू संगै स्वीमिङको समेत ब्यवस्था गरिएको वताए । रिसोर्टमा हाल २० जनाले प्रत्यक्ष रोजगार पाएका छन ।



Tags: , ,