पर्यटनमन्त्री भन्छन्ः ‘पोखरा क्यालिबे्रसन फ्लाइट पछि उडान रुटबारे निणर्य हुन्छ’

-


     क्लिक गण्डकी     
     श्रावण २५ गते २०७९ मा प्रकाशित


संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठ

पोखरा, २५ साउन/ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले क्यालिब्रेसन फ्लाइटको टुंगो लागेपछि मात्रै अन्तराष्ट्रिय जहाज कम्पनीसँग उडानका अगाडी बढ्ने बताएका छन् ।

समाजबादी प्रेस संगठन कास्कीले आज पोखरा गरेको पत्रकार सम्मेलनमा उनले ‘जहाज कम्पनीसँग छलफल गर्नका लागि पनि विमानस्थल सन्चालनको निर्णय गरेका हौं । उडान रुट र जहाज कम्पनीसँग अब छलफल अघि बढ्छ ।’ विमानस्थलको ९८ प्रतिशत निर्माण सकिएको छ । जनवरी १ बाट सन्चालनमा ल्याउने औपचारिक निर्णय सरकारले गरिसकेको छ ।

तर विमानस्थल सन्चालनअघि पोखराको ल्याण्डफिल साइट हटाउनुपर्ने र रिठ्ठेपानी डाँडा कटान गर्नुपर्ने काम बाकी नै छ । यसको तयारी धेरै अघिदेखि गरेपनि काम हुन सकेको छैन । मन्त्री श्रेष्ठले दुवै काम सँगै हुने र विमानस्थल सन्चालनमा कुनै अवरोध नरहने बताए ।

उनले रिठ्ठेपानीको डाँडा कटानका लागि रुखहरु काटिसकेको र ल्याण्डफिल साइट सार्न पोखरा महागनरपालिका लागि परेको बताए । उनले विमानस्थलले गण्डकी प्रदेशको पर्यटन विकासका लागि महत्वपूर्ण बताए ।

नयाँ एयरपोर्ट सन्चालनपछि चलिरहेको एयरपोर्टमा के गर्ने भन्ने बारेमा श्रेष्ठले प्राविधिक टोलीसँग छलफल गरेर नै निर्णयमा पुग्ने बताए । उनले पोखरामा प्याराग्लाइडिङलाई अहिले नै विस्थापन गर्ने पक्षमा आफुहरु नरहेको उनले सुनाए ।

उनले प्याराग्लाइडिङ पोखराको ब्राण्डिङ भएको भन्दै सुरक्षामा असर नपर्ने गरी यो व्यवसाय कायम गर्ने स्थिति भए जोगाउने बताए । पर्यटनलाई पुनः उत्थान गर्नका लागि गत ८ गते ७४ बुँदे कार्ययोजना घोषणा गरेको भन्दै नेपालमा पर्यटक ल्याउन २०२३ देखि २०३३ लाई भ्रमण दशक भनेर घोषणा गरेको बताए ।