पोखरा उद्योग वाणिज्य संघ निर्वाचनः पोखरेल र प्रजापति बिच प्रतिस्पर्धा, ८ सय मत खसे

-


     क्लिक गण्डकी     
     भाद्र २५ गते २०७९ मा प्रकाशित


पोखरा, २५ भदौ/ पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनले शनिबार नयाँ नेतृत्व दिने छ । कार्यसमितिको अध्यक्ष सहित विभिन्न पदमा निर्वाचित हुने छन् । दुई वटा समुह चुनावी मैदानमा उत्रिएका छन् । बिहानबाट शुरु भएको निर्वाचनमा यो समाचार तयार पार्दा सम्म ८ सय मत खसेका छन् ।

यसपटकको अधिवेशनमा संघका बहालवाला वरिष्ठ उपाध्यक्ष पवन प्रजापति र उपाध्यक्ष अर्जुन पोखरेलका बीचमा अध्यक्ष पदमा छ । अन्य पदमा पनि प्रजापति र पोखरेल समुहले प्यानल नै बनाएर चुनावी मैदानमा उतारेका छन् । प्रजापति समुहका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की र पोखरेल समुहका वरिष्ठ उपाध्यक्ष हरिहर सापकोटा छन् ।

प्रजापति समुहबाट उद्योग तर्फका उपाध्यक्ष हिरामणि पण्डित र पोखरेल समुहका देवेन्द्र केसी चुनावी मैदानमा छन् । वाणिज्य तर्फ उपाध्यक्षमा शोभित पौडेल, प्रजापति प्यानलका उत्तममान बुद्धाचार्य र पोखरेल प्यानलका कुमारी मुना बाँस्तोला छन् ।
महासचिवमा पोखरेल समुहका केशवबहादुर खत्री र प्रजापति समुहका बलराम आचार्य र तारानाथ ढुंगानाले उम्मेदवारी दिएका छन् ।

कोषाध्यक्षमा प्रजापति समुहका दिनेशचन्द्र बाँस्तोला र पोखरेल समुहका हरिराज पन्तका बीचमा प्रतिष्पर्धा छ । उपमहासचिव पदमा प्रजापति समुहका शोभा गौतम र पोखरेल समुहबाट हर्कबहादुर अधिकारी चुनावी मैदानमा छन् ।

खुल्ला सदस्यबाट १० जना सदस्य निर्वाचित हुने छन् । सदस्यहरुमा भीम गौतम, मनोजकुमार श्रेष्ठ, ललितबहादुर कुँवर, भरत केसी, हिमनिधि लौडारी, बालकृष्ण कोइराला, विनोद केसी, यमनाथ तिमिल्सिना दिलिपकुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ, सुदिप प्रधानांग, प्रभा सुवेदी, रामचन्द्र शर्मा, सुदिप ओझा, कृष्णप्रसाद कोइराला, धमेन्द्रकुमार बाटाजु, माधव बास्ताकोटी र उदय केसी चुनावी प्रतिष्पर्धामा छन् । यिनै १९ जना सदस्य मध्येबाट १० जना निर्वाचित हुनेछन् ।



Tags: