बिजीबि कोरियन रेष्टुरेण्ट पोखरामा सञ्चालनमा

-


     क्लिक गण्डकी     
     कार्तिक ७ गते २०७९ मा प्रकाशित


बिजीबि कोरियन रेष्टुरेण्ट पोखरा

बिजीबि कोरियन रेष्टुरेण्ट पोखरा

पोखरा, ७ कार्तिक/ पोखराको ख्याति प्राप्त बिजीबि क्याफेको समुहले पोखराको लेकसाईडमा थप सेवा बिस्तार गरेको छ । बिजिबिले कोरियन स्वाद मनपराउनेहरुका लागि बिजिवी कोरियन रेष्टुरेण्ट संचालनमा ल्याएको हो ।

पोखराका लेकसाइडमा रहेको बिजिवि रिसोर्ट सँगै बिजिवी कोरियन रेष्टुरेण्ट सञ्चालनमा ल्याएको हो । २०४५ सालमा बिम बिम रेष्टुरेन्टबाट पर्यटन व्यवसायमा लागेका व्यवसायी ज्याक तामाङले केही वर्ष पछि बिजिबि क्याफेको रुपमा संचालन गरेका थिए ।
हाल क्याफे प्रा.लिमा परिणत भएपछि बिजिबि टीमले संचालन गरेको छ । बिजिबि कोरियन रेष्टुरेण्टको क्याप्टेन विजय लामाले उद्घाटन गरे । उनले नेपाल जस्तो पर्यटनको धेरै संभावना भएको देश अन्त कतै नभएको बताए ।

लामाले पर्यटनको विकासमा सरकार र सबैको इच्छाशक्तिको खाँचो औंल्याए । कार्यक्रममा नेपाल पर्यटन बोर्डमा पूर्व सदस्य तथा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेश बहादुर भट्टराईले नेपालको पर्यटन विकसका लागि राजनीतिक ईच्छाशक्तिमा कमि भएको बताए । उनले अन्तराष्ट्रिय एयरपोर्ट बनाए पनि निर्माण कम्पनीले चाँबि दिएर गईसक्यो तर यसको संचालनले गति लिन सकेको छैन ।

पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बैंक, वित्तीय संस्थाहरुले ब्याजदर बढाईरहेको र व्यवसायीलाई आतंकित पारिरहेको अवश्थामा कोरियन स्वादका खानाका परिकार चखाउन बिजि बि कोरियन रेष्टूरेन्ट खोल्नु साहसी काम भएको बताए । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यष गोकर्ण कार्किले हामी सबैले पर्यटनलाई मुख्य रुपमा जोड दिनुपर्ने र प्रवर्धन गर्नुपर्ने बताए ।

बिजिबि टीमका सदस्य सुनिल भट्टराईले सहभागिलाई स्वागत गर्दै उनले बिजि बि क्याफे, रिसोर्ट संचालन गरिरहेको अवश्थामा कोरियन रेष्टुरेण्ट संचलनमा ल्याएको र निकट भविष्यमा काठमाडौं ठमेलमा बिजि बि क्याफे संचालनमा गर्ने बताए । बिजिबि टीमका अध्यक्ष ज्याक तामाङले नेपालका प्रमुख शहरहरुमा बिजिबिका शाखाहरु खोल्ने लक्ष्य रहेको बताए ।



Tags: , ,