
श्री एयरलाइन्स
पोखरा, १३ चैत/ श्री एयरलाइन्सले थप दुई जहाज ल्याएको छ । एयरलाइन्सलले ८० सिट क्षमताका दुई जहाज काठमाडौं अवतरण गराएको हो ।
एयरलाइन्सले क्यानडाको डी हाभिलैण्ड अफ क्यानडाद्वारा निर्मित ‘ड्यास एट’ जहाज ल्याएको छ । ती जहाजको कलसाइन नाइनएन–एओके र नाइनएन–एओएल रहेको श्री एयरलाइन्स लिमिटेडका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए ।
ती जहाज यसअघि अमेरिकाको होराइजन एयर र अलास्का एयरले उडाएको थियो ।
दुवै जहाज नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रक्रिया पूरा गरेर चाँडै व्यावसायिक उडानमा ल्याउने मानन्धरले जानकारी दिए । श्री एयरलाइन्स सँग अब १० जहाज भएका छन् ।
श्री एयरलाइन्सले सन् २०१७ देखि ५० सिट क्षमताका दुई सिआरजे २०० तथा ७० सिट क्षमताको दुई आर जे ७०० जेट विमानबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान गर्दै आएको छ ।





