पोखरा, १३ चैत/ श्री एयरलाइन्सले थप दुई जहाज ल्याएको छ । एयरलाइन्सलले ८० सिट क्षमताका दुई जहाज काठमाडौं अवतरण गराएको हो । एयरलाइन्सले क्यानडाको डी हाभिलैण्ड अफ क्यानडाद्वारा निर्मित ‘ड्यास एट’ जहाज ल्याएको छ । ती जहाजको कलसाइन नाइनएन–एओके र नाइनएन–एओएल रहेको श्री एयरलाइन्स लिमिटेडका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । ती जहाज यसअघि अमेरिकाको होराइजन एयर र अलास्का एयरले उडाएको थियो । दुवै जहाज नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रक्रिया पूरा गरेर चाँडै व्यावसायिक उडानमा ल्याउने मानन्धरले जानकारी दिए…
पुरा पढौ