
सफल हेप्पी काउ मिल्क
पोखरा, ८ चैत/ पोखराको सुजल डेरीले ‘सफल हेप्पी काउ मिल्क’ बजारमा ल्याएको छ । उपभोक्ताको मागलाई मध्यनजर गर्दै कम्पनीले सफल हेप्पी काउ मिल्क ल्याएको हो ।
सफल हेप्पी काउ मिल्क गाईको दूध उत्पादन हुने क्षेत्रबाट संकलन गरिएको हो । गाईको दूधको प्राकृतिक सुगन्ध, स्वाद र पौष्टिकतालाई ध्यान दिई सावधानीपूर्वक अत्याधुनिक प्रविधिबाट प्रशोधन गरिने कम्पनीले जनाएको छ ।
सफल हेप्पी काउ मिल्क क्रिमयुक्त छ । स्वस्थता र स्वादिष्टता सुनिश्चित गरी प्रत्येक थोपामा ताजापनको अनुभव प्रदान गर्दै शुद्धता र गुणस्तरको प्रमाण दिने दाबी कम्पनीको छ ।
न्यूनतम ३ दशमलव ५ प्रतिशत फ्याट र न्यूनतम ७ दशमलव ५ प्रतिशत एसएनफ हुने भएकाले पचाउन सकिन्छ ।
दूधमा शरीरलाई चाहिने क्याल्सियम, प्रोटिन र भिटामिन र मिनिरल पूर्णरुपमा पाइन्छ । जसले गर्दा पौष्टिकता पाउनुको साथै शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ ।
कम्पनीका धार्मिक कार्यमा समेत यो दूध प्रयोग गर्न सकिन्छ । सफल हेप्पी काउ मिल्क आधा लिटर पाउँचको अधिकतम बिक्री मूल्य ६० रुपैयाँ तोकिएको छ ।





