अर्थतन्त्र

पोखरा उद्योग वाणिज्य संघ अध्यक्षमा ४ जनाको उम्मेदवारी, अरु पदमा को को ?

पोखरा उद्योग वाणिज्य संघ अध्यक्षमा ४ जनाको उम्मेदवारी, अरु पदमा को को ?
पोखरा, ८ भदौ/ पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशन मार्फत नयाँ नेतृत्व लिनका लागि ४ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । भदौ २० र २१ गते हुने निर्वाचनका लागि अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य, बलराम आचार्य र शोभा गौतमले उम्मेद्वारी दर्ता गराएका छन् । उनीहरुमध्ये गौतम र आचार्य प्यालन सहित चुनावी मैदानमा होमिएका छन् । अध्यक्षका लागि उम्मेद्वारी दर्ता गर्ने बुद्धाचार्य वर्तमान कार्य समितिका वरिष्ठ उपाध्यक्ष हुन् । आचार्य अहिलेको समितिमा वाणिज्यतर्फका उपाध्यक्ष हुन् भने गौतम महासचिव हुन् । पोखरेल… पुरा पढौ

पोखरा–नेपालगञ्ज उडान पुनः सुरु हुँदै

बुद्ध एयर
पोखरा, ४ भदौ/ नेपालगञ्ज–नेपालगञ्ज नियमित हवाई सेवा भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ । निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले भदौ ३१ गतेदेखि पोखरा –नेपालगञ्ज उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ । बुद्ध एयर पोखराका प्रमुख गौतमले यात्रुको माग बढेकाले उडान पुनः सञ्चालन गर्न लागेको जानकारी दिए । भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधा जोड्ने यो उडानका लागि यात्रुको माग बढ्दै गएको छ । गत जेठ ५ गतेदेखि उडान स्थगित गरिएको थियो । भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या… पुरा पढौ

पोखरामा सार्वजनिक भयो टीभीएस ‘अरबिटर’ ईभी, १५८ किलोमिटर रेन्ज र ३४ लिटर बुट स्पेस

पोखरामा सार्वजनिक भयो टीभीएस ‘अरबिटर’ ईभी, १५८ किलोमिटर रेन्ज र ३४ लिटर बुट स्पेस
पोखरा । टीभीएस मोटर कम्पनीले नेपालको विद्युतीय दुईपाङ्ग्रे बजारलाई लक्षित गर्दै नयाँ इलेक्ट्रिक स्कुटर टीभीएस अरबिटर ईभी पोखरामा सार्वजनिक गरेको छ। जगदम्बा मोटर्सको आधिकारिक बिक्री सञ्जालमार्फत सार्वजनिक गरिएको अरबिटरलाई कम्पनीले सहरी यात्राका लागि स्मार्ट, दिगो र सुविधाजनक विद्युतीय मोबिलिटी समाधानका रूपमा प्रस्तुत गरेको छ। कम्पनीका अनुसार अरबिटरमा ३.१ किलोवाट–आवरको ब्याट्री जडान गरिएको छ, जसले १५८ किलोमिटरको आइडीएस रेन्ज प्रदान गर्छ। स्कुटरमा क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट, पार्किङ असिस्ट, रिजेनेरेटिभ ब्रेकिङ तथा इको र पावर मोडजस्ता सुविधा उपलब्ध छन्। अरबिटरको प्रमुख… पुरा पढौ

पोखरा–काठमाडौं यात्रामा नयाँ आयामः जगदम्बा ट्राभल्सद्वारा भीआईपी लक्जरी बस सञ्चालन

पोखरा–काठमाडौं यात्रामा नयाँ आयामः जगदम्बा ट्राभल्सद्वारा भीआईपी लक्जरी बस सञ्चालन
पोखरा, १६ साउन/ पोखरा–काठमाडौं सडक यात्रालाई थप आरामदायी, सुरक्षित र सुविधा सम्पन्न बनाउने उद्देश्य सहित पोखरा जगदम्बा ट्राभल्सले अत्याधुनिक भीआईपी लक्जरी बस सेवा सञ्चालनमा ल्याएको छ। यात्रुको सुविधा र आरामलाई केन्द्रमा राखेर सञ्चालनमा ल्याइएको नयाँ बसमा लामो दूरीको यात्रालाई सहज बनाउने आधुनिक प्रविधि र सुविधाहरू समावेश गरिएको छ। बसको मुख्य आकर्षणका रूपमा थाइ–रेस्ट सहितका आरामदायी सिट, विद्युत् स्विचमार्फत सिटलाई तलमाथी गर्न मिल्ने रिक्लाइनिङ सिट तथा नेपालको पहाडी सडकका लागि उपयुक्त डबल सस्पेन्सन प्रणाली रहेका छन्। यी सुविधाले यात्राका क्रममा हुने… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि तीन आकांक्षी मैदानमा, अन्य पदमा को को ?

पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि तीन आकांक्षी मैदानमा
पोखरा, १६ साउन/ पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनको चुनावी माहोल तातिएको छ। अध्यक्ष देखि कार्यसमितिका विभिन्न पदसम्मका आकांक्षीहरूले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै चुनावी अभियानलाई तीव्र बनाएका छन्। अघिल्ला महाधिवेशनहरूमा प्यानल बनाएर सामूहिक रूपमा चुनावी प्रचार हुने गरे पनि यसपटक अधिकांश व्यवसायीले व्यक्तिगत रूपमा उम्मेदवारी घोषणा गर्दै मतदाता भेटघाटलाई प्राथमिकता दिएका छन्। प्यानल औपचारिक रूपमा घोषणा हुनुअघि नै उम्मेदवारहरू सामाजिक सञ्जालमार्फत सक्रिय भएका हुन्। हालसम्म अध्यक्ष पदका लागि तीन जनाले खुला रूपमा उम्मेदवारी घोषणा गरेका… पुरा पढौ

पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि छुट्टै कम्पनी खोल्ने तयारीमा बुद्ध एयर

पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि छुट्टै कम्पनी खोल्ने तयारीमा बुद्ध एयर
पोखरा, ९ साउन/ बुद्ध एयरका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले पत्रकार टिकाराम यात्रीसँगको अन्तर्वार्तामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न छुट्टै कम्पनी स्थापना गर्ने तयारी भइरहेको बताएका छन्। बस्नेतका अनुसार बुद्ध एयरले तत्काल जहाजको संख्या नबढाए पनि अत्याधुनिक ATR 72-600 विमान भित्र्याउने तयारी गरेको छ। आधुनिक नेभिगेसन प्रणाली जडित यी विमानले कम दृश्यतामा पनि सुरक्षित अवतरण गर्न सक्ने भएकाले पोखरा लगायतका विमानस्थलमा उडान नियमित बनाउन सहयोग पुग्ने उनको विश्वास छ। उनले हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि आवश्यक दृश्यता (Visibility) करिब… पुरा पढौ

पृथ्वी राजमार्ग बनेपछि आन्तरिक हवाई यात्रु ४० प्रतिशतसम्म घट्छ- बुद्ध एयर अध्यक्ष बस्नेत

बुद्ध एयर
पोखरा, ९ साउन/ बुद्ध एयरका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले पृथ्वी राजमार्ग स्तरोन्नति सम्पन्न भएपछि नेपालका प्रमुख आन्तरिक हवाई रुटमा यात्रुको संख्या करिब ४० प्रतिशतसम्म घट्ने बताएका छन् । पत्रकार टिकाराम यात्री सँगको अन्तर्वार्तामा बोल्दै उनले पृथ्वी राजमार्ग चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने र त्यसपछि पोखरा–काठमाडौं, भैरहवा–काठमाडौं तथा भरतपुर–काठमाडौं जस्ता प्रमुख रुटमा हवाई यात्रुको चाप उल्लेखनीय रूपमा घट्ने बताए। महेन्द्र राजमार्ग पनि आगामी दुईदेखि तीन वर्षभित्र चार लेनमा विस्तार हुने क्रममा रहेकाले सडक यातायात थप प्रभावकारी बन्ने उनको भनाइ छ। बस्नेतका अनुसार… पुरा पढौ

फुलबारी रिसोर्टले पुनः सञ्चालनका लागि माग

फुलबारी रिसोर्टले पुनः सञ्चालनका लागि माग
पोखरा, २५ असार/ लामो समयदेखि बन्द रहेको पोखराको दि फुलबारी रिसोर्ट पुनः सञ्चालनका माग गरेका छन् । सञ्चालनका लागि आवश्यक सहजीकरण गरिदिन पोखरा उद्योग वाणिज्य संघसँग आग्रह गरेको छ। रिसोर्टका महाप्रबन्धक सागर कँडेलले संघका अध्यक्षलाई सम्बोधन गर्दै पठाएको पत्रमा फुलबारी रिसोर्ट पोखराको पर्यटन तथा आर्थिक क्षेत्रको महत्वपूर्ण संस्थामध्ये एक भएकाले यसको पुनः सञ्चालन आवश्यक रहेको उल्लेख गरेका छन्। पत्रमा रिसोर्ट बन्द हुँदा स्थानीय रोजगारी, पर्यटन, व्यवसाय, आपूर्ति प्रणाली तथा समग्र आर्थिक गतिविधिमा नकारात्मक प्रभाव परेको उल्लेख गरिएको छ। साथै, पुनः… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी घोषणा

शोभा गौतम
पोखरा, २५ असार/ पोखरा उद्योग वाणिज्य संघको आगामी ३६ औँ महाधिवेशन भदौ २० र २१ गते हुदैछ । वाणिज्य संघको बिहीबार बसेको कार्यसमिति बैठकले महाधिवेशनको मिति तय गरेसँगै नयाँ नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ । पोखरा उद्योग वाणिज्य संघकी वर्तमान महासचिव शोभा गौतमले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेकी छन् । संघका विभिन्न उपसमिति, कार्यसमिति सदस्य, उपमहासचिव हुँदै महासचिवसम्मको सांगठनिक अनुभव सँगालेकी गौतमले संस्थागत विकास र व्यवसायीहरूको हकहितका लागि आफ्नो दाबेदारी प्रस्तुत गरेकी हुन् । उम्मेदवारी घोषणा गर्दै महासचिव… पुरा पढौ

पोखरामा निट्को नयाँ शोरुम मालेपाटनमा

पोखरामा निट्को नयाँ शोरुम मालेपाटनमा
पोखरा, १० असार/ पोखरा ५ मालेपाटनमा निट्को नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । पोखरामा एक दशक भन्दा बढि समय देखी निर्माण सामग्रीहरुको ब्यबसाय संचालन गर्दै ओम लक्ष्मी टे«डसले निट्को नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । युवा व्यवसायी मनोज अधिकारी, एकनारायण सुबेदी र डिल्लीराम पौडेलले भारती टायल तथा मार्वल कम्पनी निट्लाई पोखरा ल्याएा हुन् । शोरुमको पोखरा उधोग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र निट्को कम्पनीका महाप्रबन्धक धर्मेन्द्र कुमार ठाकुरले उद्घाटन गरे । निट् कम्पनीको पोखरामा संचालनमा आएको नयाँ बिक्रि कक्षको… पुरा पढौ