पोखरामा रेज मोटर्सले भित्र्यायो जिडब्ल्युएम गाडी

-


     क्लिक गण्डकी     
     असाेज १ गते २०८३ मा प्रकाशित


पोखरामा रेज मोटर्सले भित्र्यायो जिडब्ल्युएम गाडी

पोखरामा रेज मोटर्सले भित्र्यायो जिडब्ल्युएम गाडी

पोखरा, १ असोज/ ग्रेट वाल मोटर (जिडब्ल्युएम) नेपालको आधिकारिक विक्रेता रेज मोटर्स प्रालिले पोखराको उत्तम चोकमा डिलरसिप सञ्चालनमा ल्याएको छ । सोही अवसरमा जिडब्ल्युएमका दुईवटा फ्ल्यागसिप विद्युतीय गाडी ‘ओरा ५’ र ‘हाभल जोलियन म्याक्स इभी’ बिहीबार सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएको ‘ओरा ५’ मा ५८.३ किलोवाट आवर क्षमताको ब्याट्री र २०० मिमीको ग्राउन्ड क्लियरेन्स रहेको छ । यसले एक पटकको फुल चार्जमा ४ सय ३५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।

त्यसैगरी १५० किलोवाट क्षमताको मोटर रहेको ‘हाभल जोलियन म्याक्स इभी’ मा ५८.३ किलोवाट आवरको ब्याट्री राखिएको छ । यसले ४०० किलोमिटरभन्दा बढी रेन्ज दिने र यसमा प्यानोरामिक सनरुफ, १४.६ इन्चको इन्फोटेनमेन्ट सिस्टम, पूर्ण एडास (अडान्स ड्राइभर असिस्टेन्स सिस्टम) सुरक्षा सुविधा तथा भीटुएल (भहिकल टु लोड) प्रविधि उपलब्ध छ ।

हाभल जोलियनको मूल्य ५९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ र ओरा ५ सेमिको ४८ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ र ओरा ५ को ५३ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ मूल्य रहेको छ । उत्तम चोकस्थित नयाँ शोरुमबाट ग्राहकले बिक्री (सेल्स), मर्मत (सर्विस) र स्पेयर पाट्र्स सेवा पाउने कम्पनीका अध्यक्ष अशोक चालिसेले जानकारी दिए ।

कम्पनीका सेल्स एन्ड अपरेसन महाप्रबन्धक अधिरकुमार श्रेष्ठले पोखराको बजार जिडब्ल्युएमका लागि महत्वपूर्ण रहेको बताए । पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष शोभा गौतमले विभिन्न समस्याले थलिएको अर्थतन्त्र विस्तारै चलायनमान हुन थालेको भन्दै व्यावसायिक सफलताको शुभकामना व्यक्त गरिन् । उत्तम चोकमा सञ्चालनमा आएको नयाँ शोरुमबाट दुवै मोडलका गाडीको टेस्ट ड्राइभ तथा बुकिङ खुला गरिएको छ ।



This will close in 10 seconds