
सुजल डेरीको लभबर्डस् प्रिमियम आइसक्रिमको नयाँ आउटलेट लेकसाइडमा
कास्की, ३१ भदौ/ सुजल डेरी प्रालिले पोखराको लेकसाइडस्थित बाराही चोकमा ‘लभबड्र्स प्रिमियम आइसक्रिम’को नयाँ आउटलेट (शाखा) सञ्चालनमा ल्याएको छ ।
सुजल डेरीले संचालमा ल्याएको यो शाखा पोखरामा चिप्लेढुंगा पछिको दोश्रो र नेपालको लागि चौथो आउटलेट हो । काठमाडौंको नक्साल र महाराजगंञ्जमा आउटलेट सञ्चालनमा छन् ।
बाराहीचोकमा खोलिएको आउटलेटको लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले उद्घाटन गरे । नयाँ आउटलेटलाई आधुनिक, आरामदायी तथा परिवारमैत्री वातावरणमा तयार पारिएको कम्पनीले जनाएको छ ।
लभबड्र्सले उत्कृष्ट सामग्री प्रयोग गरी नवीनता, फरक स्वाद र उपभोक्ता अनुभवलाई ध्यानमा राख्दै सबै उमेर समूहका लागि आइसक्रिमलाई तीन श्रेणीमा विभाजन गरेको श्रेष्ठले बताए । जसअन्तर्गत क्लासिक फ्लेभर्सको सानो स्कुपलाई १५० रुपैयाँ र रेगुलर स्कुपलाई २३० रुपैयाँ तोकिएको छ । यस्तै प्रिमियम फ्लेभर्सको सानो स्कुप १७५ रुपैयाँ र रेगुलर २५५ रुपैयाँ तथा एक्जोटिक फ्लेभर्सको सानो स्कुप २२५ रुपैयाँ र रेगुलर स्कुपलाई ३१० रुपैयाँ पर्नेछ ।
पोखरा घुम्न आउने स्थानीय तथा बाह्य पर्यटकलाई लक्षित गर्दै शाखामा बसेर खान मिल्ने तथा लिएर जना मिल्ने (टेक–अवे) सेवाको व्यवस्था गरिएको छ । बिहान १० बजेदेखि बेलुका ११ बजेसम्म खुल्ने छ ।







