अर्थतन्त्र

२७औं पोखरा सडक महोत्सव शुरु, लेकसाइड झकिझकाउ

२७ औं पोखरा सडक महोत्सव शुरु, लेकसाइड झकिझकाउ
पोखरा, १३ जेठ/ पोखरामा तामझाम सहित सडक महोत्सव शुरु भएको छ । अंग्रेजी नयाँ वर्षको स्वागतार्थ रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराद्वारा पर्यटकीय केन्द्र लेकसाइडमा आयोजित पोखरा सडक महोत्सवको २७ औं सडक महोत्सव शुरु भएको हो । महोत्सवको भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलस्रोत तथा सिंचाई र सहरी विकास मन्त्री कुलमान घिसिङले उद्घाटन गर्दै पोखरा पर्यटनको हब भएकाले यससँग अन्य सहर र देशको कनेक्टीभिटी बढाउन सरकार लाग्ने बताए । पोखरालाई सडक र हवाई दुबै मार्गबाट कनेक्टीभिटी सहज बनाउनुपर्ने उनको भनाई… पुरा पढौ

होटल संघद्वारा पर्यटनमन्त्रीलाई पाँच बुँदे ध्यानाकर्षण

होटल संघद्वारा पर्यटनमन्त्रीलाई पाँच बुँदे ध्यानाकर्षण
पोखरा, १२ पुस / होटल संघ पोखरा नेपालले पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता दिन सरकारको ध्यानाकर्षण गराएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हालाई शनिबार पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै संघका अध्यक्ष लक्ष्मण सुवेदीले चालू बजेटमा पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता प्रदान गरी सोही अनुसारको सुविधा प्रदान गर्ने विषय उल्लेख गरिए पनि त्यो कार्यान्वयन हुन नसकेको स्मरण गराएका थिए । उद्योग र कानून मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री सिन्हालाई संघले पोखरामा स्वागत गर्दै उल्लेखित विषयलाई शीघ्र कार्यान्वयनमा… पुरा पढौ

कास्कीकोटमा लक्जरी रिसोर्टः थाई ब्राण्डमा हिमालयन हाइड अवे रिसोर्ट

कास्कीकोटमा लक्जरी रिसोर्टः थाई ब्राण्डमा हिमालयन हाइड अवे रिसोर्ट
पोखरा, ११ पुस/ पोखराको कास्कीकोटमा नयाँ लक्जरी रिसोर्ट सञ्चालनका तयारीमा छ । १ जनवरी २०२६ देखि औपचारिक रूपमा सञ्चालनमा आउन लागेको हिमालयन हाइड अवे रिसोर्ट पोखरा, द सेन्टारा कलेक्सन हो । पोखरामा पहिलो पटक प्रवेश गर्न लागेको थाई होटल ब्राण्ड हो । सेन्टारा होटल्स एण्ड रिसोट्र्सको अन्तर्राष्ट्रिय पहिचान, थाई प्रेरित आतिथ्य र पोखराको अनुपम प्राकृतिक सौन्दर्यको संयोजनमार्फत रिसोर्टले केवल बसाइ मात्र होइन, लक्जरी प्रस्तुत गर्ने लक्ष्य लिएको छ । रिसोर्टमा ४२ वटा फराकिला डिलक्स कोठा, स्वीट र भिल्ला रहको रिसोर्टका… पुरा पढौ

केएफसीको २३ औं शाखा पोखरा चिप्लेढुङ्गाको सेलवेजमा

केएफसीको २३ औं शाखा पोखरा चिप्लेढुङ्गाको सेलवेजमा
पोखरा, १० पुस/ विश्वकै प्रसिद्ध फुड ब्रान्ड केएफसीले पोखरा चिप्लेढुङ्गामा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । केएफसी नेपालका लागि आधिकारिक फ्रेन्चाइज देवयानी इन्टरनेसनल नेपाल प्रालिले २३ औं आउटलेट पोखरा चिप्लेढुङ्गामा रहेको सेलवेजमा बिहीबार उद्घाटन गरेको छ । सेलवेज क्यास एण्ड क्यारी प्रालिका अध्यक्ष कृष्णदेव प्रधानाङ्ग र पोखरा वडा नम्बर ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले उद्घाटन गरे । यो सँगै पोखरामा केएफसीको दोस्रो आउटलेट खुलेको छ । नयाँ आउटलेट चिकेनप्रेमीका लागि आकर्षक गन्तव्य बन्ने कम्पनीको विश्वास छ । ‘विश्वमा उत्कृष्ट… पुरा पढौ

लेखनाथ महोत्सवः सुन्तलाबाट सुरु भएको यात्रा कृषि बहस र समृद्धितर्फ

लेखनाथ महोत्सवः सुन्तलाबाट सुरु भएको यात्रा कृषि बहस र समृद्धितर्फ
लेखनाथ, ७ पुस / लेखनाथको पहिचान, स्थानीय उत्पादनको प्रवद्र्धन र आर्थिक चलायमानतासँग जोडिँदै आएको लेखनाथ महोत्सव हाल एक्काइसौँ संस्करणमा आइपुग्दा केवल उत्सव मात्र नभई कृषि, उद्योग र संस्कृतिको साझा मञ्चका रूपमा स्थापित भएको छ । २०६१ सालमा ‘सुन्तला महोत्सव’ का रूपमा सुरु भएको यो कार्यक्रम आज व्यापक स्वरूपमा विस्तार हुँदै स्थानीय समृद्धिको आधार बनेको छ । हाल लेखनाथमा जारी एक्काइसौँ संस्करणको लेखनाथ महोत्सवले स्थानीय व्यापार व्यवसायलाई उल्लेखनीय रूपमा चलायमान बनाएको छ । महोत्सवको पाँचौँ दिन सोमबार स्टेज कार्यक्रमअन्तर्गत आयोजित कृषि… पुरा पढौ

लेखनाथ महोत्सवमा घन्कियो रत्यौली

लेखनाथ महोत्सवमा घन्कियो रत्यौली
लेखनाथ, ५ पुस/ नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि त्यसो जर्गेना एवं नयाँ पुस्तालाई जानकारी दिन लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली प्रतियोगिता आयोजना गर्ने गरिन्छ । दुलाहाका घरमा विवाहका अवसरमा बालिएको शुभसूचक बत्ती कुर्न भनी जम्मा भएका महिलाले गाउने सामूहिक गीत रत्यौली गीत हो । जन्ती हिँड्नुपूर्व दुलाहाका घरमा गरिने कर्मदेखि जन्ती प्रस्थान गरेको र दुलहीका घरमा गरिने कर्मदेखि पुनः दुलाहाका घर भित्रिँदासम्मका अवस्थाको विषयलाई समेटेर रत्यौली गीत गाउने गरिने गरेको राष्ट्रिय लोक… पुरा पढौ

२१ औं लेखनाथ महोत्सवको तयारी पूरा

२१ औं लेखनाथ महोत्सवको तयारी पूरा
लेखनाथ, १ पुस/ लेखनाथ उद्योग वाणिज्य संघले पुष ३ गते देखि १४ गते सम्म आयोजना गरेको २१ औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवको तयारी पुरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवं महोत्सवकी मूल संयोजक जानुका पराजुली अधिकारीले जेनजी आन्दोलनबाट प्रभावित भएको उद्योग तथा व्यवसायलाई प्रबद्र्धन गर्ने उद्धेश्यले वर्तमान विषम आर्थिक अवस्थाका बीच… पुरा पढौ

इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायीको योजनामा चौथो चरणका विजेता छानिए

इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायीको योजनामा चौथो चरणका विजेता छानिए
पोखरा, २७ मंसिर/ पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ कास्कीले आयोजना गरेको चाडपर्व उपहार कुपन योजनाका चौथो चरण विजेताहरु सार्वजनिक गरिएको छ । शुक्रबार भएको कार्यक्रमबाट विजेताहरु छानिएका हुन् । तेस्रो चरणको उपचारमा ३२ इन्चको स्मार्ट टिभी कुपन नम्र ९४१२ ले पाउँदा कुपन नम्बर २४०६५, १०६१८, ३५००७ र ४६८२२ ले स्मार्ट फोन पाएका छन् । उपहार योजनामा २५ जनाले किप्याड फोन पाएका छन् । यसरी किप्याड फोन जित्नेमा कुपन नम्बर ३५१४८, ५४९०६, ५३०२४, ३३०२७, १८८५, २२७३५, २५०६, ५२६२३, ४०५६९, ४४९२७,… पुरा पढौ

२७ औं संस्करणको पोखरा सडक महोत्सव पुष १३ देखि

२७ औं संस्करणको पोखरा सडक महोत्सव पुष १३ देखि
पोखरा, १८ मंसिर/ पर्यटकिय राजधानी पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसरमा २७ औं संस्करणको पोखरा सडक महोत्सवको तयारी भएको छ । पुष १३ गते देखि १७ गतेसम्म लेकसाइडको साढे तीन किलोमिटर क्षेत्रफलमा महोत्सवको आयोजना गरिने आयोजक रेवान पोखराले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजना हुँदै आएको महोत्सवले पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकलाई अंग्रेजी नया वर्षको गन्तव्य स्थलका रुपमा विकास गरेको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बनाए ।कला संस्कृति प्रवद्र्दन… पुरा पढौ

पोखरा लक्ष्मी ई–मोबिलिटीको सोरुम सञ्चालन, केई र फोर्थिङका कार

पोखरा लक्ष्मी ई–मोबिलिटीको सोरुम सञ्चालन, केई र फोर्थिङका कार
पोखरा, ८ मंसिर/ नेपालमा केई र फोर्थिङ इलेक्ट्रिक सवारीसाधनका अधिकृत वितरक लक्ष्मी ई–मोबिलिटीले पोखराको बुद्धचोकमा शोरुम सञ्चालनमा ल्याएको छ । लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले शोरुमको उद्घाटन गर्दै कम्पनीले पश्चिम क्षेत्रमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाउँदै आधुनिक, दिगो र प्रविधिमैत्री इलेक्ट्रिक सवारीसाधनलाई ग्राहकसम्म पु¥याउने बताए । उद्घाटनको अवसरमा कम्पनीले विशेष ग्राण्ड ओपनिङ अफर घोषणा गरेको छ । जसअन्तर्गत विशेष नगद सुविधा, बोस ब्रान्डका इलेक्ट्रोनिक उपहार, एक वर्षको निःशुल्क अटो प्लस इन्सोरेन्स तथा रोड–ट्याक्स प्याकेज, साथै प्रत्येक बुकिङमा एक रातको… पुरा पढौ