
पोखराको भाटभटेनी पुन सञ्चालनमा
पोखरा, २२ वैशाख/ पोखरामा सोमबारमा पुन सञ्चालनमा आएको भाटभटेनी सुपरमार्केटमा एकै दिन ४८ हजार जना पुगेका छन् । करिब ८ महिनापछि पुनः सञ्चालनमा आएको स्टोरमा पहिलो दिन मै ४८ हजार जना पुगेका र ६ हजार भन्दा बढिले सामान खरिद गरेका छन् ।
स्टोर दैनिक बिहान १० बजेदेखि नियमित रूपमा खुला रहने भाटभटेनी सुपर मार्केटको व्यबस्थापनले जनाएको छ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै आधुनिक सेवा र गुणस्तरीय सामग्री उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको संचालक मिन बहादुर गुरुङले बताए । भदौ २४ गते भएको आन्दोलनका क्रममा स्टोरमा पुण रुपमा क्षति पुगेको थियो ।
त्यसपछि मर्मत, पुनर्निर्माण तथा रेट्रोफिटिङ कार्य सम्पन्न गरी स्टोरलाई पुनः पुरानै स्वरूपमा सञ्चालनमा ल्याइएको उनले बताए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पनि स्टोर पुनः सञ्चालनमा आएकोमा खुशी व्यक्त गर्दै कठिन परिस्थितिमा पनि अघि बढ्ने प्रेरणादायी सन्देश दिएको बताए ।





