टेम्पल बेल बुटिक होटल दोस्रो वर्षमा, होटल निर्माणमा योगदान दिने व्यक्ति तथा संस्थालाई नगदसहित सम्मान

-


     क्लिक गण्डकी     
     जेठ १९ गते २०८३ मा प्रकाशित


टेम्पल बेल बुटिक होटल दोस्रो वर्षमा, होटल निर्माणमा योगदान दिने व्यक्ति तथा संस्थालाई नगदसहित सम्मान

टेम्पल बेल बुटिक होटल दोस्रो वर्षमा, होटल निर्माणमा योगदान दिने व्यक्ति तथा संस्थालाई नगदसहित सम्मान

पोखरा, १८ जेठ/ पोखराको लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रालि दोस्रो बर्षमा प्रबेश गरेको छ । प्रथम वार्षिकोत्सव विशेष समारोहका होटल निर्माण तथा स्थापनामा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्ति, निर्माण कम्पनी, बैंकिङ साझेदार, काष्ठकर्मी, शिल्पकार, डिजाइनर तथा विभिन्न क्षेत्रका सहयोगीलाई नगदसहित सम्मान गरेको छ।

पोखरामा रहेका सयौं होटलबीच टेम्पल बेललाई फरक पहिचान दिलाउन सबैको साथ, सहयोग र समर्पणले महत्वपूर्ण भूमिका खेलेको संस्थाका अध्यक्ष विश्वराज पौडेलले बताए । नेपाली काष्ठकला, ढुंगाकला र हस्तकलाको समिश्रणबाट निर्माण गरिएको यो होटल पोखराको नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको अध्यक्ष पौडेलले दाबी छ।

होटल निर्माण कार्य सन् २०२१ को डिसेम्बरमा सुरु भएको थियो। करिब साढे तीन वर्षमा निर्माण सम्पन्न भएको होटलमा करिब १ अर्ब २५ करोड रुपैयाँ लगानी भएको उनले बताए । करिब साढे दुई रोपनी क्षेत्रफलमा फैलिएको होटलमा ५५ वटा सुविधा सम्पन्न कोठा रहेका छन्।

होटल निर्माणमा फाइनान्सियल कन्सल्टेन्ट, आर्किटेक्ट, डिजाइनर, ठेकेदार, काष्ठकर्मी, ढुंगाशिल्पी, मेटल कलाकार तथा अन्य प्राविधिक जनशक्तिले खेलेको भूमिकाको उच्च सम्मान गर्दै उनीहरूलाई सम्मान गरिएको होटलले जनाएको छ। उक्त अवसरमा कृष्ण गदाल, लक्ष्मण गदाल, मञ्जुर आलम, विष्णु विक, जसबहादुर विक लगायतका विभिन्न कला भएका कामदारलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

त्यसैगरी निर्माण कम्पनीका ओमप्रसाद रिजाल, पूर्व रेजिडेन्ट म्यानेजर गुप्त गिरी, इन्जिनियर रमेश पोखरेल, ग्लोबल आइएमईका प्रदेश प्रमुख सुशोभन देवकोटा, सुपरभाइजर सूर्यबहादुर थापा, सिए लक्ष्मण अधिकारी, आर्किटेक्ट सुरेश श्रेष्ठ, इन्जिनियर दिलीप न्यौपाने, सर्वोत्कृष्ट कर्मचारीका रुपमा फुड एन्ड बेभरेजका विवश कुमाललाई सम्मान गरिएको कर्पोरेट म्यानेजर लेखनाथ पहारीले जानकारी दिए ।

होटल व्यवस्थापनका अनुसार नेपाली मौलिकता र अन्तर्राष्ट्रियस्तरको सुविधा संयोजन गर्ने उद्देश्य सहित निर्माण गरिएको टेम्पल बेलले सञ्चालनको पहिलो वर्षमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ। होटलमा ४७ डिलक्स बुटिक रुम, ५ सुपर डिलक्स, २ जुनियर स्वीट र १ प्रेसिडेन्सियल स्वीट रुम रहेका छन्। साथै स्विमिङ पुल, स्पा, साउना, स्टिम, सम्मेलन हल, रेष्टुरेन्ट, बार तथा अन्य आधुनिक सुविधा समेत उपलब्ध छन्।

होटलका सञ्चालकद्वय विश्वराज पौडेल र भिष्मराज पौडेलले सकारात्मक सोच, साझा प्रयास र पारदर्शी सहकार्यबाट मात्र दिगो र समृद्ध पर्यटन सम्भव हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटा, पौडेल दुई दाजु भाईका माता ज्ञानुदेवि पौडेलले विभिन्न व्यक्तिहरुलाई सम्मान गर्दै पोखरामा यस्ता वुटिक होटलको राम्रो बजार र माग रहेको बताए । पोखरा क्षेत्रमा ४० हजार वेड रहेको उल्लेख गर्दै उहाँले यस्ता होटलले गुणस्तरिय पर्यटकलाई थप आकर्षण गर्ने दाबी गरे ।

नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी लगायतले उक्त होटलले पोखराको पर्यटन प्रबद्र्धनमा थप टेवा दिने विश्वास व्यक्त गरे । पौडेल दुई दाजु भाईका बावा स्व गोविन्द शर्मा ९बिखर्ची० ले उक्त होटलको शिलन्यास गर्नु भएको थियो ।

होटलले आफ्नो सामाजिक उत्तरदाहित्व अन्र्तगत कास्की जिल्ला टेनिस संघको बृद्धि विकास सहित फ्लट लाइट जडानको लागि होटलमा आयोजना गरेको गाला डिनर पार्टीबाट ८ लाख ९६ हजार संघलाई सहयोग गरेको छ । गाला डिनर, दाता र विभिन्न संघ संस्थाबाट एक मुस्ट उक्त रकम संकलन भएको अध्यक्ष पौडेलले बताए ।