स्वास्थ्य

आरजूलाई युआरएल पत्रकारिता पुरस्कार

आरजू विष्ट सल्यानी
पोखरा, १७ मंसिर/ युआरएल पत्रकारिता पुरस्कार २०७९ पत्रकार आरजू विष्ट सल्यानीलाई प्रदान गरिने भएको छ । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)ले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल संयोजक र डा सुरेश पौडेल र पत्रकार वासुदेव मिश्र सदस्य रहेको प्रतिभा छनोट समितिले सल्यानीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । २ दशकभन्दा बढीदेखि पत्रकारिता क्रियाशील सल्यानी रेडियो अन्नपूर्ण र सफल आवाज डटकममा आवद्ध छन्… पुरा पढौ

डेंगु संक्रमित विद्या भट्टराईलाई सघन उपचार कक्षमा

विद्या भट्टराई
पोखरा, २ कात्तिक/ एमालेकी केन्द्रीय सदस्य तथा आगामी निर्वाचनमा एमालेबाट कास्की कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवार विद्या भट्टराई अस्पताल भर्ना भएकी छिन् । मंगलबार उनलाई डेंगु संक्रमण भएपछि मणिपाल अस्पतालमा सघन उपचार कक्षमा उपचार भइरहेको छ । भट्टराईको अवस्था अहिले सामान्य रहेको र दुई तीन दिनमा डिस्चार्ज हुने अस्पतालले जनाएको छ । पुरा पढौ

पद्म नर्सिङ्ग होम थप सुबिधा सहित नदिपुरबाट संचालनमा

पद्म नर्सिङ्ग होम
पोखरा, १० असोज / पोखराको सबैभन्दा पुरानो निजी अस्पताल पद्म नर्सिङ्ग होम प्रा लि। नदिपुरबाट संचालनमा आएको छ । बिगत २७ बर्ष देखि पोखराको न्युरोडमा संचालनमा रहेको पद्म नर्सिङ्ग होम पोखरा ३ नदिपुरमा जापानीज प्रविधिमा निर्मित आफ्नै भवन बाट संचालनमा आएको हो । सोमबार घटस्थापनाको दिन पारेर प्रालिले नदिपुरबाट सेवा शुभारम्भ गरेको जनाउदै निर्माणको काम अझै बाँकी रहेकोले थप सबै सेवा संचालनमा आउन भने केही समय लाग्ने जनाएको छ । अहिले इमर्जेन्सी सेवा, सबै प्रकारका बहिरङ्ग (ओपिडी) सेवा, अप्रेसन, जनरल… पुरा पढौ

जोण्टाको ‘गो रेड फर उमन’

जोण्टाको ‘गो रेड फर उमन’
पोखरा, ११ भदौ/ जोण्टा क्लवको आयोजनामा पोखरामा महिलाहरुका लागि दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जन्यन्ति ट्रष्टसंगको सहकार्यमा ‘गो रेड फर उमन’ नारा दिइएको उक्त शिविर पोखराको भाटभटेनि प्राङगणमा भएको हो । कार्यक्रममा झण्डै ४ सय महिलाले लाभ लिएको जोण्टा क्लव अफ पोखराका अध्यक्ष मोनिका थापाले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा महिलाहरुको निःशुल्क ब्लड प्रेसर, नाप, तौल, ईसिजी, बिएमआई, ब्लड ग्लुकोज लगायत टेष्ट गराइएको थियो । कार्यक्रमका प्रमुख अतिथि पोखरा एकेडेमी अफ हेल्थ साईन्सका भिसी प्रोफेसर… पुरा पढौ

पोखरा महानगरपालिकाका पूर्व मेयर मानबहादुर जिसी अस्वस्थ

पोखरा महानगरपालिकाका पूर्व मेयर मानबहादुर जिसी अस्वस्थ
पोखरा, ३१ साउन/ पोखरा महानगरपालिकाका पूर्व मेयर मानबहादुर जिसी अस्वस्थ भएपछि अस्पतालमा भर्ना हुनुभएको छ । सोमबार बेलुका अकस्मात् छातीमा समस्या देखिएपछि उहाँलाई फेवा सिटी हस्पिटलमा भर्ना गरिएको हो । जिसीको आइसियु कक्षमा उपचार भइरहेको डा बुद्धि बहादुर थापाले जानकारी दिनुभयो । छाती दुखेर अस्पतालमा ल्याइएको रहेछ, हामीले मुटु रोगको समस्या हो की भनेर आइसियुमा राखेर उपचार सुरु गरेका थियौ, मुटुको समस्या रहेनछु, डा थापाले भन्नुभयो । पूर्व मेयर जिसीमा ग्यास्ट्रिक लगायतका अन्य समस्या देखिएकोले सोहीअनुसार उपचार भइरहेको डा। थापाले… पुरा पढौ

मेडिसिटी अस्पतालको लापरवाहीले पोखराका बस्नेतको ज्यान गयो, मेडिकल काउन्सिलमा उजुरी

पत्रकार सम्मेलनमा जानकारी दिदै समिरबहादुर बस्नेत
पोखरा, ४ साउन/ नेपाल मेडिसिटी अस्पतालको लापरवाहीले अनाहकमा एक विरामीले ज्यान गुमाउनु परेको उनका आफ्न्तले बताएका छन् । बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै अस्पताल र चिकित्सकको लापरबाहीले आफ्नो बाबुले ज्यान गुमाउनु परेको पोखरा समिर बहादुर बस्नेतले बताएका छन् । उनका बाबु योगेन्द्र बस्नेत जेठ १७ गते उपचारका लागि नेपाल मेडिसिटी अस्पताल पुगेका थिए । सामान्य स्वास्थ्य जाँच गर्न मेडिसिटी अस्पताल पुगेका बस्नेतको चिकित्सकले पित्त थैलीको अपरेशन गर्नुपर्ने बताएपछि २२ गते ल्याप्रोस्कोपी विधिद्वारा शल्यक्रिया गरेको उनले बताए । शल्यक्रिया गरेपछि शरिर… पुरा पढौ

पोखराको गण्डकी अस्पतालमा ७ करोडको उपकरण हस्तान्तरण पछि मुटु उपचार केन्द्र शुरु

पोखराको गण्डकी अस्पतालमा ७ करोडको उपकरण हस्तान्तरण पछि मुटु उपचार केन्द्र शुरु
पोखरा, ३२ असार/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मुटु उपचार केन्द्र शुरु भएको छ । रोटरी इन्टरनेशनलको सहयोगमा करिब सात करोड लागतमा अस्पतालमा क्याथ ल्याब स्थापना गरिएसँगै मुटुका रोगीहरूले अस्पतालबाट उपचार पाउने भएका छन् । अस्पताल परिसरमा आयोजित क्याथ ल्याब हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि, नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले क्याथ ल्याबको सञ्चालनसँगै मुटुका बिरामीहरूले अस्पतालबाट सहज रूपमा सेवा प्राप्त गर्ने बताए । उनले मेशिन स्थापनासँगै मुटु उपचार केन्द्रले दिने उपचार सेवामा कुनै कमि कमजोरी हुन्… पुरा पढौ

स्वास्थ्य पत्रकार मञ्च गण्डकी पोखराको अध्यक्षमा बञ्जारा

स्वास्थ्य पत्रकार मञ्च गण्डकी पोखराको अध्यक्षमा बञ्जारा
पोखरा, ३२ असार/ पोखरामा पत्रकारहरुको एक भेलाले स्वास्थय पत्रकार मञ्च गण्डकी प्रदेश तदर्थ समिति गठन गरेको छ । समितिको अध्यक्षमा यदुनाथ बञ्जारा चयन भएका छन् । कार्यसमितिको उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिवमा अनिसा श्रेष्ठ, कोषाध्यक्षमा पुष्प दाहाल चयन भएका छन् । सदस्यहरुमा रिना थापा, विन्दु परियार र निरज पन्त रहेका छन् । कार्यासमितिलाई बधाई दिँदै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका महासचिव गोविन्द सुवेदीले स्वास्थ्य क्षेत्रमा रहेका विकृति विसंगतिको उजागर र सर्वसुलभ स्वास्थ्यका लागि खबरदारी गर्न आवश्यक रहेको बताए । नवनिर्वाचित… पुरा पढौ

पोखरालाई स्वास्थ्य क्षेत्रमा नमुना बनाउन चाहेका छौंः मेयर आचार्य

पोखरालाई स्वास्थ्य क्षेत्रमा नमुना बनाउन चाहेका छौंः मेयर आचार्य
पोखरा, ३१ असार/ पोखरा महानगरका प्रमुख धनराज आचार्यले स्वास्थ्य क्षेत्रमा पोखरालाई उदाहरणीय बनाउनेगरि काम गर्ने बताएका छन् । त्यसका लागि महानगर, समाजिक संघसंस्था र केन्द्रदेखि प्रदेश सरकारसम्मको समन्वय आवश्यक रहेको उनले बताए । बिहीबार एक कार्यक्रमका बीच पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जडान गरिएको क्याथ ल्याव मेशिन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रमुख आचार्यले पोखरा सबैहिसावले सम्भावनायुक्त रहेकाले उत्कृष्ट बनाउन स्वास्थ्य क्षेत्रमा व्यवापक सुधार गर्नुपर्ने आवश्यकता औंल्याए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान संघ सरकार अन्तर्गत रहेको भएपनि कार्यक्षेत्र… पुरा पढौ

चरक अस्पतालमा स्याङ्जा गण्डकी यातायातका सवारीलाई छुट

चरक अस्पतालमा स्याङ्जा गण्डकी यातायातका सवारीलाई छुट
पोखरा, २६ असार/ स्याङ्जा गण्डकी यातायात प्रा.लि.मा आवद्ध सवारी साधनहरुले भईपरि आउने दुर्घटनाको उपचारमा विशेष छुट पाउने भएका छन् । पोखरामा स्याङ्जा गण्डकी यातायात प्रा.लि. र पोखरा– ८ स्थित चरक मेमोरियल अस्पतालविच भईपरि आउने दुर्घटना तथा उपचारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा चरक मेमोरियल अस्पतालका प्रवन्ध निर्देशक कपिल पोखरेल र प्रा.लिका कोषाध्यक्ष महेश बहादुर थापाले हस्ताक्षर गरेका हुन् । स्याङ्जा गण्डकी यातायातमा आवद्ध सवारीमा भईपरि आउने दुर्घटनाका घाइते भएकाहरुको अस्पतालले औषधोपचारमा विशेष छुट दिने सहमती भएको छ ।… पुरा पढौ