स्वास्थ्य

जीवित शिशुलाई मृत घोषणा, चिकित्सक निलम्बन गरी छानबिन समिति गठन

कोशी अस्पताल
पोखरा, ६ माघ/ उपचारका लागि कोशी अस्पतालमा ल्याएका जीवित शिशुलाई मृत घोषणा गर्ने चिकित्सक निलम्बनमा परेका छन् । १८ दिनको शिशुलाई बुधबार अस्पतालमा कार्यरत चिकित्सक डा आशोक यादवले मृत घोषणा गरेका थिए । डा यादवले मृत घोषणा गरेका शिशुको अहिले एक निजी अस्पतालको आइसीयूमा उपचार भइरहेको छ । डा यादव सहित अन्य तीन जनालाई पाँच दिनका लागि निलम्बनमा परेका छन् । अस्पतालले जीवित शिशुलाई मृत घोषणाका विषयमा छनबिन गर्न समिति गठन गरेको छ । अस्पतालका बाल रोग विशेषज्ञ डा प्रविण… पुरा पढौ

मनिपाल कलेजमा ‘ह्वाइट कोट सेरेमनी’

मनिपाल कलेजमा ‘ह्वाइट कोट सेरेमनी’
पोखरा, २७ पुस/ पोखरा मनिपाल कलेज अफ मेडिकल साइन्सेस्मा ‘ह्वाइट कोट सेरेमनी’ सम्पन्न भएको छ । कलेजमा अध्ययनरत एमबिबिएस ब्याच २०२१ का विद्यार्थीहरुलाई ‘ह्वाइट कोट‘(सेतो कोट) प्रदान गरिएको हो । मंगलबार दिपस्थित कलेज प्राङ्गणमा आयोजित सभामा डा. शिशिर गोख्ले र डा. अभिषेक मास्केले १ सय विद्यार्थीहरुलाई कोट प्रदान गरे । कोट प्रदान गर्दै उनिहरुले विद्यार्थीको उज्जवल भविष्यको कामना गरे । ह्वाइट कोटसँगै विद्यार्थीहरुमा समाजप्रतिको उत्तरदायित्व अझ बढ्ने भएकाले संवेदनशिलताका साथ अघि बढ्नुपर्ने उनिहरुको सुझाव थियो । कार्यक्रमका प्रमुख अतिथि समेत… पुरा पढौ

कुश्मामा लायन्स लेकसिटीको आँखा शिविरमा २२० जनाको उपचार

कुश्मामा लायन्स लेकसिटीको आँखा शिविरमा २२० जनाको उपचार
पोखरा, २६ पुस/ लायन्स क्लब अफ पोखरा लेकसिटी तथा दृष्टिविहीन कल्याण संघ कास्कीको संयुक्त आयोजनामा पर्वत जिल्ला कुश्मा नगरपालिकाको शिवालय माविमा मंगलबार आँखा जाँच शिविर सम्पन्न भएको छ । हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा २२० जनाको आँखा परीक्षण गरिएको लायन्स क्लब अफ लेकसिटी एवं कार्यक्रमका अध्यक्ष कैलाशदेव पालिखेले जानकारी दिए । तीमध्ये २१ जनाको विशेष उपचार र ६७ जनालाई निःशुल्क औषधि वितरण गएिको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथिलायन्स क्लब इण्टनेसनल ३२५ के नेपालका साइट फस्र्ट चिफ… पुरा पढौ

युआरएल विरौटाको अध्यक्षमा बिमला भण्डारी चयन

युआरएल विरौटाको अध्यक्षमा बिमला भण्डारी चयन
पोखरा, २० पुस/ युआरएल विरौटाको अध्यक्षमा विमला भण्डारी चुनिएकी छन् । मंगलबार भएको युआरएल विरौटा डायग्नोस्टिक प्रालिका सेयर लगानीकर्ताको भेलाले भण्डारीको अध्यक्षतामा सञ्चालक समिति चुनेको हो । उपाध्यक्षमा शिवबहादुर थापा र सचिवमा शशिधर पौडेल छन् । सदस्यमा सूर्य पौडेल, गीता लामिछाने, कृष्णप्रसाद ढकाल र सन्दीप अर्याल छन् भने पदेन सदस्यमा युआरएल ग्रुपका अध्यक्ष ठाकुरप्रसाद पन्त र प्रवन्ध निर्देशक गणेशप्रसाद कोइराला छन् । युआरएल विरौटाले गएको मंसिर २३ गतेबाट सेवा आरम्भ गरेको हो । गण्डकी प्रदेशकै पहिलो र लोकप्रिय रेफरेन्स ल्याब… पुरा पढौ

गण्डकी मेडिकल कलेजमा हृदय रोग केन्द्र सञ्चालनमा

गण्डकी मेडिकल कलेजमा हृदय रोग केन्द्र सञ्चालनमा
पोखरा, २८ मंसिर/ गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च प्रालिमा हृदय रोग केन्द्र सञ्चालनमा आएको छ । हृदय रोग केन्द्रको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरे । पोखरा र आसपासका मुटुका बिरामीलाई पोखरामा नै उपाचार सेवा दिने उद्देश्यले गण्डकी मेडिकल कजेजमा क्याथल्याबबाट सेवा प्रदान शुरु गरेको छ । करिब १२ करोडको लागतामा ह्दय रोग केन्द्र स्थापना गरेको गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्यालले बताए । उनले उच्चस्तरीय सेवा दिने गरी सेवा सञ्चालन गरेको बताए । क्याथ ल्याबबाट… पुरा पढौ

आरजूलाई युआरएल पत्रकारिता पुरस्कार

आरजू विष्ट सल्यानी
पोखरा, १७ मंसिर/ युआरएल पत्रकारिता पुरस्कार २०७९ पत्रकार आरजू विष्ट सल्यानीलाई प्रदान गरिने भएको छ । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)ले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल संयोजक र डा सुरेश पौडेल र पत्रकार वासुदेव मिश्र सदस्य रहेको प्रतिभा छनोट समितिले सल्यानीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । २ दशकभन्दा बढीदेखि पत्रकारिता क्रियाशील सल्यानी रेडियो अन्नपूर्ण र सफल आवाज डटकममा आवद्ध छन्… पुरा पढौ

डेंगु संक्रमित विद्या भट्टराईलाई सघन उपचार कक्षमा

विद्या भट्टराई
पोखरा, २ कात्तिक/ एमालेकी केन्द्रीय सदस्य तथा आगामी निर्वाचनमा एमालेबाट कास्की कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवार विद्या भट्टराई अस्पताल भर्ना भएकी छिन् । मंगलबार उनलाई डेंगु संक्रमण भएपछि मणिपाल अस्पतालमा सघन उपचार कक्षमा उपचार भइरहेको छ । भट्टराईको अवस्था अहिले सामान्य रहेको र दुई तीन दिनमा डिस्चार्ज हुने अस्पतालले जनाएको छ । पुरा पढौ

पद्म नर्सिङ्ग होम थप सुबिधा सहित नदिपुरबाट संचालनमा

पद्म नर्सिङ्ग होम
पोखरा, १० असोज / पोखराको सबैभन्दा पुरानो निजी अस्पताल पद्म नर्सिङ्ग होम प्रा लि। नदिपुरबाट संचालनमा आएको छ । बिगत २७ बर्ष देखि पोखराको न्युरोडमा संचालनमा रहेको पद्म नर्सिङ्ग होम पोखरा ३ नदिपुरमा जापानीज प्रविधिमा निर्मित आफ्नै भवन बाट संचालनमा आएको हो । सोमबार घटस्थापनाको दिन पारेर प्रालिले नदिपुरबाट सेवा शुभारम्भ गरेको जनाउदै निर्माणको काम अझै बाँकी रहेकोले थप सबै सेवा संचालनमा आउन भने केही समय लाग्ने जनाएको छ । अहिले इमर्जेन्सी सेवा, सबै प्रकारका बहिरङ्ग (ओपिडी) सेवा, अप्रेसन, जनरल… पुरा पढौ

जोण्टाको ‘गो रेड फर उमन’

जोण्टाको ‘गो रेड फर उमन’
पोखरा, ११ भदौ/ जोण्टा क्लवको आयोजनामा पोखरामा महिलाहरुका लागि दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जन्यन्ति ट्रष्टसंगको सहकार्यमा ‘गो रेड फर उमन’ नारा दिइएको उक्त शिविर पोखराको भाटभटेनि प्राङगणमा भएको हो । कार्यक्रममा झण्डै ४ सय महिलाले लाभ लिएको जोण्टा क्लव अफ पोखराका अध्यक्ष मोनिका थापाले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा महिलाहरुको निःशुल्क ब्लड प्रेसर, नाप, तौल, ईसिजी, बिएमआई, ब्लड ग्लुकोज लगायत टेष्ट गराइएको थियो । कार्यक्रमका प्रमुख अतिथि पोखरा एकेडेमी अफ हेल्थ साईन्सका भिसी प्रोफेसर… पुरा पढौ

पोखरा महानगरपालिकाका पूर्व मेयर मानबहादुर जिसी अस्वस्थ

पोखरा महानगरपालिकाका पूर्व मेयर मानबहादुर जिसी अस्वस्थ
पोखरा, ३१ साउन/ पोखरा महानगरपालिकाका पूर्व मेयर मानबहादुर जिसी अस्वस्थ भएपछि अस्पतालमा भर्ना हुनुभएको छ । सोमबार बेलुका अकस्मात् छातीमा समस्या देखिएपछि उहाँलाई फेवा सिटी हस्पिटलमा भर्ना गरिएको हो । जिसीको आइसियु कक्षमा उपचार भइरहेको डा बुद्धि बहादुर थापाले जानकारी दिनुभयो । छाती दुखेर अस्पतालमा ल्याइएको रहेछ, हामीले मुटु रोगको समस्या हो की भनेर आइसियुमा राखेर उपचार सुरु गरेका थियौ, मुटुको समस्या रहेनछु, डा थापाले भन्नुभयो । पूर्व मेयर जिसीमा ग्यास्ट्रिक लगायतका अन्य समस्या देखिएकोले सोहीअनुसार उपचार भइरहेको डा। थापाले… पुरा पढौ