जीवित शिशुलाई मृत घोषणा, चिकित्सक निलम्बन गरी छानबिन समिति गठन

-


     क्लिक गण्डकी     
     माघ ६ गते २०७९ मा प्रकाशित


कोशी अस्पताल

कोशी अस्पताल

पोखरा, ६ माघ/ उपचारका लागि कोशी अस्पतालमा ल्याएका जीवित शिशुलाई मृत घोषणा गर्ने चिकित्सक निलम्बनमा परेका छन् । १८ दिनको शिशुलाई बुधबार अस्पतालमा कार्यरत चिकित्सक डा आशोक यादवले मृत घोषणा गरेका थिए ।

डा यादवले मृत घोषणा गरेका शिशुको अहिले एक निजी अस्पतालको आइसीयूमा उपचार भइरहेको छ । डा यादव सहित अन्य तीन जनालाई पाँच दिनका लागि निलम्बनमा परेका छन् । अस्पतालले जीवित शिशुलाई मृत घोषणाका विषयमा छनबिन गर्न समिति गठन गरेको छ ।

अस्पतालका बाल रोग विशेषज्ञ डा प्रविण कुमार नेतृत्वको तीन सदस्यीय कमिटी गठन गरेको छ । १८ दिनको शिशुको सास नरहेको र धड्कन बन्द भएको भन्दै अस्पतालमा कार्यरत मेडिकल अफिसर डा आकाश यादवले मृत घोषणा गरेका थिए ।

त्यसपछि आफन्तले शिशुलाई लिएर घर गएका थिए । दाहा संस्कारका तयारी हुदै गर्दा शिशुले सास फेर्नुका साथै हातगोडा चलाएपछि परिवारले विराटनगरकै गोल्डेन अस्पतालम उपचारका लागि बुधबार नै लगेका छन् ।