गण्डकी मेडिकल कलेजमा हृदय रोग केन्द्र सञ्चालनमा

-


     क्लिक गण्डकी     
     मंसिर २८ गते २०७९ मा प्रकाशित


गण्डकी मेडिकल कलेजमा हृदय रोग केन्द्र सञ्चालनमा

गण्डकी मेडिकल कलेजमा हृदय रोग केन्द्र सञ्चालनमा

पोखरा, २८ मंसिर/ गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च प्रालिमा हृदय रोग केन्द्र सञ्चालनमा आएको छ । हृदय रोग केन्द्रको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरे ।

पोखरा र आसपासका मुटुका बिरामीलाई पोखरामा नै उपाचार सेवा दिने उद्देश्यले गण्डकी मेडिकल कजेजमा क्याथल्याबबाट सेवा प्रदान शुरु गरेको छ । करिब १२ करोडको लागतामा ह्दय रोग केन्द्र स्थापना गरेको गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्यालले बताए । उनले उच्चस्तरीय सेवा दिने गरी सेवा सञ्चालन गरेको बताए ।

क्याथ ल्याबबाट पोखरा र आसपासका विरामीले बेलैमा उपचार लिन सक्ने अस्पतालका ह्दय केन्द्रका प्रमुख डा मधु रोकाले बताए । उनले आफु काठमाडौंबाट प्रदेश बासीकै सेवाका लागि पोखरा आएको बताए ।

उद्घाट गर्दै पोखरालाई मेडिकल शिक्षाको हब बनाउन र प्रदेशभरको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकार क्रियाशील रहेको मुख्यमन्त्री पोखरेलले बताए । उनले सरुवा रोग तथा संक्रामक अस्पताललाई आधार मानेर गण्डकी विश्वविद्यालय मातहत मेडिकल कलेज सञ्चालनको तयारी थालिएको बताए ।

कलेजका प्राचार्य डा. रवीन्द्रप्रसाद श्रेष्ठले ३ सय बेड क्षमताबाट सुरुवातमा आएको कलेजमा हाल ५ सय ५० बेड, ८ सय कर्मचारी र ९ सय विद्यार्थी अध्यरत रहेको बताए । हाल अस्पतालबाट दैनिक ७ सय देखी ८ सय विरामीले सेवा लिदै आएको बताए । कलेजमा एमविविएस, विडिएस, विएसि नसिङ, विपिएस, एमएलटि, बि फार्मेसी लगाएतका शैक्षिक कार्यक्रममा पढाइ हुदै आएको छ ।