स्वास्थ्य

पोखरा १३ ले शुरु ग¥यो निःशुल्क एम्बुलेन्स सेवा

पोखरा १३ ले शुरु ग¥यो निःशुल्क एम्बुलेन्स सेवा
पोखरा, २८ असार/ पोखरा महानगरपालिका वडा नम्बर १३ ले निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । वडाध्यक्ष किरण बरालले विहिबारदेखि निशुल्क एम्बुलेन्स सेवा सुरु गरेका हुन् । वडाका सबै विरामी नागरिकले पोखराका जुनसुकै अस्पतालमा पुग्दा पनि एम्बुलेन्सको भाडा तिर्न नपर्ने बरालले बताए । ‘आजपनि सामान्य विरामी हुँदा उपचार गर्ने खर्च नागरिकसँग छैन । अस्पताल पुग्न एम्बुलेन्सलाई तिर्ने भाडा छैन,’ उनले भने, ‘महानगरभित्र बसेर पनि महानगरबासीको महशुस गर्न पाउनुभएको छैन । आज सानो खुसीको खवर तपाईंहरुलाई, पोखरा १३ ले आजैका दिनदेखि… पुरा पढौ

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुत्केरी र शिशुको मृत्यु

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल
पोखरा, ३१ जेठ/ पोखरामा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुत्केरी गराउने क्रममा आमा र नवजात शिशुको मृत्यु भएको छ । सोमबार राति तनहुँको व्यास नगरपालिका १२ कमलबारीकी २६ वर्षीया शर्मिला दरै र नवजात शिशुको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । उनी जेठ २८ गते अस्पताल भर्ना भएकी थिइन् । सोमबार बिहान ११ बजे स्वास्थ्यकर्मीले शर्मिलालाई बेथा लाग्ने औषधी दिएका थिए । दिउँसो ४ बजेतिर अर्को डोज औषधी दिएलगत्तै उनको स्वास्थ्यमा समस्या आएको उनका आफन्तले बताए । राति ११ बजेतिर… पुरा पढौ

स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेश अध्यक्ष नारायण बरालको निधन

नारायण बराल
पोखरा, २ जेठ/ नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेश अध्यक्ष नारायण बरालको निधन भएको छ । उनको मंगलबार काठमाडौंमा उपचारका क्रममा निधन भएको हो । आईतबार बिहान बाथरुपमा लडेपछि उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भएको थियो । थप उपचारको लागि हेलिकोप्टरबाट काठमाण्डौ लगिएकोमा मंगलबार निधन भएको हो । पोखरा १३ आर्वा घर भएका बराल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इर्मजेन्सिमा कार्यरत थिए । नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य समेत रहेका बरालको शव काठमाडौंबाट पोखरा आजै ल्याउने र बुधबार अन्तेष्टि… पुरा पढौ

बागलुङको बरेङमा युनाइटेडको निःशुल्क स्वास्थ्य शिविर

बागलुङको बरेङमा युनाइटेडको निःशुल्क स्वास्थ्य शिविर
पोखरा, १ जेठ/ पोखरा । युनाइटेड क्लब पोखराको आयोजनामा बागलुङको बरेङमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बरेङ गाँउपालिका बाग्लुङको ब्यवस्थापनमा बरेङ स्थित सर्वोदय माध्यामिक विद्यालयमा सम्पन्न स्वास्थ्य शिविरमा उक्त क्षेत्रका ६ सय ५० जनाले स्वास्थ्य परीक्षण गराएका छन । स्थापना कालदेखी पोखराको अमरसिंहचौरमा पोखरा महोत्सवको आयोजना गरी महोत्सवबाट बचत भएको रकमबाट शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेतीनदी संरक्षणमा काम गर्दै आइरहेको युनाइटेड क्लबले प्रत्येक वर्ष आफ्नो उद्देश्य अनुसार बिकट गाँउ बस्तीहरुमा पुगी निशुल्क रुपमा बृहत स्वास्थ्य… पुरा पढौ

पद्म नर्सिङ होममा क्यान्सरको सफल शल्यक्रिया

पद्म नर्सिङ होममा पोखरामै पहिलो पटक क्यान्सरको सफल शल्यक्रिया
पोखरा, २५ बैशाख/ पोखराको नदीपुरमा रहेको पद्म नर्सिङ होममा पोखरामै नीजि हस्पिटलमा पहिलो पटक पेटमा रहेको क्यान्सरको शल्यक्रिया सफल भएको छ । अन्य अप्रेसन भन्दा पेटमा रहेको क्यान्सरको अप्रेसनमा ग्रन्थि सहित क्यान्सर फाल्नुपर्ने र उक्त कार्य निकै जटिल हुने भएकाले त्यहांका शल्य चिकित्सकले ८ घण्टा लामो समय लगाएर ५१ वर्षिय पुरुषको पेटमा रहेको क्यान्सरको सफल शल्यक्रिया गरेका हुन् । पद्म नर्सिङ होमका पेट कलेजो, आन्द्रा तथा प्याङक्रियाज रोग शल्यचिकित्सक GI and HPB surgeon डाक्टर सुजन गौतमको टीमले ५१ वर्षिय पुरुषको… पुरा पढौ

पत्रकार महासंघमा दन्तशिविर, १ सय ३० को उपचार

पत्रकार महासंघमा दन्तशिविर, १ सय ३० को उपचार
पोखरा, २१ वैशाख/ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ कास्की शाखामा बिहीबार आयोजना गरिएको दन्त शिविरमा एक सय ३० जना सञ्चारकर्मीले उपचार सेवा लिएका छन् । महासङ्घ कास्की शाखा र स्वास्थ्य तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको नेलम्बो नेपालले पत्रकारहरुका लागि संयुक्त शिविर आयोजना गरेका हुन् । शिविरमा एक सय ३० जनाको दाँतको परीक्षण गरिएकामा १४ जनाको दाँतको एक्सरे, २७ जनाको दाँत सफा, ४३ जनाले दाँत भर्ने, तीन जनाको दाँतको जरैदेखी उपचार र एक जनाले दाँत निकाल्ने सेवा… पुरा पढौ

डा. लुमेश्वर आचार्यको निधन

डा. लुमेश्वर आचार्य
पोखरा, ११ बैशाख/ वरिष्ठ मनोरोग विशेषज्ञ डा. लुमेश्वर आचार्यको निधन भएको छ । लामो समय पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा काम गरेका आचार्य अवकाशपछि पोखराको कास्की मोडल हस्पिटलमा संलग्न थिए । मृगौला रोगका कारण निधन भएको परिवारले जनाएका छन् । डा आचार्य ११ औं तहबाट अवकाश भएका थिए । सुगर, प्रेसरका बिरामी उनको केही समय अगाडि बाइहार्ट सर्जरी गरिएको थियो । पुरा पढौ

पद्म नर्सिङ्ग होम नदिपुरमा सुरक्षीत प्रसुती सेवा सुरु

पद्म नर्सिङ्ग होम नदिपुरमा सुरक्षीत प्रसुती सेवा सुरु
कृष्ण आचार्य पोखरा, १० बैशाख / पद्म नर्सिङ्ग होम प्रा.लि. पोखरा–३, नदिपुरमा सुरक्षीत प्रसुती सेवा सुरु भएको छ । प्रा.लि. मा आईतवार अप्रेसनको माध्यमबाट पहिलो पटक बच्चाको जन्म गराईएको हो । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर महेन्द्रराज पाण्डे, वरिष्ठ बालरोग तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर रामचन्द्र बास्तोला एवं एनेस्थेसियालोजिष्ट डाक्टर अनिल न्यौपाने र डाक्टर बसन्त कोइराला लगायतको टिमद्वारा अप्रेसनको माध्यमबाट पद्म नर्सिङ्ग होम प्रा.लि. नदिपुरमा पहिलो बच्चाले जन्म लिएको छ । पोखरा – १७ बिरौटा निवासी रमेश भट्टराई र रेखा… पुरा पढौ

पोखरा ७ मा मनोसामाजिक, मानसिक स्वास्थ्य एवं आत्महत्या रोकथाम सम्बन्धी अभिमूखीकरण

पोखरा ७ मा मनोसामाजिक, मानसिक स्वास्थ्य एवं आत्महत्या रोकथाम सम्बन्धी अभिमूखीकरण
पोखरा, ८ वैशाख / ‘आशा जगाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ पोखरा महानगरपालिका वडा नं. ७ का जनप्रतिनिधि तथा समुदायका अगुवा व्यक्तिहरुका लागि मनोसामाजिक, मानसिक स्वास्थ्य एवं आत्महत्या रोकथाम सम्बन्धी अभिमूखीकरण कार्यक्रम आज सम्पन्न भएको छ । विभिन्न क्षेत्रका गरी ४० जनाको सहभागिता रहेको उक्त अभिमूखीकरण कार्यक्रमको आयोजना राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन (कोशिश)ले गरेको थियो भने समन्वय वडाले गरेको थियो । कार्यक्रममा कोशिशका परियोजना संयोजक सुदिप घिमिरे र अभियान तथा पैरवी अधिकृत सम्झना पौडेलले सहजीकरण गरेका थिए । दिनप्रतिदिन… पुरा पढौ

पोखरामा कोभिड १९ विरुद्धको खोप बैशाख १० गते (कुन कुन ठाउँमा)

पोखरामा कोभिड १९ विरुद्धको खोप बैशाख १० गते कुन कुन ठाउँमा पोखरामा कोभिड १९ विरुद्धको खोप बैशाख १० गते कुन कुन ठाउँमा पुरा पढौ