
डा. लुमेश्वर आचार्य
पोखरा, ११ बैशाख/ वरिष्ठ मनोरोग विशेषज्ञ डा. लुमेश्वर आचार्यको निधन भएको छ । लामो समय पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा काम गरेका आचार्य अवकाशपछि पोखराको कास्की मोडल हस्पिटलमा संलग्न थिए ।
मृगौला रोगका कारण निधन भएको परिवारले जनाएका छन् । डा आचार्य ११ औं तहबाट अवकाश भएका थिए । सुगर, प्रेसरका बिरामी उनको केही समय अगाडि बाइहार्ट सर्जरी गरिएको थियो ।





