स्वास्थ्य

पोखरा महानगरपालिका वडा नम्बर १६ र १९ मा निःशुल्क एम्बुलेन्स सेवा

पोखरा महानगरपालिका वडा नम्बर १६ र १९ मा निःशुल्क एम्बुलेन्स सेवा
पोखरा, १ असोज / पोखरा महानगरपालिका वडा नं १६, १९ र नव आदर्श सामुदायिक विकास समाज लामाचौर तथा मातृशिशु मितेरी अस्पताल बिच निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको छ । वडा कार्यालयको आमा पोषण कार्यक्रम अन्तरगत आफ्ना नागरिकहरूलाई महानगरभित्रका अस्पतालहरूसम्म पुग्नका लागि नव आदर्श सामुदायिक विकास समाजले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा वडा अध्यक्षद्धय अमृत शर्मा तिमील्सीना र पुष्पेन्द्र पाण्डे तथा समाजका अध्यक्ष स्वागत मानसिं भण्डारी र अस्पतालका स्वास्थ्य सेवा प्रमुख धर्मदेव ढकालले हस्ताक्षर गर्नुभएको हो ।… पुरा पढौ

पोखरामा पहिलो पटक (ओपन हार्ट सर्जरी) मुटुको सफल शल्यक्रिया

पोखरामा पहिलो पटक (ओपन हार्ट सर्जरी) मुटुको सफल शल्यक्रिया
सागर राज तिमिल्सिनापोखरा, १ भदौ/ पोखरा ९ नागढुङ्गामा रहेको चरक मेमोरियल अस्पताल पोखरामा पहिलोपटक मुटुको सफल शल्यक्रिया (ओपन हार्ट सर्जरी) गरेको छ । काठमाडौ र पोखराका चिकित्सकहरुको टोलीले पोखरामा सफल ओपन हार्ट सर्जरी भएको अस्पतालका निर्देशक कपिल पोखरेलले जानकारी दिए । गण्डकी प्रदेशमा नै पहिलो पटक ओपन हार्ट सर्जरी भएको उनले बताए । पोखराका ४५ वर्षका विष्णु गौतमको निःशुल्क ओपन हार्ट सर्जरी गरिएको पोखरेलले बताए । ओपन हार्ट सर्जरी गरेर बिरामीको मुटुको ब्लक भएका दुई वटा ठूला नशा फेरिएको प्रमुख… पुरा पढौ

गण्डकी अस्पताल पोखराको सामाजिक सेवा ईकाइ देशभरिकै सर्वोत्कृष्ट

गण्डकी अस्पताल पोखराको सामाजिक सेवा ईकाइ देशभरिकै सर्वोत्कृष्ट
पोखरा, १ भदौ/ नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौंले गण्डकी अस्पताल पोखराको सामाजिक सेवा ईकाइलाई देशभरिकै सर्वोत्कृष्ट इकाइका रुपमा सम्मान गरेको छ । मन्त्रालयले आयोजना गरेको सामाजिक सेवा ईकाइ, जेरीयाट्रिक र ओसिएमसि कार्यक्रमको समिक्षा कार्यक्रममा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तगरगतको सामाजिक इकाइलाई घोषण गर्दै सम्मानपत्र र दोसल्लाले केन्द्र प्रमुखलाई सम्मान ग¥यो । मन्त्रालयको प्राथमिकतायुक्त कार्यक्रम सामाजिक सेवा एकाईद्धारा लक्षित वर्गका सेवाग्राहीहरुलाई प्रदान गरिएको उत्कृष्ट सेवाका लागि सम्मान गरेको सम्मानपत्रमा उल्लेख छ । पुरा पढौ

बासकोट सहरी स्वास्थ्य केन्द्रको शिलान्यास

बासकोट सहरी स्वास्थ्य केन्द्रको शिलान्यास
पोखरा, १ भाद्र/ पोखरा महानगरपालिका वडा नम्बर २४ बासकोटमा महानगरपालिकाले बास्कोट सहरी स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ । उक्त केन्द्र भवनको शुक्रबार महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गर्नुभयो । स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्यले सो केन्द्र भवनको निर्माण गर्न लागिएको प्रमुख आचार्यले बताउनुभयो । पोखरा २४ को तल्लो भाग र वडा नम्बर २३ तथा अन्नपूर्ण गाउँपालिकाको केही क्षेत्रका बासिन्दाहरूले समेत लाभ लिन सहज हुने सो केन्द्र सुविधा सम्पन्न बनाइने उहाँले बताउनुभयो । महानगरका वडाहरूमा ल्याव परिक्षण सहितका शिविरहरू… पुरा पढौ

पोखरामा आँखा पाक्ने रोगको प्रकोप, सचेत रहन आग्रह, विद्यालय केहि दिन बन्द गर्न सुझाब

पोखरामा आँखा पाक्ने रोगको प्रकोप, सचेत रहन आग्रह, विद्यालय केहि दिन बन्द गर्न सुझाब
सागर राज तिमिल्सिनापोखरा, २२ साउन/ पोखरामा केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमण ह्वातै बढेको छ । हिमालय आँखा अस्पताल घारीपाटनमा आँखा परीक्षण गर्न आउनेमा आँखा पाक्ने रोग भएका बिरामीको संख्या धेरै छ । यो रोगबाट बच्न सबै जना सचेत हुने र सरसफाइमा ध्यान दिनु पर्ने चिकित्सकको भनाई छ । पोखरा र देशै भरी केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमणका कारण बिरामीहरु ह्वातै बढेको छन् । आँखा पाक्ने रोगका कारण बालबालिकामा बढि संक्रमिण देखीएको छ । आइतबार पोखराको हिमालयन आँखा अस्पतालमा… पुरा पढौ

स्याङ्गजामा एक जनामा हैजा देखियो

स्याङ्गजामा एक जनामा हैजा देखियो
पोखरा, २१ साउन/ स्याङ्गजामा एक जनामा हैजा देखिएको छ । स्याङजाको पुतलीबजार ३ बस्ने ५१ वर्षीय पुरुषमा हैजा देखिएको स्वास्थ्य कार्यालय स्याङ्गजाका प्रमुख बसुन्धरा शर्माले दिए । झाडापखालाको लक्षण देखिएपछि स्याङ्जा जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा हैजा पोजेटिभ देखिएको थियो ।संक्रमित बिरामी साउन २० गते न्यूरोको साग खाएका थिए । उनलाई धेरै पटक दिसा लागे पछि स्वास्थ्य परीक्षणका लागि गएका थिए । स्वास्थ्य कार्यालयले परिवारका अन्य सदस्यहरुलाई ट्रेसिङमा राख्ने उनीहरुको स्वास्थ्य परिक्षण गर्ने शर्माले बताए । त्यसै गरी त्यस क्षेत्रको… पुरा पढौ

पोखरामा भएको निशुल्क दन्त शिविरबाट १८० जनाले स्वास्थ्य लाभ लिए

पोखरामा भएको निशुल्क दन्त शिविरबाट १८० जनाले स्वास्थ्य लाभ लिए
पोखरा, २१ साउन/ पोखरामा भएको निःशुल्क दन्त शिविरबाट १ सय ८० जनाले स्वास्थ्य लाभ लिएका छन् । वेष्ट भ्याली डेन्टल क्लिनिक र अभियान युवा क्लबको संयुक्त आयोजनामा पोखरा ५ जिरो किमीमा भएको निशुल्क शिविरबाट उनीहरुले लाभ लिएका हुन् । शिविरमा धेरैको दाँतको स्वास्थ्यमा हेलचक्राई गरिएको पाइएको आयोजकले जनाएको छ । उचित परामर्श नपाउँदा पनि यस्तो हुन सक्ने शिविरमा खटिएका दन्त विशेषज्ञको आँकलन छ । नियमित दाँत परिक्षणले दाँत सड्न, किरा लाग्न, गिजाको समस्या र मुखको क्यान्सरलाई प्रारम्भिक चरणमा पहिचान गर्न… पुरा पढौ

पोखरामा डेंगुको संक्रमण बढ्यो

पोखरामा डेंगुको संक्रमण बढ्यो
पोखरा, २ साउन/ पोखरामा डेंगुको संक्रमण बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्तायता संक्रमण बढेको बताए । उनका अनुसार पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर संक्रमण दिनानुदिन बढिरहेको बताए । गण्डकी प्रदेशमा २ सय ६९ जनामा संक्रमण देखिएको छ । बढी संक्रमित भएका नेपालका १० जिल्लामध्ये कास्की पनि परेको छ । कास्कीमा १ सय ४९ जना छन् । नेपालमा पहिलो पटक सन् २००४ बाट डेंगु देखिन थालेको हो… पुरा पढौ

पोखरा १३ ले शुरु ग¥यो निःशुल्क एम्बुलेन्स सेवा

पोखरा १३ ले शुरु ग¥यो निःशुल्क एम्बुलेन्स सेवा
पोखरा, २८ असार/ पोखरा महानगरपालिका वडा नम्बर १३ ले निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । वडाध्यक्ष किरण बरालले विहिबारदेखि निशुल्क एम्बुलेन्स सेवा सुरु गरेका हुन् । वडाका सबै विरामी नागरिकले पोखराका जुनसुकै अस्पतालमा पुग्दा पनि एम्बुलेन्सको भाडा तिर्न नपर्ने बरालले बताए । ‘आजपनि सामान्य विरामी हुँदा उपचार गर्ने खर्च नागरिकसँग छैन । अस्पताल पुग्न एम्बुलेन्सलाई तिर्ने भाडा छैन,’ उनले भने, ‘महानगरभित्र बसेर पनि महानगरबासीको महशुस गर्न पाउनुभएको छैन । आज सानो खुसीको खवर तपाईंहरुलाई, पोखरा १३ ले आजैका दिनदेखि… पुरा पढौ

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुत्केरी र शिशुको मृत्यु

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल
पोखरा, ३१ जेठ/ पोखरामा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुत्केरी गराउने क्रममा आमा र नवजात शिशुको मृत्यु भएको छ । सोमबार राति तनहुँको व्यास नगरपालिका १२ कमलबारीकी २६ वर्षीया शर्मिला दरै र नवजात शिशुको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । उनी जेठ २८ गते अस्पताल भर्ना भएकी थिइन् । सोमबार बिहान ११ बजे स्वास्थ्यकर्मीले शर्मिलालाई बेथा लाग्ने औषधी दिएका थिए । दिउँसो ४ बजेतिर अर्को डोज औषधी दिएलगत्तै उनको स्वास्थ्यमा समस्या आएको उनका आफन्तले बताए । राति ११ बजेतिर… पुरा पढौ