पोखराको मणिपालमा विरामीको मृत्युपछि चिकित्सकमाथि हातपात

-


     क्लिक गण्डकी     
     असाेज ८ गते २०८० मा प्रकाशित


मणिपाल शिक्षण अस्पतालको तेश्रो तलाबाट खसेर महिलाको मृत्यु

मणिपाल शिक्षण अस्पताल

पोखरा, ८ असोज/ पोखराको मणिपाल अस्पतालमा विरामीको मृत्युको विषयलाई लिएर चिकित्सक माथि हातपात भएको छ ।

हातपात पछि अस्पताल परिसरमा तनाव भएको थियो । लमजुङकी ५७ वर्षीया सुकमाया दुरालाई उपचारका लागि अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको छ ।

दिनभरि यता उत डुलाइएको तर के भएको जानकारी नदिइको भन्दै विरामीका आफन्तले डाक्टरमाथि हातपात गरेका छन् । उनीहरुले अस्पतालका केही सीसा पनि फुटाएका छन् । स्थितीलाई मथर गर्न अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।



Tags: