स्वास्थ्य

पोखरा २५ मा वडा नागरिक आरोग्य कार्यक्रम

पोखरा २५ मा वडा नागरिक आरोग्य कार्यक्रम शुभारम्भ
पोखरा, ३१ वैशाख / पोखरा महानगरपालिका वडा नं.२५ मा वडा नागरिक आरोग्य कार्यक्रम शुभारम्भ गरिएको छ । घर घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने गरी उक्त कार्यक्रम शुभारम्भ गरिएको वडा अध्यक्ष मोतीलाल तिम्सिनाले बताउनुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष उपस्थितिमा सुरु गरिएको अभियानको पहिलो दिन ७१ परिवारका एक सय बढी ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको छ । प्रयोगशाला परीक्षण सहितको उक्त सेवाले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था पत्ता लगाउन र आवश्यक परेको खण्डमा उपयुक्त स्वास्थ्य सेवा तथा परामर्श… पुरा पढौ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री

पुष्पकमल दाहाल ‘प्रचण्ड’
काठमाडौँ, ३० वैशाख /प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताउनुभएको छ । चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवं एकरूपता नभएकाले त्यसलाई सुधार गर्नुपर्ने बताउनुभएको हो । “नर्सहरूको सेवा–सुविधामा एकरूपता छैन, निजी अस्पताल, निजी नर्सिङ कलेज, नर्सिङ होमहरूमा सरकारको न्यूनतम पारिश्रमिकसरह सेवा सुविधाको सुनिश्चिता हुनुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारीको व्यवस्थाका निम्ति आवश्यक नीतिगत प्रबन्ध गरिनेछ ।” पछिल्लो समय स्वास्थ्य सेवा प्रवाह र सेवा विस्तारका क्षेत्रमा… पुरा पढौ

गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा पुतली बजारमा निःशुल्क दन्त शिविर

गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा पुतली बजारमा निःशुल्क दन्त शिविर
पोखरा, २४ बैशाख/ गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा स्मृति युवा क्लबको स्थानीय सहयोग र रोटरी क्लब अफ नक्साल शक्तिको आयोजनाा स्याङजाको पुतलीबजार १३ लामपाटामा शिविर भएको छ । निःशुल्क दन्त तथा सामान्य स्वास्थ्य परीक्षण शिविर २ सय ५३ जनाले सेवा लिएका छन् । कार्यक्रमका अध्यक्ष डा लुना शर्मा अर्यालले स्वास्थ्य शिविरको महत्वबार जानकारी दिइन् । उनले गण्डकी मेडिकल कलेज र स्थानीय समुदायबीचको सहकार्य, स्याङ्जा जिल्लाका जनताका लागि कलेजले योगदान गरेको बताइन् । शिविरमा सहभागीको दाँत, सुगर र प्रेसर जाँच गरिएको… पुरा पढौ

नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा खुमा अर्याल

खुमा अर्याल
नेपालगञ्ज, १९ बैशाख/ मेडिकल व्यवसायी खुमा अर्याल नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा चयन भएका छन् । कलेजको मेजर सेयर खरिद गरेका अर्याल मंगलबारबाट कलेजको अध्यक्षमा चयन भएका हुन् । मंगलबार बसेको सञ्चालक समितिको बैठकले अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । अध्यक्ष अर्यालसहित कलेजको सञ्चालकहरुमा दिनेश श्रेष्ठ, अनिज श्रेष्ठ, डा सुरेशकुमार कनोडिया, सन्तोष कनोडिया, सन्तोषकुमार खनाल, लोकहर्ष शाक्य, अजय गुप्ता र सन्दीप अग्रवाल रहेका छन् । अध्यक्ष अर्यालले नेपालगन्ज मेडिकल कलेजलाई नयाँ योजनासाथ सञ्चालनमा ल्याउँदै थप उचाइमा पु¥याउने बताए ।नेपालगञ्ज… पुरा पढौ

गण्डकीमा डायलाइसिस सेवाको प्रतिक्षामा रहेकाको संख्या शुन्यमा झार्ने लक्ष्य पुरा

गण्डकीमा डायलाइसिस सेवाको प्रतिक्षामा रहेकाको संख्या शुन्यमा झार्ने लक्ष्य पुरा
पोखरा, १२ बैशाख / गण्डकी प्रदेशमा डायलाइसिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिहरुको संख्या शुन्यमा झार्ने लक्ष्य पुरा भएको छ । बुधबार गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी समक्ष सो जानकारी गराइएको हो । मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्माले तथ्यांक प्रस्तुत गर्दै यस बारेमा पष्ट्र पार्नुभएको हो । ‘गण्डकी प्रदेशमा सेवा नपाएर प्रतिक्षारत अवस्थामा कोही पनि हुनुहुन्न, डायलाइसिस गर्ने बिरामी जानुभयो भने सेवा पाइन्छ’ उहाँले भन्नुभयो । २०७९ साल माघको अध्ययन प्रतिवेदन… पुरा पढौ

पोखरा १२ बासीलाई युआरएलमा ३० प्रतिशत छुट

पोखरा १२ बासीलाई युआरएलमा ३० प्रतिशत छुट
पोखरा, ४ बैशाख/ पोखरा महानगरपालिका वडा नम्बर १२ का बासिन्दाले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) का सबै सेवामा ३० प्रतिशत छुट पाउने भएका छन् । युआरएल गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ ९००ः२०१५ प्राप्त रेफरेन्स ल्याब हो । छुटसम्बन्धी सम्झौतामा वडाबासीको तर्फबाट वडाध्यक्ष सन्तोष बास्तोला र युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले सोमबार हस्ताक्षर छन् । गएको शनिबारदेखि लागू भएको छुट सम्झौता २०८३ चैत मसान्तसम्म लागू हुनेछ । वडाध्यक्ष बास्तोला स्थानीयलाई सहज तवरले प्रयोगशाला सेवा दिन सम्झौता गरिएको बताउँछन् । पछिल्लो जनगणनाअनुसार पोखरा… पुरा पढौ

ज्येष्ठ नागकिरलाई वडामै विशेषज्ञसहितको स्वास्थ्य शिविर

ज्येष्ठ नागकिरलाई वडामै विशेषज्ञसहितको स्वास्थ्य शिविर
पोखरा, २४ चैत/ ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल राख्दै निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पोखरा महानगरपालिका–१२ ले वडा कार्यालयमा विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर सञ्चालन गरेको हो । बिरामी परिरहने ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले शिविरमा सेवा लिए । स्वास्थ्य शिविरमा ३१२ जना लाभन्वित भएको वडाध्यक्ष सन्तोष बास्तोलले जानकारी दिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिफ कन्सल्टेन्स फिजिसियन प्रा.डा.बुद्धिबहादुर थापा, डा. कृष्ण थापा, डा.हरिकृष्ण भण्डारी, डा. चुममाया पुन लागयतले बिरामीको स्वास्थ्य परीक्षण गरे । बिरामीको सुगर, प्रेसर, मृगौला र… पुरा पढौ

पोखरा विश्वविद्यालयले पायो शिक्षण अस्पताल चलाउने अनुमति

पोखरा विश्वविद्यालयले पायो शिक्षण अस्पताल चलाउने अनुमति
पोखरा, २२ चैत/ पोखरा विश्वविद्यालयलाई गण्डकी प्रदेश सरकारले शिक्षण अस्पताल सञ्चालनको अनुमति दिएको छ । १ सय शैयाको अस्पताल सञ्चालनका लागि प्रदेशले अनुमति पाएको हो । १ सय शैया सम्मको अस्पताल सञ्चालनको अनुमति प्रदेश सरकारले दिने कानुनी व्यवस्था छ । सर्त पालना गर्ने गरी ६ महिनाका लागि अस्पताल सञ्चालनको अनुमति दिइएको प्रदेशका स्वास्थ्य सचिव डा विनोदविन्दु शर्माले जानकारी दिए । अस्पताल सञ्चालनका लागि निवेदन आएपछि मन्त्रालय र निर्देशनालयको टोलीले पटक पटक स्थलगत अनुगमन गरेको शर्माले बताए । अनुगमन प्रतिवेदनकै आधारमा… पुरा पढौ

जो बस्छन् गाउँमा, उसैको स्वास्थ्य बीमा

जो बस्छन् गाउँमा, उसैको स्वास्थ्य बीमा
पोखरा, १८ चैत/ जो बस्छन् गाउँमा उसैको स्वास्थ्य बीमा गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १३ ले गाउँमा बस्ने नागरिकको स्वास्थ्य बीमा गरेको हो । शनिबार वडाले विजयपूर, खामघले, डिगाउँ र पोखरी स्वाराको स्थानीयको स्वास्थ्य बीमा गरेको वडाध्यक्ष किरण बरालले जानकारी गराए । उनका अनुसार गाउँका ४० घर परिवारको एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गराइएको हो । बीमा गरेसँगै अब गाउँका नागरिकले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निशुल्क स्वास्थ्य परिक्षण गराउन पाउने उनले बताए । आफु भाषण भन्दा पनि… पुरा पढौ

पोखरा १३ को स्वास्थ्य शिविरबाट २ सय जना लाभन्वित

पोखरा १३ को स्वास्थ्य शिविरबाट २ सय जना लाभन्वित
पोखरा, १५ चैत / पोखरा महानगरपालिका १३ मा भएको निशुल्क स्वास्थ्य शिविरबाट २ सय जनाले लाभ लिएका छन् । पोखरा १३ र पोखरा नर्सिङ क्याम्पसको संयुक्त आयोजनामा बिहीबार भएको शिविरमा विभिन्न रोगको उपचार गरिएको थियो । शिविरमा आँखा, ब्लड प्रेसर, सुगरलगायत रोगको उपचार गरिएको थियो । पश्चिमाञ्चल क्षेत्रिय अस्पताल र दृष्टि आँखा हस्पिटल प्रालिको प्राविधिक सहयोगमा भएको शिविर डा. सूर्यबहादुर हमाल र डा. किशोर भण्डारीको नेतृत्वमा भएको थियो । शिविरको व्यवस्थापन शहरी स्वास्थ्य केन्द्र पोखरा १३ ले गरेको थियो ।… पुरा पढौ