पोखरा विश्वविद्यालयले पायो शिक्षण अस्पताल चलाउने अनुमति

-


     क्लिक गण्डकी     
     चैत्र २२ गते २०८० मा प्रकाशित


पोखरा विश्वविद्यालयले पायो शिक्षण अस्पताल चलाउने अनुमति

पोखरा विश्वविद्यालयले पायो शिक्षण अस्पताल चलाउने अनुमति

पोखरा, २२ चैत/ पोखरा विश्वविद्यालयलाई गण्डकी प्रदेश सरकारले शिक्षण अस्पताल सञ्चालनको अनुमति दिएको छ ।

१ सय शैयाको अस्पताल सञ्चालनका लागि प्रदेशले अनुमति पाएको हो । १ सय शैया सम्मको अस्पताल सञ्चालनको अनुमति प्रदेश सरकारले दिने कानुनी व्यवस्था छ ।

सर्त पालना गर्ने गरी ६ महिनाका लागि अस्पताल सञ्चालनको अनुमति दिइएको प्रदेशका स्वास्थ्य सचिव डा विनोदविन्दु शर्माले जानकारी दिए ।

अस्पताल सञ्चालनका लागि निवेदन आएपछि मन्त्रालय र निर्देशनालयको टोलीले पटक पटक स्थलगत अनुगमन गरेको शर्माले बताए । अनुगमन प्रतिवेदनकै आधारमा अनुमति दिइएको हो ।

जनरल वार्ड र जनशक्तिको व्यवस्थापन, सिएसएसडी, लन्ड्री र ब्लड बैंकको उचित व्यवस्थापन, एम्बुलेन्सको व्यवस्था, इएमआर सिस्टम, फार्मेसीलाई पर्याप्त ठाउँमा स्थानान्तरण, फोहोरको उचित व्यवस्थापन लगायत सर्तहरू राखेको छ ।

सबै सर्त पालना गर्न सहमत भएपछि अनुमति दिइएको उनले बताए । विश्वविद्यालयले गत वर्षदेखि अस्पताल सञ्चालन गरेको हो । अहिले ओपीडी सेवा चलिरहेको छ । ३० जना स्वास्थ्यकर्मीबाट सेवा दिइएको छ ।