स्वास्थ्य

पोखरामा डेंगीबाट तीन जनाको मृत्यु, दिनहुँ डेंगीका विरामी बढ्दै

पोखरामा डेंगुको संक्रमण बढ्यो
सागर राज तिमिल्सिनापोखरा, ३२ साउन/ पोखरामा दिनहुँ डेंगी संक्रमितको संख्या बढेसँगै जोखिम बढेको छ । पोखरा मात्रै हैन गण्डकी प्रदेशका अन्य ठाउँमा पनि डेंगीका विरामी बढेका छन् । पोखराका तीन अस्पतालमा उपचारका क्रममा तीन जनाको डेंगीबाट मृत्यु भएको छ । पोखराका गण्डकी मेडिकल कलेज, फिष्टेल अस्पताल र पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा एक एक जनाको डेंगीबाट मृत्यु भएको गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा. रमेश केसीले जानकारी दिए । उनले तनहुँमा डेंगी लागेपछि उपचारका लागि… पुरा पढौ

नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा

नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा
पोखरा, ३२ साउन/ अत्याधुनिक प्रयोगशालाको सेवा प्रदान गर्दै आएको नेशनल प्याथ ल्याबले नवौं शाखा पोखरामा विस्तार गरेकोे छ । पोखराको हस्पिटलचोकमा सञ्चालनमा आएको ल्याबले सामान्य परीक्षणदेखि विशेष सेवा दिनेछ । सबै खाले परीक्षण पोखरामै सम्भव हुनेगरि अत्याधुनिक उपकरणसँगै दक्ष प्राविधकको व्यवस्थापन गरिएको छ । तीन करोड रुपैयाँ लागतमा नेशनल प्याथ ल्याब पोखरामा सञ्चालन गरिएको हो । प्रयोगशालामा हिस्टोप्याथोलोजी, साइटोप्याथोलोजी, मोलिक्युलर बायोलोजी (पीसीआर), इम्युनोलोजी लगायतका विभाग छन् । मृगौला प्रत्यारोपणसम्बन्धि परिक्षण, बाथरोग, एमटिभी पीसीआर, हर्मोन, क्यान्सर मार्कर, भिटामिन, पिसाब तथा रगतको… पुरा पढौ

पोखरामा डेंगीविरुद्ध सचेतनामुलक ¥याली

पोखरामा डेंगीविरुद्ध सचेतनामुलक ¥याली
पोखरा, २९ साउन/ पोखरा महानगरपालिका वडानम्बर ४ ले डेंगीविरुद्ध सचेतनामुलक ¥याली सम्पन्न गरेको छ । वडा कार्यालयले विभिन्न संघसंस्थाको सहभागितामा वडाका विभिन्न स्थानमा सचेतनामुलक ¥याली निकालेको थियो । स्थानीय विद्यालयहरुका शिक्षक र विद्याथी, टोल विकास संस्थाका प्रतिनिधि, आमा समूह, महिला स्वास्थ्य स्वयमसेविका, रेडक्रस र जनप्रतिनिधिसहित ¥याली निकालिएको थियो । सो क्रममा डेंगी रोग लाग्नुका कारण बारे जानकारी दिनुका साथै लामखुट्टेको बासस्थान र नष्ट गर्ने वारे जानकारी दिइएको थियो । डेंगी रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोज तथा नष्ट अभियानका लागि… पुरा पढौ

पोखरामा डेंगुको जोखिम बढ्यो, एकै दिन ४५ विरामी थपिए

लामखुट्टे
पोखरा, २४ साउन/ पोखरामा दिनहुँ डेंगु संक्रमितको संख्या बढेसँगै जोखिम बढेको हो । अघिल्लो वर्षपनि पोखरा डेंगुको हट स्पट बनेको थियो । यस वर्षपनि संक्रमितको संख्या बढ्न थालेको भन्दै पोखरा महानगरपालिकाले सतर्कता अप्नाउन आग्रह गरेको छ । पोखरामा पछिल्लो चार महिनामा डेंगु संक्रमितको संख्या ३ सय ७१ पुगिसकेको पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखाले जनाएको छ । पोखरामा पछिल्लो २४ घण्टामा ४५ जना डेंगुको संक्रमित भेटिएको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । पोखराको पनि कोर सिटी एरियामा बढी जोखिम… पुरा पढौ

गण्डकीमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न सफ्टवेयर निर्माण

गण्डकीमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न सफ्टवेयर निर्माण
पोखरा, २३ साउन/ गण्डकी प्रदेशमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न हेमोडायलसिस रेकर्ड मनीटोरिङ सिष्टमको विकास गरएको छ । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा उक्त सफ्टवेयर निर्माण गरिएको हो । जसको बुधबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दुु कुमार थापाले उद्घाटन गरे । मन्त्री थापाले सफ्टवेयरका माध्यम प्रदेशमा भएका डायलसिस गर्ने विरामीको सही तथ्याङ्कका विषयमा जानकारी लिन मदत पुुग्ने बताए । उनले रिफर गरेर एउटा अस्पतालबाट उपचारका लागि अर्को अस्पताल जाँदा पनि डुप्लीकेसन नहुने तवरले उपचार गर्न सहायक सिद्ध… पुरा पढौ

देब्रे हात भाँचिएका बालकको दाहिनेमा प्लास्टर गरेपछि

देब्रे हात भाँचिएका बालकको दाहिनेमा प्लास्टर गरेपछि
साउन, ३/ बाँया हात भाँचिएर उपचारका लागि अस्पताल पुगेका एक बालकको दायाँ हातमा प्लास्टर गरेपछि फेरी एक पटक चिकित्सक चर्चामा छन् । मंगलबार साँझदेखी सामाजिक सञ्जालमा भाइरल फोटो राख्दै जिल्ला अस्पताल बझाङका स्वास्थ्यकर्मीहरुको लापर्बाहीको बिरोध गरेका छन् । भाइरल भएका बालक बझाङको दुर्गाथली गाउँपालिकाका–७, दौलाका सात वर्षीय सुनिल दौल्याल हुन् । आइतबार साँझ घरको ढोका नजिकै खेल्ने क्रममा लडेका सुनिललाई उनकै दाई आदेश दौल्यालले जिल्ला अस्पताल सिमखेत पुर्याएका थिए । अस्पतालमा एक्स–रे गर्दा बाँया हातको कुइनामा भाँचिएको देखियो । चिकित्कसले… पुरा पढौ

पद्म नर्सिङ होम नदिपुरमा निःशुल्क स्वास्थ्य शिबिर, ५ सय बढीको स्वास्थ्य परीक्षण

पद्म नर्सिङ होम नदिपुरमा निःशुल्क स्वास्थ्य शिबिर, ५ सय बढीको स्वास्थ्य परीक्षण
पोखरा, ३० असार/ पद्म नर्सिङ होम प्रा.लि.ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिबिरमा ५ सय भन्दा बढिले सेवा लिएका छन् । पद्म नर्सिङ होम प्रा.लि.पोखरा–३, नदिपुरको आयोजना एवं पोखरा महानगरपालिका वडा नम्वर ३ को सहकार्यमा शनिबार हस्पिटल प्राङ्गणमा सम्पन्न एक दिने निःशुल्क स्वास्थ्य शिबिरबाट ५ सय भन्दा धेरै सेवाग्राहीले सेवा लिएका हुन् । कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगरपालिका ३ का वडा अध्यक्ष प्रकाशमान उदासले बरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा. डाक्टर सचेत प्रभात श्रेष्ठलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेर स्वास्थ्य शिबिरको शुभारम्भ गरेका थिए… पुरा पढौ

पोखराको मणिपाल अस्पतालमा थप ७२ आइसियु बेड, क्रिटिकल केयरमा नेपालकै ठूलो

पोखराको मणिपाल अस्पतालमा थप ७२ आइसियु बेड, क्रिटिकल केयरमा नेपालकै ठूलो
पोखरा, २९ असार/पोखराको मणिपाल शिक्षण अस्पताल नेपालकै सबैभन्दा धेरै सघन उपचार कक्ष (आइसियु) भएको अस्पताल बनेको छ । यसअघि ९४ आइसियु सञ्चालन गर्दै आएको मणिपालले थप ७२ शैयासहित सुविधासम्पन्न आइसियु कक्ष थप गरको छ । शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कक्षको उद्घाटन गरे । १ सय ६६ आइसियुसँगै मणिपाल क्रिटिकल केयरमा नेपालकै ठूलो अस्पताल बनेको अस्पताल प्रशासनको दाबी छ । यसअघि सञ्चालित ९४ आइसियु अहिलेजस्ता अत्याधुनिक र सुविधासम्पन्न थिएनन् । अहिले सुविधासम्पन्न आइसियु थपिएपछि गण्डकीका बिरामीहरु अब राजधानी वा… पुरा पढौ

पोखरा १४ का स्थानीयले मणिपाल अस्पतालमा छुट पाउने

पोखरा १४ का स्थानीयले मणिपाल अस्पतालमा छुट पाउने
पोखरा, २१ असार/ पोखरा महानगरपालिका–१४ का स्थानीयहरुले मणिपाल शिक्षण अस्पतालमा स्वास्थ्य उपचार गर्दा छुट पाउने भएका छन् । मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविल र पोखरा महानगरपालिका–१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले स्थानीयले अस्पतालमा छुट पाउने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । पोखरा–१४ का वडाध्यक्ष कार्कीले वडा बासीका नागरिकको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्धेश्यले अस्पतालसँग ५ शिर्षकमा सम्झौता गरेको बताए । ‘ वडाबासीको स्वास्थ्य उपचारमा सहज र कम खर्चिलो होस भन्ने उद्धेश्यले आज एक कार्यक्रमका बीच मणिपाल अस्पतालसँगै विभिन्न… पुरा पढौ

कास्की पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कास्की पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
पोखरा, २० असार/ कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यस अगाडि जिल्लाका पाँचवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो । जिल्लास्तरीय खोप समन्वय समिति र स्वास्थ्य कार्यालयद्वारा बिहिबार आयोजित कार्यक्रममा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप जिल्ला घोषणा गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री बिन्दु कुमार थापाले उक्त घोषणा गर्दै सरकारले लिएको स्वस्थ नागरिक… पुरा पढौ