
देब्रे हात भाँचिएका बालकको दाहिनेमा प्लास्टर गरेपछि
साउन, ३/ बाँया हात भाँचिएर उपचारका लागि अस्पताल पुगेका एक बालकको दायाँ हातमा प्लास्टर गरेपछि फेरी एक पटक चिकित्सक चर्चामा छन् ।
मंगलबार साँझदेखी सामाजिक सञ्जालमा भाइरल फोटो राख्दै जिल्ला अस्पताल बझाङका स्वास्थ्यकर्मीहरुको लापर्बाहीको बिरोध गरेका छन् ।
भाइरल भएका बालक बझाङको दुर्गाथली गाउँपालिकाका–७, दौलाका सात वर्षीय सुनिल दौल्याल हुन् । आइतबार साँझ घरको ढोका नजिकै खेल्ने क्रममा लडेका सुनिललाई उनकै दाई आदेश दौल्यालले जिल्ला अस्पताल सिमखेत पुर्याएका थिए ।
अस्पतालमा एक्स–रे गर्दा बाँया हातको कुइनामा भाँचिएको देखियो । चिकित्कसले शल्यक्रिया गर्नु पर्ने भन्दै सुनिललाई वार्डमा भर्ना हुन लगाए । केही बेरमा आएका नर्सहरुले हातमा प्लास्टर गर्नु पर्ने भनेर बालकलाई अर्को कोठामा लगे ।
कुरुवा गएका आदेश सोही कोठाको बाहिर राखिएको कुर्सिमा बसेका थिए । प्लास्टर सकिए पछि भोलि अपरेसन गर्ने हो भन्दै स्वास्थ्यकर्मीले सुनिललाई आदेशको जिम्मा लगाए ।
आदेश पनि सुनिललाई लिएर अस्पतालको क्यान्टिनमा खाना खान गए । ‘क्यान्टिनमा पुगे पछि हेर्दा त भाँचिएको हातमा नभई अर्को हातमा प्लास्टर गरिएको देखेपछि उनी दंग परे ।
उनले भिडियो बनाउँदै गरेको देखेपछि क्यान्टिनका कर्मचारीले डाक्टरलाई खबर गरे छन् । तुरुन्तै आएर भाइलाई भित्र लगे । पहिलाको प्लास्टर फालेर फेरि अर्को हातमा लगाइदिए । गल्तीले अर्को हातमा प्लास्टर भएछ भन्दै स्वास्थ्यकर्मीहरु आए फेरि प्लास्टर गरेको उनले बताए ।
मंगलबार साँझ हात भाँचिएका बालकको शल्यक्रियापछि बुधबार अस्पतालले उनलाई डिस्चार्ज गरेको छ । भाँचिएका हड्डीलाई स्टिल राखेर बालकको हातका शल्यक्रिया गरिएको जिल्ला अस्पताल बझाङका हाडजोर्नी विषेशज्ञ डाक्टर दीपक खड्काले बताए ।
उनले शल्यक्रिया गर्नु पूर्व भाँचिएको हात थप नबिग्रियोस भनेर सपोर्ट लगाउने क्रममा कमजोरीले कम्जोरी गरेको उनले बताए ।
अस्पतालले बिरामीको उपचारमा गम्भीर लापरबाही गरेको भन्दै विप्लव समर्थक कार्याकर्ताहरुले कार्यालय प्रमुखको कार्यकक्षमा केही बेर तालाबन्दी समेत गरेका थिए ।





