पोखराको मणिपाल अस्पतालमा थप ७२ आइसियु बेड, क्रिटिकल केयरमा नेपालकै ठूलो

-


     क्लिक गण्डकी     
     असार ३० गते २०८१ मा प्रकाशित


पोखराको मणिपाल अस्पतालमा थप ७२ आइसियु बेड, क्रिटिकल केयरमा नेपालकै ठूलो

पोखराको मणिपाल अस्पतालमा थप ७२ आइसियु बेड, क्रिटिकल केयरमा नेपालकै ठूलो

पोखरा, २९ असार/पोखराको मणिपाल शिक्षण अस्पताल नेपालकै सबैभन्दा धेरै सघन उपचार कक्ष (आइसियु) भएको अस्पताल बनेको छ । यसअघि ९४ आइसियु सञ्चालन गर्दै आएको मणिपालले थप ७२ शैयासहित सुविधासम्पन्न आइसियु कक्ष थप गरको छ ।

शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कक्षको उद्घाटन गरे । १ सय ६६ आइसियुसँगै मणिपाल क्रिटिकल केयरमा नेपालकै ठूलो अस्पताल बनेको अस्पताल प्रशासनको दाबी छ ।

यसअघि सञ्चालित ९४ आइसियु अहिलेजस्ता अत्याधुनिक र सुविधासम्पन्न थिएनन् । अहिले सुविधासम्पन्न आइसियु थपिएपछि गण्डकीका बिरामीहरु अब राजधानी वा देशबाहिर जानुनपर्ने अस्पताल अध्यक्ष आनन्द बतासले बताए ।

उनका अनुसार ७२ शैया क्षमताको एड्भान्स लेभल–३ भनिने मल्टिडिसिपिनरी आइसियु कक्षमा २ वटा नेगेटिभ प्रेसर आइसोलेसन आइसियु क्याविन र ३ वटा प्राइभेट आइसियु क्याबिन समेत छन् । दू्रतगतिमा रोग सर्ने बिरामीको नेगेटिभ प्रेसर आइसोलेसन आइसियु क्याबिनमा उपचार गरिन्छ ।

उनले ल्याब्रोटरी, क्यान्सर उपचार कक्ष र वेलनेस सेन्टर सञ्चालनमा ल्याउने बताए । अबको ३ महिनामा सुविधासम्पन्न ल्याब्रोटरी सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए ।

उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले अस्पतालले थप सघन उपचार कक्ष संचाल गर्दा गण्डकी प्रदेशका जनताले सहजरुपमा स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले महामारी र ठुला दैविक प्रकोकको समयमा प्रयाप्त आइसियु कक्ष नहुदाँ विरामीले सेवा पाउन नसकेको स्मरण गदै मणिपालको सेवा विस्तारले नागरिले सहज सेवा पाउने बताए ।

नवनिर्मित सघन उपचार कक्षमा मोनिटर, भेन्टिीलेटर, इसिजी, युएसजी तथा इको प्राणाली जडिट रहेको र जसले गर्दा विरामीहरुलाई धेरै सहज हुने अस्पतालका निर्देशक अभिशेक मास्कीले बताए ।