स्वास्थ्य

पोखरा १४ का स्थानीयले मणिपाल अस्पतालमा छुट पाउने

पोखरा १४ का स्थानीयले मणिपाल अस्पतालमा छुट पाउने
पोखरा, २१ असार/ पोखरा महानगरपालिका–१४ का स्थानीयहरुले मणिपाल शिक्षण अस्पतालमा स्वास्थ्य उपचार गर्दा छुट पाउने भएका छन् । मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविल र पोखरा महानगरपालिका–१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले स्थानीयले अस्पतालमा छुट पाउने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । पोखरा–१४ का वडाध्यक्ष कार्कीले वडा बासीका नागरिकको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्धेश्यले अस्पतालसँग ५ शिर्षकमा सम्झौता गरेको बताए । ‘ वडाबासीको स्वास्थ्य उपचारमा सहज र कम खर्चिलो होस भन्ने उद्धेश्यले आज एक कार्यक्रमका बीच मणिपाल अस्पतालसँगै विभिन्न… पुरा पढौ

कास्की पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कास्की पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
पोखरा, २० असार/ कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यस अगाडि जिल्लाका पाँचवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो । जिल्लास्तरीय खोप समन्वय समिति र स्वास्थ्य कार्यालयद्वारा बिहिबार आयोजित कार्यक्रममा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप जिल्ला घोषणा गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री बिन्दु कुमार थापाले उक्त घोषणा गर्दै सरकारले लिएको स्वस्थ नागरिक… पुरा पढौ

पोखरामा विश्व योग दिवस, उत्साह पुर्ण सहभागीता

पोखरामा विश्व योग दिवस, उत्साह पुर्ण सहभागीता
सागर राज तिमिल्सिनापोखरा, ७ असार/ आज विश्व योग दिवस देशभर विभिन्न कार्यक्रम गरेर मनाएको छ । योग दिवस मनाउन प्रधानमन्त्री देखी मुख्यमन्त्री, विदेशी देखी सर्वसाधारण मैदानमा नै उत्रिए । संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रस्ताव अनुसार २१ जुनलाई विश्व योग दिवस मनाउने गरीन्छ । नेपाल सरकारले पनि २०७३ जेठ २६ गते २१ जुनलाई विश्व योग दिवस मनाउने घोषणा गरेको थियो । विश्व योग दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि… पुरा पढौ

फेवा एमआरआईबाट ‘थ्री टि एमआरआई’ सेवा शुरु, २५ करोडको लगानी

फेवा एमआरआईबाट ‘थ्री टि एमआरआई’ सेवा शुरु, २५ करोडको लगानी
पोखरा, ४ असार/ पोखरामा फेवा एमआरआई एण्ड डायग्नोस्टिक सेन्टरले ‘थ्री टि एमआरआई’ (3-Tesla  MRI/3T MRI)  उपकरणबाट सेवा दिन शुरु गरेको छ । फेवा एमआरआई एण्ड डायग्नोस्टिक सेन्टरले पोखरा ८ मा ‘थ्री टि एमआरआई’ मसिन सञ्चालनमा ल्याएको हो । थ्रीटी एमआरआई उच्च प्रविधिमा आधारित रहेको र रोगको अवस्था पहिचान गर्न सजिलो हुने सेन्टरका सञ्चालक कपिल सिग्देलले जानकारी दिए । उनले अहिले उपलब्ध इमेजिङ प्रविधिमध्ये यो एमआरआई मसिन सबैभन्दा शक्तिशाली हो । शरीरको आन्तरिक भागको तस्वीर हेर्न एमआरआई गर्ने प्रयोग गर्ने गरिन्छ… पुरा पढौ

पश्चिमाञ्च क्षेत्रीय अस्पताल पोखरामा एमबिबिएसको पढाई हुने

पश्चिमाञ्च क्षेत्रीय अस्पताल पोखरामा एमबिबिएसको पढाई हुने
पोखरा, २४ जेठ/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत पश्चिमाञ्च क्षेत्रीय अस्पताल पोखरामा चिकित्साशास्त्रमा स्नातक तह (एमबिबिएस) को पढाइ हुने भएको छ । सरकारले आउँदो वर्षका लागि ल्याएको बजेटमा प्रतिष्ठानमा एमबिबिएस पढाइ सुरु गर्न बजेटको व्यवस्था समेत गरिएको छ । सरकारको नीति तथा कार्यक्रममा समेत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्षदेखि चिकित्साशास्त्र संकायको स्नातक तह (एमबिबिएस) को कक्षा सुरु गर्ने कार्यक्रम रहेको छ । प्रतिष्ठानका कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहितको सिनेटको बैठकले एमबिबिएस पढाइका लागि आवश्यक प्रक्रिया स्वरुप संगठनात्मक ढाँचा… पुरा पढौ

दर्शन फाउण्डेशनद्वारा म्याग्दीको सिंगामा निःशुल्क स्वास्थ्य शिविर

दर्शन फाउण्डेशनद्वारा म्याग्दीको सिंगामा निःशुल्क स्वास्थ्य शिविर
म्याग्दी, १७ जेठ दर्शन फाउण्डेशनको आयोजनामा म्याग्दीको बेनी नगरपलिका– ४ सिंगामा हालै आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट चार सय ५७ विरामी लाभान्वित भएका छन् । नेपाल रेडक्रस सोसाइटी सिंगा उपशाखाको सहआयोजना तथा युनाइटेड रेफरेन्स ल्याब्रोटोरी (युआरएल) पोखरा र बेनी अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा कतिपय विरामीको रक्त परीक्षण समेत गरिएको थियो । संस्थाले सामाजिक उत्तरदायित्वलाई ख्याल गर्दै दुर्गम ठाउँमा पुगेर निःशुल्क शिविर आयोजना गरेको आयोजक फाउण्डेशनका अध्यक्ष पितमबहादुर सेनले जानकारी दिए । आगामी दिनमा पनि फाउण्डेशनले सेवामूलक कार्यलाई निरन्तरता दिने उनले… पुरा पढौ

पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा 

पोखरा महानगरपालिका
पोखरा, १५ वैशाख / पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । महानगर क्षेत्रमा रहेका जन्मदेखि ५९ महिनासम्मका २९ हजार ३११ बालबालिकालाई घर मै पुगेर पूर्ण खोप लगाएको सुनिश्चित गरेपछि नगरप्रमुख धनराज आचार्यले मङ्गलवार एक कार्यक्रमका बिच उक्त घोषणा गर्नुभएको हो ।   स्वास्थ्य सेवा विभाग अन्तरगतको स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीका अनुसार पोखरा महानगरपालिका भित्रका जन्मदेखि ११ महिनासम्ममा ५ हजार ९१३ बालबालिकाहरूलाई पेन्टा पहिलो र ९५ प्रतिशत बालबालिकाले दादुरा रुवेला दोस्रो खोप प्राप्त गरेका छन् । जन्मदेखि ५९ महिनासम्मका… पुरा पढौ

रेवानको आयोजनामा माछपुच्छे« गाउँपालिकामा स्वास्थ्य शिविर, ५ सयको स्वास्थ्य जाँच

रेवानको आयोजनामा माछपुच्छे« गाउँपालिकामा स्वास्थ्य शिविर, ५ सयको स्वास्थ्य जाँच
कास्की, १५ जेठ/ कास्कीको माछापुच्छे« गाउँपालिका ९ सैतीघट्टामा मंगलबार स्वास्थ्य शिविरको आयोजना गरिएको छ । रेष्टुरेन्ट एण्ड वार एशोसियसन (रेवान)पोखराको आयोजनामा सैतीघट्टा स्थित गोरीशंकर मनिलाल माविमा भएको स्वास्थ्य शिविरमा ५ सय भन्दा बढीले स्वास्थ्य चेकजाँच गराएको रेवानका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए । शिविरमा स्वाथ्य जाँच गराएपछि औषधी पनि उपलब्ध गराइएको थियो । स्वाथ्य शिविरमा नाक, कान, घाँटी, आँखा, महिला तथा प्रस्तुति रोग, छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा रोग, बाल रोग, जनरल मेडिसिन सेवा उपलब्ध गराइएको थियो ।… पुरा पढौ

पोखरा विश्वविद्यालयले १०० बेडको शिक्षण अस्पताल सुरु ग¥यो

पोखरा विश्वविद्यालयले १०० बेडको शिक्षण अस्पताल सुरु ग¥यो
पोखरा, ७ जेठ/ पोखरा विश्वविद्यालयले १०० बेडको शिक्षण अस्पताल सञ्चालनमा ल्याएको छ । अस्पतालको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे । पोखरा महानगरपालिका ३० खुदीमा विश्वविद्यालयको केन्द्रीय कार्यालयसँगै रहेको शिक्षण अस्पतालमा गत साल भदौदेखि बहिरंग सेवा सुरु गरेको थियो । बालरोग, स्त्री तथा प्रसुति, हाडजोर्नी तथा नशा, दन्त चिकित्सा लगायतका सेवा अस्पतालबाट सुरु भइसकेको छ । अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा दिने छ । औषधी, रेडियोलोजी र इसिजी सेवा पनि सञ्चालन भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।… पुरा पढौ

पोखरा वडा नम्बर ७ पूर्णखोप सुनिश्चित घोषणा

पोखरा वडा नम्बर ७ पूर्णखोप सुनिश्चित घोषणा
पोखरा, ४ जेठ/ पोखरा महानगरपालिका वडा नं. ७ पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । मंगलबार प्रभातफेरी सहित पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको हो । स्वास्थ्य महाशाखा प्रमुख हेमप्रसाद आचार्यले वडाबाट नै पूर्ण खोपको सुनिश्चितता र दिगोपनाको घोषणा हुनुले राज्यका सबै सम्बन्धित निकायहरुलाई झक्झकाउने वताउँदै अन्य वडाहरु र पुरै देशमा यो सन्देश पुग्ने विश्वास व्यक्त गरेका थिए । पोखरा ७ का वडा अध्यक्ष राममोहन आचार्यले चालु आव भित्रको १० महिनाको अवधिमा १६ देखि ५९ महिनाका सबै वालवालिकाहरुले १३… पुरा पढौ