पोखरामा विश्व योग दिवस, उत्साह पुर्ण सहभागीता

-


     क्लिक गण्डकी     
     असार ८ गते २०८१ मा प्रकाशित


पोखरामा विश्व योग दिवस, उत्साह पुर्ण सहभागीता

पोखरामा विश्व योग दिवस, उत्साह पुर्ण सहभागीता

सागर राज तिमिल्सिना
पोखरा, ७ असार/ आज विश्व योग दिवस देशभर विभिन्न कार्यक्रम गरेर मनाएको छ । योग दिवस मनाउन प्रधानमन्त्री देखी मुख्यमन्त्री, विदेशी देखी सर्वसाधारण मैदानमा नै उत्रिए ।

संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रस्ताव अनुसार २१ जुनलाई विश्व योग दिवस मनाउने गरीन्छ । नेपाल सरकारले पनि २०७३ जेठ २६ गते २१ जुनलाई विश्व योग दिवस मनाउने घोषणा गरेको थियो ।

विश्व योग दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यास गर्ने सुन्दर भूमि भएको बताए ।

विश्व योग दिवस २०२४ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरे ।

योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पु¥याने बताए ।

यस वर्ष ‘योगा फर सेल्फ एन्ड सोसाइटी’ भन्ने मूल नाराका विश्व योग दिवस मनाइ रहेका छन् । पोखरामा भएको योग दिवसको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हरेक ब्यक्तिका लागि योग र साधना सँधै अपरिहार्य रहेको बताए ।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय दूतावासको आयोजनामा भएको कार्यक्रममा तनावबाट मानिसलाई मुक्त गराउन योग, ध्यान र साधन जरुरी रहेको बताए ।

अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए ।

प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेपछि अन्य देशले पनि समर्थन गरेका थिए । योग दिबसले नेपाल भारत बिचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै आए नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले बताए ।

योगले हाम्रो तन–मनलाई शान्त एवं स्वस्थ राख्न मद्दत गर्ने, योग नियमित गर्दा शरीरलाई दीर्घायु र स्वस्थ राख्ने, योगले मानसिक तनाव कम गर्ने, रक्तचाप, मधुमेहजस्ता रोग नियन्त्रण गर्न फाइदाहरु भएको योगगुरुहरु बताउ छन् ।

योगले जोर्नी, हड्डी तथा मांसपेशीलाई लचिलो एवं मजबुत बनाउने, योगले एकाग्रता बढाउदै कार्यक्षमता बढाउँने हुदाँ दैनिक गर्न योगगुरुहरुको सुझाब छ । दिवसका दिन मात्रै योग गेर दिवस मनाउनु भन्दा दिनहु योगअभ्यास गर्नु अहिलेको आवश्यकता हो ।



Tags: