पद्म नर्सिङ्ग होम
पोखरा, १० असोज / पोखराको सबैभन्दा पुरानो निजी अस्पताल पद्म नर्सिङ्ग होम प्रा लि। नदिपुरबाट संचालनमा आएको छ । बिगत २७ बर्ष देखि पोखराको न्युरोडमा संचालनमा रहेको पद्म नर्सिङ्ग होम पोखरा ३ नदिपुरमा जापानीज प्रविधिमा निर्मित आफ्नै भवन बाट संचालनमा आएको हो ।
सोमबार घटस्थापनाको दिन पारेर प्रालिले नदिपुरबाट सेवा शुभारम्भ गरेको जनाउदै निर्माणको काम अझै बाँकी रहेकोले थप सबै सेवा संचालनमा आउन भने केही समय लाग्ने जनाएको छ ।
अहिले इमर्जेन्सी सेवा, सबै प्रकारका बहिरङ्ग (ओपिडी) सेवा, अप्रेसन, जनरल वार्ड, अत्याधुनिक प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, फार्मेसी लगायतका सेवा सुरु भएको हस्पिटलले जनाएको छ ।
अब छिट्टै नै आईसियु एनआईसियु , पिआईसियु सिटि(स्क्यान, एमआरआई लगायतका सेवा थप गरिने तयारी अन्तिम चरणमा रहेको प्रालिका प्रबन्ध निर्देशक नरेन्द्र बास्तोलाले जानकारी दिए । उनले सबै प्रकारका सेवा दिने तयारी गरेको बताए ।
न्युरोडमा संचालनमा रहदा भएका सबै सेवालाई यथाबत संचालन गरेर आईसियु एनआईसियु , पिआईसियु सिटि (स्क्यान, एमआरआई लगायतका सेवा थप गरेको उनको भनाई थियो । केही काम बाँकी रहेकाले यी सेवाहरु सुरु भएका छैनन् अब छिट्टै यी सेवाहरु थप हुने छन् ।
अस्पतलले १ सय बेडको अनुमानती पाएको छ । न्युरोडमा हुदाँ सानो भएपनि नदिपुरमा ठुलो ठाउँमा सरेर सेवा दिन थालेको पद्म नर्सिङ्ग होम प्रा लिकी अध्यक्ष इन्दिरा सुबेदीले जानकारी दिइन् । उनले पोखराका ख्याती प्राप्त चिकित्सकहरुले उपचार सेवा दिने बनाइन् ।