पत्रकार सम्मेलनमा जानकारी दिदै समिरबहादुर बस्नेत
पोखरा, ४ साउन/ नेपाल मेडिसिटी अस्पतालको लापरवाहीले अनाहकमा एक विरामीले ज्यान गुमाउनु परेको उनका आफ्न्तले बताएका छन् । बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै अस्पताल र चिकित्सकको लापरबाहीले आफ्नो बाबुले ज्यान गुमाउनु परेको पोखरा समिर बहादुर बस्नेतले बताएका छन् ।
उनका बाबु योगेन्द्र बस्नेत जेठ १७ गते उपचारका लागि नेपाल मेडिसिटी अस्पताल पुगेका थिए । सामान्य स्वास्थ्य जाँच गर्न मेडिसिटी अस्पताल पुगेका बस्नेतको चिकित्सकले पित्त थैलीको अपरेशन गर्नुपर्ने बताएपछि २२ गते ल्याप्रोस्कोपी विधिद्वारा शल्यक्रिया गरेको उनले बताए ।
शल्यक्रिया गरेपछि शरिर भित्रै अत्याधि रगत बगेर उनको उपचारकै क्रममा जेठ २५ गते निधन भएको उनले बताए । विरामी डाक्टरको निगरानीमा हुनेपर्नेमा डाक्टर नै नगएका कारण बस्नेतको निधन भएको पीडित परिवारको दावी छ । अस्पतालले समेत लापरवाही भएको भन्दै स्वीकारेको समिर बहादुर बस्नेतले बताए ।
अस्पतालले बिरामीको उपचारमा लापरवाही गर्ने चिकित्सकमाथि कारबाही गर्नु पर्ने उनको माग छ । उनले अस्पतालले कानूनी दायरामा ल्याउनु पर्नेमा निलम्बन मात्रै गरेर गल्ती ढाकछोप गर्न खोजिरहेको आरोप लागए । उनले कार्वाहीको माग राख्दै नेपाल मेडिकल काउन्सिलमा पनि उजुरी दिएको बताए ।
योगेन्द्रका छोरा समिरबहादुर बस्नेतका अनुसार स्वास्थ्य जाँचको क्रममा डा. सुनिल शर्माले पित्त थैलीको शल्यक्रिया गर्नुपर्ने सल्लाह दिएका थिए । लगत्तै शर्माको सल्लाह अनुसार नै शल्यक्रिया गरियो । अपरेशन नर्मल भएको र सकिएपछि सामान्य शैयामा सारिएको थियो । तर, २४ गते बेलुका बिरामीले अपरेशन गरेको भागमा दुखेको भन्दै नर्सलाई खबर गरेका थिए । नर्सले जाँच गर्दा रक्तचाप सामान्य देखिएको बताएका थिए । रक्तचाप सामान्य देखिएपछि ट्वाइलेट गएका विरामी योगेन्द्र त्यही ढलेका उनले बताए ।
ढलेपछि उपचारमा नजाने चिकित्सक राजीव मिश्रसहित अन्य दुई जनालाई निलम्बन गरिएको अस्पतालले जनाएको छ । तर, अन्य दुई जनाको नाम भने अझै सार्वजनिक गरिएको छैन । अस्पताल प्रशासनले उपचारमा लापरवाही गर्ने चिकित्सकलाई कारबाही गरी कानूनी दायरामा ल्याउनुपर्नेमा निलम्बन गरेर बचाउन खोजेको उनको अरोप छ ।
मितिः २०७९।३।२८
श्री प्रमुख ज्यू
नेपाल मेडिकल काउन्सिल
बाँसबारी काठमाडौं।
विषयः सत्य तथ्य छानविन गरी दोषी उपर कारवाही गरी पाउँ।
प्रस्तुत विषयमा मेरो बुवा स्व. योगेन्द्र बस्नेतलाई मैले नियमित स्वास्थ जाँचको लागि मिति २०७९।२।१७ गते नख्नु स्थित नेपाल मेडिसिटी हस्पिटलमा लगेको थिएँ। स्वास्थ्य जाँचको लागि उक्त हस्पिटलका डा. सुनिल शर्मासंग परामर्श गर्दा निज डाक्टर शर्माले पित्त थैलीको अपरेशन गर्नुपर्छ भन्नुभयो। वहाँले भने अनुसार नै मिति हरिपिटल भर्ना भई मिति २०७९।२।२२ गते मेरो बुवाको ल्याप्रोस्कोपी विधिद्वारा अपरेशन भएको थियो।
मेरो बुवा उच्च रक्तचापको विरामी भएको हुँदा वहाँले प्रयोग गर्दै आउनुभएको warfarin नामक औषधी अपरेशन हुनु भन्दा ७२ घण्टा अगावै बन्द गरिएको थियो। अपरेशन गर्ने बेलामा high risk छ भनिएको र elective case मा high risk किन लिइएको सो कुरा नबुझिएको। अपरेशन पश्चात अपरेशन नर्मल भएको र करिब २४ घण्टापछि वार्डमा सिफ्ट गरिएको थियो। उक्त समयमा विरामीलाई हस्पिटलले उपलब्ध गराउने सामान्य diet खुवाई १/२ दिनमा डिस्चार्ज गर्ने कुरा बताइएको थियो। २०७९।२।२४ गते बेलुका करिब ६ बजेतिरबाट विरामीले अपरेशन गरेको ठाउँमा दुखेको भनेको हुँदा नर्सिङ स्टेशनमा खबर गरिएको थियो। सो पश्चात प्रेसर, पल्स नाप्दा सामान्य रहेको भनियो।
तत् पश्चात विरामी ट्वाइलेट जाँदा अचानक ढल्नुभई मुख बाँगिएको थियो। २ जनाको सहयोगमा वहाँलाई नजिकैको बेडमा सुताई नर्सिङ स्टेशनमा जानकारी गराईएको थियो। त्यसपछि नर्स, मेडिकल अफिसर र कार्डियोलोजिस्ट आई echo गरी सामान्य रहेको भनियो। उक्त समयमा विरामी रक्तचाप उच्च रहेको थियो। बेलुका ८ बजे तिर बेड सिफ्ट गर्नु भन्दा अगाडि पुनः ढल्नुभएको (stroke) थियो। त्यसपछि विरामीको hemoglobin र sodium कम भएको भनी नुन पानी खुवाउन र विरामी कमजोर भएकोले हस्पिटले उपलब्ध गराउने खाना खुवाउन भने बमोजिम जबरजस्ती खुवाईएको थियो। तत् पश्चात विरामीलाई pain killer र gastritis को औषधी दिइएको थियो। उक्त औषधी दिँदा समेत विरामीले दुखीरहेको छ भन्नुभएको थियो।
मेडिकल अफिसरले ठिक हुन्छ भन्नुभएको थियो। करिब ९ बजे तिर विरामी stroke का कारण बेडमै पुनः ढल्नुभएको थियो। तत् पश्चात मेडिकल अफिसर आई monitor लगाउने काम गरिएको थियो र रगत चढाइएको थियो। राती करिब ३ बजे तिर विरामी अचेत हुन गई मेडिकल अफिसरलाई बोलाईएकोमा निज मेडिकल अफिसरले anesthesiologist लाई बोलाई CPR दिई ICU मा लगिएको थियो। त्यसपछि मात्र भिडियो एक्स गरी internal bleeding भएको जानकारी दिइ अपरेशन गर्नुपर्ने जानकारी दिइयो। अपरेशन गरी bleeding नरोकिएको र multi organ फेल भएको कारणले विरामीलाई पुनः भेन्टिलेटरमा राख्नुपर्ने र बाँच्ने सम्भावना न्यून रहेको भनियो। भेन्टिलिटेरमा राखिएको अवस्थामा नै २०७९।२।२५ गते दिउँसो करिब २ बजे विरामीको निधन भयो।
त्यसपछि मिति २०७९।३।६ गते सो सम्बन्धमा छानविन गरी पाउँ भनी निवेदन दिएकोमा डा. जयन्द्र बज्राचार्य नेतृत्वमा छानविन समिति गठन गरिएको थियो। त्यसको करिब एक हप्ता पछि हस्पिटल गएर बुझ्दा उपचारमा संलग्न मुख्य डाक्टर सुनिल शर्माले २०७९।२।२४ गते राती करिब १० बजे सेकेन्ड कल डाक्टर राजिव मिश्रले विरामीको अवस्था ठिक रहेको भनी जानकारी गराएको र हस्पिटल गई जाँच गर्नु भन्दा नगईकन विरामीको अवस्था ठिक रहेको भनी गैर जिम्मेवारपूर्ण ढंगले जवाफ दिनुभयो भनी भन्नुभयो। डाक्टर राजिव मिश्रलाई बोलाई सोध्दा वहाँले हात काटेको कारणले ड्युटीमा नगएको भनी अति नै गैरजिम्मेवार जवाफ दिनुभयो।
High risk मा रहेका विरामीलाई sodium र hemoglobin कम भएको जानकारी हुँदा हुँदै र ३ पटक stroke हुँदा समेत internal bleeding को शंका नगरी surgery मा संलग्न कुनै पनि वरिष्ठ डाक्टर उपस्थित नभई मेडिकल अफिसरको भरमा विरामी अचेत भएपछि मात्र खोजतलास गरी कारण पत्ता लगाएको हुँदा २०७९।२।२४ गते बेलुका करिब ६ बजेबाट उपचारको लागि कुन कुन डाक्टर उपस्थित हुनुपर्ने थियो र को को भई के कुन उपचारका विधि अवलम्बन गरियो भन्ने बारेमा सत्य तथ्य छानविन गरी कारवाही गरी पाउँ।
उक्त कार्य नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा ७क को (ङ) तथा नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ को नियम २१(१) को (क)(ग)(च)(५) मा उल्लिखित आचासंहिता विपरीत देखिँदा ऐ. को नियम २३(१) बमोजिम समेत कारवाही गरी पाउँ भनी यो निवेदन पेश गरेको छु।
पूनश्चः उक्त हस्पिटलले उपलब्ध गराएका काजगातका प्रतिलिपी यसैसाथ संलग्न गरिएको छ र आवश्यक परेका बखत उपस्थित हुनेछु। उपचारमा संलग्न रहेका चिकित्सक डा. सुनिल शर्माको सम्पर्क नं. ९८५१०४७११४ र छानविन समितिका संयोजक डा. जयन्द्र बज्राचार्यको सम्पर्क नं. ९८०१२३५६२१ भएको व्यहोरा जानकारी गर्दछु।
समिर बहादुर बस्नेत
९८५६०३६१११