काठमाडौंबाट पोखरा आउदै गरेको ईभी माइक्रो धादिङमा दुर्घटना

-


     क्लिक गण्डकी     
     वैशाख १३ गते २०८३ मा प्रकाशित


दुर्घटना

दुर्घटना

पोखरा, १३ वैशाख/ काठमाडौंबाट पोखरा आउदै गरेको ईभी (विद्युतीय) माइक्रोबस धादिङमा दुर्घटनामा परेको छ ।

दुर्घटनामा परी १२ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनालाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

बा १३ च २९४१ नम्बरको गजुरी गाउँपालिका–६ आदमघाट नजिकै माइक्रोबस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।