आरजूलाई युआरएल पत्रकारिता पुरस्कार

-


     क्लिक गण्डकी     
     मंसिर १७ गते २०७९ मा प्रकाशित


आरजू विष्ट सल्यानी

आरजू विष्ट सल्यानी

पोखरा, १७ मंसिर/ युआरएल पत्रकारिता पुरस्कार २०७९ पत्रकार आरजू विष्ट सल्यानीलाई प्रदान गरिने भएको छ । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)ले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल संयोजक र डा सुरेश पौडेल र पत्रकार वासुदेव मिश्र सदस्य रहेको प्रतिभा छनोट समितिले सल्यानीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

२ दशकभन्दा बढीदेखि पत्रकारिता क्रियाशील सल्यानी रेडियो अन्नपूर्ण र सफल आवाज डटकममा आवद्ध छन् । गीतकार/गजलकारको रुपमा समेत चर्चित उनी फाइन आर्टमा पनि रुचि राख्छन् ।

मंसिर २३ गते युआरएलको वार्षिकोत्सव समारोहमा पौडेललाई पुरस्कार अर्पण गरिने युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए ।

सित्तैमा १ सय ३० शिविर सञ्चालन गरिसकेको युआरएलले जनतालाई स्वास्थ्यबारे सचेत बनाउने पत्रकारलाई पुरस्कृत गरी वार्षिकोत्सव मनाउँदै आएको उनले बताए । यसअघि यो पुरस्कारबाट पत्रकारहरु ऋषि खतिवडा, यदुनाथ वञ्जारा, सुरेन्द्र पौडेल, प्रदीप पौडेल र हरि बास्तोला सम्मानित भइसकेका छन् ।



Tags: